‘कैलाशभक्त प्रधानाङ्ग सहकारी विशेष पुरस्कार’ लाखाजुलाई
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘कैलाशभक्त प्रधानाङ्ग सहकारी विशेष पुरस्कार’ लाखाजुलाई

काठमाडौं ।  अग्रज सहकारी अभियन्ता कैलाशभक्त प्रधानाङ्गको नाममा स्थापित ‘कैलाशभक्त प्रधानाङ्ग सहकारी विशेष पुरस्कार’ भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि..का अध्यक्ष कृष्ण गोविन्द लाखाजुलाई प्रदान गरिएको छ । नेफ्स्कूनका पूर्व अध्यक्ष समेत रहनुभएका सम्मानित व्यक्तित्व प्रधानाङ्गको ८३ औं जन्मदिवसको अवसरमा हिजो साउन ६ गते बुधबार भक्तपुरमा आयोजित बधाई तथा शुभकामना एवम् पुरस्कार वितरण कार्यक्रममा लाखाजुलाई ५१,००१ रुपैयाँ नगद र प्रमाणपत्रसहित सम्मानित गरिएको हो । भक्तपुर र काभ्रे जिल्लाका गरी ९ वटा बचत तथा ऋण सहकारी सहकारी संस्थाहरुको साझा सञ्जालका रुपमा स्थापित ‘सहकारी समन्वय समिति भक्तपुर’ ले उक्त पुरस्कार प्रदान गरेको हो ।

२०७० सालमा स्थापित उक्त समितिले विगतका वर्षहरुमा पनि पुरस्कार तथा सम्मान कार्यक्रम गरेपनि यो पटक बिशेष पुरस्कारको रुपमा पहिलो पटक भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष सहकारी अभियन्ता लाखाजुलाई पुरस्कृत गरेको हो । 

उहाँलाई सहकारी अभियानमा बिशेष योगदान गरेको, स्थानीय तहमा सहकारी मैत्री ऐन कानुन निर्माणमा भूमिका खेलेको, निषेधाज्ञाको समयमा स्थानीय प्रशासनसँग समन्वय गरी सहकारी संस्था सञ्चालनमा सहजीकरण गरेको, खोपका लागि सक्रिय पहल गरेको र जिल्ला बचत संघलाई दिगो, गुणस्तरीय र सदस्य मैत्री बनाउन भूमिका खेलेको कारण पुरस्कृत गरिएको हो ।

पुरस्कृत व्यक्तित्व लाखाजुले सहकारी अभियानकै मुर्धन्य व्यक्तित्वको नाममा स्थापित पुरस्कार प्राप्त गर्नु गर्वको कुरा भन्दै यसले अभियानको विकास र विस्तारमा थप सक्रियताका साथ लाग्ने उर्जा प्रदान गरेको प्रतिक्रिया दिनुभयो । हिजो आयोजित कार्यक्रममा कैलाशभक्त प्रधानाङ्गको उपस्थितिमा संघीय सांसद एवम् नेफ्स्कूनका पूर्व महासचिव घनश्याम खतिवडाले लाखाजुलाई सम्मानित गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, लगायत थुप्रै सहकारीकर्मीहरुको उपस्थिति थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप