जनसचेतन साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम CUDCC सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनसचेतन साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम CUDCC सम्पन्न 

दोलखाको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकहरुकोे क्षमता विकाससम्बन्धी उच्चस्तरीय तालिम CDCC आज सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि (नेफ्स्कून) को प्राविधिक सहयोगमा काभ्रेको धुलिखेलमा सञ्चालित तालिममा साकोसका पदाधिकारी, सञ्चालक र व्यवस्थापनका कर्मचारी गरी २६ जनाको सहभागिता थियो । 

तामिल सहजीकरण नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिना र तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो भने नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमल्सिना र प्राचार्य गणेश प्रसाद तिमल्सिनाले अतिथि सहजीकरण गर्नुभएको थियो । पाँच दिने तालिम समापनपछि आयोजित संक्षिप्त कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वी.उप्रेतीले प्रमाण पत्र प्रदान गर्नुभयो । 

तालिम समापन समारोहलाई सम्बोधन गर्नु हुँदै बैंकका अध्यक्ष के.वी. उप्रेतीले समृद्धिका लागि सहकारी संस्थाको महत्वपुर्ण भूमिका हुने भन्दै दोलखा जिल्ला सहकारी क्षेत्रका लागि उर्बर भूमि रहेको बताउनु भयो । यसैगरी जनसचेतन साकोसका पूर्व अध्यक्ष तथा सहकारी अभियन्ता भीम दाहालले तालिमले संस्थाका पदाधिकारी, सञ्चालक र कर्मचारीबिचको एकतालाई बलियो बनाएको दाबी गर्नुभयो ।  

संस्थाका अध्यक्ष हेमन्त चौलागाई संस्थाको नयाँ कार्यसमिति चयन भए पछि आयोजना गरिएको क्षमता विकास तालिमले सहकारी अभियानालाई थप सुधार गरी सञ्चालनका लागि सहयोग मिलेको बताउनु भयो । जनसचेतन सहकारी नेपालको सहकारी अभियानको रोल मोडेल भएको बताउनु हुँदै उहाँले सहकारीका मुल्य, मान्यता र असल अभ्यासलाई थप प्रभावकारी ढंगले अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो । तालिम उद्घाटन नेफ्स्कून अध्यक्ष परितोष पौडेलले उद्घाटन गर्नु भएको थियो । दोलखाको बैत्यश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन साकोसले दोलखा सहित काभ्रेपलाञ्चोक, भक्तपुर काठमाण्डौ, ललितपुर जिल्लाका विभिन्न स्थानमा सेवा केन्द्र स्थापना गरी आफ्ना सदस्य सेवा प्रवाह गर्दै आएको छ । 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप