जनसचेतन साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम CUDCC सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनसचेतन साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम CUDCC सम्पन्न 

दोलखाको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकहरुकोे क्षमता विकाससम्बन्धी उच्चस्तरीय तालिम CDCC आज सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि (नेफ्स्कून) को प्राविधिक सहयोगमा काभ्रेको धुलिखेलमा सञ्चालित तालिममा साकोसका पदाधिकारी, सञ्चालक र व्यवस्थापनका कर्मचारी गरी २६ जनाको सहभागिता थियो । 

तामिल सहजीकरण नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिना र तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो भने नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमल्सिना र प्राचार्य गणेश प्रसाद तिमल्सिनाले अतिथि सहजीकरण गर्नुभएको थियो । पाँच दिने तालिम समापनपछि आयोजित संक्षिप्त कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वी.उप्रेतीले प्रमाण पत्र प्रदान गर्नुभयो । 

तालिम समापन समारोहलाई सम्बोधन गर्नु हुँदै बैंकका अध्यक्ष के.वी. उप्रेतीले समृद्धिका लागि सहकारी संस्थाको महत्वपुर्ण भूमिका हुने भन्दै दोलखा जिल्ला सहकारी क्षेत्रका लागि उर्बर भूमि रहेको बताउनु भयो । यसैगरी जनसचेतन साकोसका पूर्व अध्यक्ष तथा सहकारी अभियन्ता भीम दाहालले तालिमले संस्थाका पदाधिकारी, सञ्चालक र कर्मचारीबिचको एकतालाई बलियो बनाएको दाबी गर्नुभयो ।  

संस्थाका अध्यक्ष हेमन्त चौलागाई संस्थाको नयाँ कार्यसमिति चयन भए पछि आयोजना गरिएको क्षमता विकास तालिमले सहकारी अभियानालाई थप सुधार गरी सञ्चालनका लागि सहयोग मिलेको बताउनु भयो । जनसचेतन सहकारी नेपालको सहकारी अभियानको रोल मोडेल भएको बताउनु हुँदै उहाँले सहकारीका मुल्य, मान्यता र असल अभ्यासलाई थप प्रभावकारी ढंगले अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो । तालिम उद्घाटन नेफ्स्कून अध्यक्ष परितोष पौडेलले उद्घाटन गर्नु भएको थियो । दोलखाको बैत्यश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन साकोसले दोलखा सहित काभ्रेपलाञ्चोक, भक्तपुर काठमाण्डौ, ललितपुर जिल्लाका विभिन्न स्थानमा सेवा केन्द्र स्थापना गरी आफ्ना सदस्य सेवा प्रवाह गर्दै आएको छ । 
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२२ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप