कक्षा ६ का छात्र एक दिनका लागि क्रेडिट युनियन सिईओ बने भने......
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कक्षा ६ का छात्र एक दिनका लागि क्रेडिट युनियन सिईओ बने भने......

कक्षा ६ मा अध्ययनरत एक छात्र सिइओसँग प्रश्न गर्छन्, क्रेडिट युनियन विनाको संसार कस्तो हुन्थ्यो होला ?

अमेरिकी बचत तथा ऋण सहकारीहरुको छाता निकाय क्युना म्युचुअल ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) र कक्षा ६ मा अध्ययनरत एक छात्रबीच हालै रोचक प्रश्नोत्तर कार्यक्रम भएको छ । क्युना म्युचुअल ग्रुपका सिईओ बब ट्रञ्जो र जेम्स राईस भर्चुअल वार्तालापमा आमनेसामने भएका थिए । उक्त कार्यक्रममा क्रेडिट युनियन, सिइओ जिम्मेवारीदेखि जुस र आइसक्रिमसम्मका रमाइला वार्तालापहरु भएका छन् । 
‘वी आर द वल्ड’ नाम दिइएको उक्त कार्यक्रमको आयोजना सहकारीमा बालबालिका तथा युवा सहभागिता वृद्धिको प्रयास स्वरुप गरिएको हो । 

सिईओ बब ट्रञ्जो र जेम्स राईसबीचको सम्वाद यहाँ प्रस्तुत गरिएको छः

राईसः तपाई मेरो उमेरको हुँदा ठूलो भएपछि के बन्ने रहर थियो ?

ट्रञ्जोः म फुटबल खेलाडी बन्न चाहन्थेँ । स्कूलमा छदाँ म फुटबल खेल्थेँ तर कलेजमा प्रतियोगिताहरुमा खेल्नका लागि योग्य कुशल खेलाडी थिइनँ । मैले युनिभर्सिटी अफ केन्टुकीमा अध्ययन गरेँ र त्यसपछि कानुन स्कूलमा पनि पढेँ ।

राईसः तपाईलाई पिताले सुनाउने कुनै राम्रो चुट्किला (‘ड्याड जोक’) याद छ ?

ट्रञ्जोः अह छैन । म ठूलो सिईओ हुँला, मसँग धरै ठूलो सहकारीको व्यवस्थापन प्रमुखको रुपमा काम गर्ने गहन अभिभारा होला तर घरमा म सबैभन्दा निरीह छु ।

ट्रञ्जोः यदि तिमी एक दिनका लागि सिईओ बन्यौ भने सबैलाई के काम गराउँछौं ?

राईसः म कर्मचारीहरुलाई त्यो दिन भित्र निश्चित लक्ष्य पूरा गर्न लगाउँथेँ अन्यथा दण्डित गर्थेँ । कर्मचारीहरु सधै खुसी रहुन् भन्नका लागि उनीहरुलाई सन्तान र परिवारका सदस्यबाट न्यायो आलिङ्गन तथा माया पाउने वातावरण सृजनामा सहयोग गर्थेँ । म कर्मचारीहरुलाई आइसक्रिम र जुस पनि उपलब्ध गराउँथेँ ।

ट्रञ्जोः ती दुवै चीज अब हाम्रो क्यान्टिनमा पनि ब्यवस्था गर्नेछौं ।

राईसः सीईओ हुनुको सबैभन्दा मनपर्ने पक्ष के हो ?

ट्रञ्जोः सहकारीमा ३८०० कर्मचारीको नेतृत्व गर्नु, सहकारीका सदस्यहरुलाई वित्तीय सुरक्षाको प्रत्याभूतिमा सहयोग गर्नु र हाम्रो क्रेडिट युनियनले सदस्य क्रेडिट युनियनहरुमा पारेको सकारात्मक प्रभाव बारे जानकारी लिन पाउनु सबैभन्दा मनपर्ने विषय हुन् । यी कुराहरुले मलाई धेरै नै आनन्दित तुल्याउँछ । हामीले विकसित गरी  उपलब्ध गराएका वस्तु, सेवा तथा समाधानका उपायहरुले सदस्यहरुको जीवनमा पारेको प्रभावले खुसी तुल्याउँछ । हाम्रो देशमा क्रेडिट युनियनहरुले तिमी, तिम्रो मातापिता, तिम्रो हजुरबुबा हजुरआमाहरुका लागि राम्रो काम गरेका छन् ।

राईसः संसार अझै राम्रो हुन्थ्यो, यदि ?

ट्रञ्जोः यदि सबैसँग वित्तीय स्रोत साधन हुँदो हो त, सबैजना खुसी हुन्थे । त्यस्तै, यदि सबैजनाले एक अर्काप्रति दयामाया भाव व्यक्त गर्ने हो भने पनि संसार अझै राम्रो हुन्थ्यो । अर्को कुरा, हिजोआज हाम्रा युवाहरुमा एकदमै दबाब र तनाव छ । म युवाहरु रमाइलो गरुन् भन्ने चाहन्छु । त्यसका लागि राईस तिमी र तिम्रा साथीहरुले निक्कै मिहेनत गर्नुपर्छ र सँगै केही रमाइलो पनि गर्नुपर्छ ।

राईसः क्रेडिट युनियन विनाको संसार कस्तो हुन्थ्यो होला ? 

ट्रञ्जोः संसार अध्यारो र दुःखी हुन्थ्यो । हाम्रो आर्थिक प्रणालीमा क्रेडिट युनियनहरुको एकदमै महत्वपूर्ण भूमिका छ । क्रेडिट युनियनहरुले उत्कृष्ट सदस्य सेवा प्रदान गरेका छन् । उनीहरुले दुःख गरेर सदस्यहरुको रकम सुरक्षित गर्ने, त्यसवापत थुप्रै सेवाहरु प्रदान गर्ने काम गरेका छन् । मलाई लाग्छ, क्रेडिट युनियहरु आफ्नो गुणस्तरीय तथा विश्वसनीय काम र सेवाभावका कारण पछिल्लो समयमा निक्कै लोकप्रिय बनेका छन् ।

ट्रञ्जोः क्रेडिट युनियनका सम्बन्धमा तिम्रो धारणा के छ ?

राईसः क्रेडिट युनियनहरु ‘कुल’ छन् । किनभने मैले चिनेजानेका सबै ‘कुल’ व्यक्तिहरु क्रेडिट युनियनमा काम गर्छन् । 

ट्रञ्जोः सबभन्दा ठूलो कुरा के हो भने तिम्रो हजुरबुबा र अरु जसजसले क्रेडिट युनियनको सञ्चालकको रुपमा काम गर्नुभयो उहाँहरु सबैले स्वयंसेवी रुपमा योगदान गर्नुभयो । उहाँहरुले क्रेडिट युनियनलाई सुरक्षित र भरपर्दो बनाउन आफ्नो समय र शक्ति खर्चिनुभयो ।

ट्रञ्जोः क्रेडिट युनियनहरु तिमीहरु जस्तो उमेर समूहका लागि सेवा गर्न तयार छ भन्नलाई के गर्नुपर्छ ?

राईसः मलाई लाग्छ, क्रेडिट युनियनहरुले फरक खालको कार्यक्रमहरु ल्याउनुपर्छ । मेरो हजुरबुबासँग महिलाहरुलाई सहयोग गर्ने फरक प्रकृतिको कार्यक्रम थियो । मलाई लाग्छ, आज क्रेडिट युनियनहरुसँग युवा लक्षित स्पष्ट कार्यक्रम हुनुपर्छ ।

ट्रञ्जोः मलाई लाग्छ तिमी जस्ता युवाहरु मोबाइलमा गेम खेल्न खप्पिस छौं । त्यसैले हामीले तिमीहरुको मोबाइल, आइफोन, आइप्याडबाट सबै सेवा सुविधा लिनसक्ने गरी प्रविधि विकास गर्नुपर्छ । हामी त्यो काम गरिरहेका छौं । यसैगरी, हामीले तिमीहरुलाई वित्तीय साक्षरता शिक्षा दिनुपर्छ जसले गर्दा जब तिमी तयार हुन्छौं तब तिम्रो वृद्ध बुबाआमालाई हेरविचार गर्न सक्छौं । मलाई लाग्छ अब क्रेडिट युनियनहरु तिमी र तिम्रा साथीहरुका लागि तयार हुनुपर्छ ।

राईसः तपाई मेरा लागि तयार हुनुहुन्छ ?
ट्रञ्जोः हामी तिम्रो लागि तयार हुनैपर्छ । हामीसँग अर्को विकल्प नै छैन ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप