कोभिड प्रभावित सदस्यहरुलाई पोखरा रोयलको कोसेलीः ८.९९ % मा व्यवसाय निरन्तरता ऋण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कोभिड प्रभावित सदस्यहरुलाई पोखरा रोयलको कोसेलीः ८.९९ % मा व्यवसाय निरन्तरता ऋण

कास्की । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ आर्थिक वर्ष २०७८/०७९ को शुरुवात सँगै नयाँ ऋण सेवा सुरु गरेको छ । महामारी प्रभावित सदस्यहरुको व्यवसाय पुनरुद्धारका लागि साकोसले मात्र ८.९९ प्रतिशत ब्याजदरमा व्यवसाय निरन्तरता ऋण प्रवाह गर्न लागेको हो । सहकार्यबाट समृद्धिः महमारीमा नयाँ कामको शुरुवात गरौं, भन्ने उदघोषका साथ पोखरा रोयलले २०७८ श्रावण १ गतेबाट नै सदस्यहरुलाई उक्त सरल ऋण सुविधा सुरु गरेको भन्दै सेवाबाट लाभान्वित हुन आग्रह गरेको छ । तत्कालका लागि उक्त शीर्षक अन्तर्गत ऋण प्रवाह गर्न संस्थाले ३० करोड रुपैयाँ वित्तीय स्रोत व्यवस्थापन गरेको र व्यवसाय निरन्तरता ऋण अन्तर्गत एक जना सदस्यले बढीमा १ करोड ५० लाख सम्म ऋण लिन सक्ने, मासिक ब्याज मात्र बुझाए हुने साथै एक वर्षसम्म ब्याजमा परिवर्तन नहुने व्यवस्था गरिएको संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी गराउनुभयो । 

गतवर्ष पनि संस्थाले कोभिड प्रभावित ऋणी सदस्यहरुलाई लक्षित गरि ९.९९ प्रतिशत ब्याजदरमा कोभिड केयर ऋण उपलब्ध गराएको थियो जसको व्याजदर यस आर्थिक वर्षमा ८.८८ प्रतिशत कायम गरिएको छ । कोभिड केयर ऋण बाट गत वर्ष सदस्यहरुले ठूलो राहत महसुस गरेका थिए । अहिले पनि सदस्यहरु महमारीको प्रत्यक्ष मारमा परिरहेको, व्यवसायहरु अझै पूर्ण रुपमा सञ्चालन हुन नसकेको र नयाँ व्यवसाय सञ्चालन गर्न समेत स्रोत र साधनको अभाव भएको विषयलाई महसुुस गर्दै सहकारीले सस्तो ब्याजदरमा ऋण सेवा प्रवाह गर्न लागेको हो । 

सहकारी सदस्यहरुको संस्था हो, सदस्यहरुलाई समस्या पर्दा संस्थाले कुनै न कुनै माध्यमबाट वित्तीय समाधान दिन सक्नुपर्छ, त्यसैले अहिले संस्थामा रहेको अधिक तरलतालाई व्यवस्थापन गर्दै वित्तीय बजारको प्रतिस्पर्धी ब्याजदरमा सदस्यहरुलाई सर्वसुलभ रुपमा ऋण प्रवाह गर्न लागेको ढकालको भनाइ छ । गत वर्ष पनि सदस्यहरुलाई बाँच र बचाँउको नीति अंगिकार गरी नीति तथा कार्यक्रम तय गरेको थियो भने यस वर्ष पनि सोही नीतिलाई अवलम्वन गरि नीति तथा कार्यक्रमहरु तय गरिएको छ । प्रधान कार्यालय बुद्धचोक सहित ४ वटा कार्यालय बाट आफ्नो कारोार सञ्चालन गरेको संस्थाको हाल ७३४६ सदस्य, २० करोड सेयर पुँजी, १३ करोड जगेडा कोष र सत प्रतिशत ऋण जोखिम व्यवस्थापनसहित २ अर्बको वासलात रहेको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप