७५ औं वर्षमा यात्रारत अमुल दुग्ध सहकारी; वार्षिक कारोबार ७.१ विलियन अमेरिकी डलर नाघ्यो
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
७५ औं वर्षमा यात्रारत अमुल दुग्ध सहकारी; वार्षिक कारोबार ७.१ विलियन अमेरिकी डलर नाघ्यो

एजेन्सी । सन् २०२१ भारतस्थित अमुल दुग्ध सहकारीको ‘डायमन्ड इयर’ हो । ७५ औं वर्षमा यात्रारत अमुलको कुल बार्षिक कारोबार ७.१ विलियन अमेरिकी डलर नाघेको छ । यो जानकारी मंगलबार आयोजित अमुलको ४७ औं वार्षिक साधारण सभाका क्रममा दिइएको हो । कोभिडका बाबजूद दुध र दुग्धजन्य सामाग्रीको बिक्री वितरणमा वृद्धि भएको अमुलले जनाएको छ । अमुलको स्थापना सन् १९४६ को डिसेम्बर १४ मा भएको थियो । बेलायती उपनिवेशबाट भारत स्वतन्त्रत हुनु एक वर्षअघि अमुल स्थापना भएको हो । त्यसैकारण अमुलको अभियानलाई भारत स्वतन्त्रताको अभियानको पर्यायका रुपमा समेत लिइन्छ । विचौलियाको अन्त्य र कृषकहरुलाई अधिकतम लाभको उद्देश्यसहित पश्चिम भारतको गुजराज राज्यस्थित दुई वटा सानो गाउँका किसानहरुले संगठित भई प्रतिदिन २४७ लिटर दुध संकलन गरेर सुरु गरेको अमुल सहकारीले आज अधिकतम २ करोड ९० लाख लिटर सम्म दुध संकलन गर्ने गरेको छ ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले सन् २०२० मा सार्वजनिक गरेको विश्वका ३ सय ठूला सहकारीको सूचमा भारतको इफ्को पछि दोस्रो नम्बरमा अमुल रहेको थियो । अमुलले दुधबाहेक बटर, पनिर, घीउ, चीज, आइसक्रिम, चकलेट, जाम आदि खाद्यवस्तु तयार गरी बिक्री बितरण गर्दै आएको छ ।

कृषकहरुको शोषणका विरुद्ध कसरी काम गर्न सकिन्छ भन्ने उपायको खोजीमा किसानहरु देशभक्तका रुपमा कहलिएका सरदार बल्लभभाई पटेल समक्ष पुगेका थिए । उनैले किसानहरुलाई बिचौलियाहरुको हालीमुहाली तोड्न आफै संगठित भई सहकारी स्थापना गर्न सल्लाह दिएका थिए । फलतः उनीहरुले सन् १९४६ मा काइरा जिल्ला सहकारी दुग्ध उत्पादक संघ लि. गठन गरे र सुरुमा २ गाउँमा गठित भिलेज डेरी कोअपरेटिभ सोसाइटीबाट करिब २४७ लिटर दुध संकलन गरे । त्यसैको विकसित रुप आज अमुल भएको छ । अमुल दुग्ध सहकारीका संस्थापक अध्यक्ष त्रिभुवनदास पटेल हुनुहुन्छ । सन् १९५० पछि अमुललाई डा.भर्गिज कुरियनले हाँक्ने काम गर्नुभयो । गुजरातको आनन्दमा अवस्थित अमुल दुग्ध सहकारीको कारोबार व्यवस्थापन गुजरात कोअपरेटिभ मिल्क मार्केटिङ फेडेरेशन ९जीसीएमएमएफ० ले गर्दछ । हाल अमुलको प्रमुख कार्यकारी अधिकृत आर एस सोधी हुनुहुन्छ । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप