तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा आधारशिला कार्यान्वयन समिक्षा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा आधारशिला कार्यान्वयन समिक्षा

दाङ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका सँग नेफ्स्कून आधारशिला कार्यक्रमको प्रगति समिक्षा साथै अभिमुखीकरण सम्पन्न भएको छ । 

नेफ्स्कूनका सञ्चालक सदस्य सन्दीप सापकोटाको अध्यक्षतामा सोमबार तुलसीपुर उपमहानगरपालिका कार्यालय मा आयोजित समिक्षा कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय प्रमुख भाष्करराज गौतम लगायय वडा कार्यालयका अध्यक्षहरु, नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु, स्थानीय सहकारीकर्मीहरु र विभिन्न वचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले आधारशिला कार्यक्रमको उपादेयताबारे चर्चा गर्दै स्थानीय निकायसँगको साझेदारीमा कार्यक्रम निरन्तर अगाडि बढ्ने जानकारी गराउनुभयो । 
उपमहानगरपालिकाका प्रशासकीय प्रमुख भाष्करराज गौतमले सहकारीहरुको संस्थागत विकास र प्रवर्धन गर्ने उद्देश्यले नेफ्स्कूनले सुरुवात गरेको आधारशिला कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताउनुभयो । 

नेफ्स्कून र उपमहानगरपालिकाका कर्मचारीको समन्वयमा केही समय अगाडि गरिएको सहकारीको स्थलगत सर्वेक्षणको आधारमा दाङमा सञ्चालित कतिपय सहकारीहरुको संस्थागत विकास साथै प्रवर्धनका लागि प्रारम्भिक चरणमा वित्तीय सारक्षरता सम्बन्धी र सहकारी सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रमहरु सम्पन्न गर्ने निश्कर्ष निकालिएको थियो । 

नेफ्स्कूनले गत बर्षदेखि सुरुवात गरेको आधारिशला कार्यक्रमको उद्देश्य स्थानीय तहसँगको सहकार्य तथा साझेदारीमा स्थानीय सहकारीहरुको प्रर्वधन तथा व्यावसायिक विकास कार्यक्रममार्फत पहुँच वृद्धि गर्ने, ती संस्थाहरुको दिगो संस्थागत विकासमा सहयोग तथा सहजीकरण गर्ने, सहकारी शिक्षा तथा तालिममार्फत क्षमता अभिवृद्धि गर्ने, उद्यमशीलता विकास प्रवर्धनमा सहयोग तथा सहजीकरण गर्ने र सहकारी सञ्जालमा आबद्धतामार्फत सुशासन सुनिश्चितताका लागि सहजीकरण गर्ने लगायतका रहेका छन् । 

कार्यक्रम अधिकृत पवन जंग मल्लले प्रस्तुतीकरण गर्नुभएको कार्यक्रम सञ्चालन नेफ्स्कून दाङ फिल्ड कार्यालय इन्चार्ज विष्णु जोशीले गर्नुभएको थियो । 
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप