जनकपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सदस्य सेवा कार्यालय जनकपुरमा प्रस्तावित सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल भएको छ ।
सहकारी ऐन, २०७४ को पछिल्लो संशोधन, २०८३ अनुसार दफा ५० को उपदफा (९) बमोजिम बचत तथा ऋणको कारोबार गरिरहेका जिल्ला, प्रदेश तथा केन्द्रीय स्तरका सहकारी संघहरूले आपसमा मिली एक पटकका लागि उक्त उपदफा प्रारम्भ भएको मितिले तीन वर्षभित्र प्रस्तावित सहकारी बैंक गठनको प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था रहेको विषयमा छलफल भएको थियो ।
यसै सन्दर्भमा सहकारी ऐनको दफा १२, परिच्छेद–८ तथा २०८३ भदौ ५ गते सहकारी रजिस्ट्रारको कार्यालयबाट जारी निर्देशनबमोजिम प्रस्तावित सहकारी बैंक गठन प्रक्रिया अगाडि बढाउने उद्देश्यले नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीको पहलमा मिति २०८३ असोज १५ गते राष्ट्रिय भेला आयोजना गर्ने विषयमा समेत छलफल भएको थियो ।
उक्त राष्ट्रिय भेलामार्फत सहकारी बैंक गठनसम्बन्धी आवश्यक विषयमा सरोकारवाला सहकारी संघहरूसँग छलफल, समन्वय तथा आवश्यक प्रक्रिया अघि बढाउने विषयमा समेत सहमति÷छलफल भएको छ ।
२३ घण्टा अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
७ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
१३ दिन अगाडि
३ दिन अगाडि
१२ दिन अगाडि