सहकारीको नियमन र सहजीकरण गर्ने बलियो संयन्त्र आवश्यकः अर्थमन्त्री
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको नियमन र सहजीकरण गर्ने बलियो संयन्त्र आवश्यकः अर्थमन्त्री

काठमाडौं । सहकारीका सदस्यको बचतलाई सुरक्षित बनाउन दरिलो संयन्त्र आवश्यक भएको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ । आज राष्ट्रिय सहकारी बैंकको १९औं स्थापना दिवसको अवसरमा आयोजित ‘सहकारीमा लघु वित्त सम्मेलन’ मा बोल्नुहुँदै अर्थमन्त्री शर्माले भन्नुभयो, “सहकारी अभियानले ६ दशकको अवधिमा विविध क्षेत्रमा राम्रो उपस्थिति जनाउन सकेको भएपनि यसलाई व्यवस्थित ढंगले नियमन र सहजिकरण गर्ने सवालमा सशक्त निकायको आवश्यकता महशुस गरेको छु ।” त्यस्तै उहाँले सहकारीको चेक बैंक तथा वित्तीय संस्थामा नचल्ने विद्यमान व्यवस्था खारेज गर्ने वचन पनि दिनुभएको छ । ‘सहकारी जनताको हो, जनताको चेक नचल्ने नियम हुन सक्दैन । यो व्यवस्था खारेज हुन्छ, उहाँले भन्नुभयो । 

सहकारीले अब रोजगारी सिर्जना, गरिबी निवारण, उत्पादनमुखी अर्थतन्त्र निर्माणमा विशेष ध्यान दिनुपर्छ ।  उहाँले भन्नुभयो, “अर्थतन्त्रका प्रमुख तीन खम्बामध्ये एक खम्बाको रुपमा रहेको सहकारीलाई सरकारले साथमा लिएर हिँडेमात्र अर्थतन्त्रले पूर्णता पाउनेछ ।” सहकारी र लघुवित्त संस्थाहरुले गरिबी न्यूनीकरणमा योगदान पुग्ने किसिमका कार्यक्रमहरु ल्याउनुपर्छ । घरजग्गा को कारोबार गर्नेहरुको तुलनामा गरिबका लागि सहकारी र लघुवित्तले प्रदान गर्ने ऋणको व्याज सरल हुनुपर्यो ।  गरिबी न्यूनिकरणका कार्यक्रमलाई सहकारी अभियानले अझ व्यवस्थित रुपमा अघि लैजानुपर्ने उहाँको भनाई थियो । उत्पादनमुखी अर्थतन्त्रको विकास अहिलेको आवश्यकता भएकाले सहकारी संघ संस्था र लघुवित्त संस्थाहरु त्यसतर्फ केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

बैंकले सहकारी अभियन्ता सम्मान पुरस्कार राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव प्रसाद बडाल र सहकारी बैंक विद्धता पुरस्कार डा. नवराज सिंखडालाई प्रदान गरेको थियो भने पत्रकार शर्मिला ठकुरी र राष्ट्रिय सहकारी बैंकका उत्कृष्ट कर्मचारीहरु लगायतलाई सम्मान पुरस्कार प्रदान गरेको थियो ।

मंगलवार सुरु भएको ‘सहकारीमा लघु वित्त सम्मेलन–२०७८’ भोलिसम्म चल्नेछ । कोरोनाका कारण भौतिक उपस्थिति कम गराउँदै भर्चुअल माध्यममार्फत सहभागीहरुलाई जोडिन अनुरोध गरिएको उक्त सम्मेलनमा आज छ सयभन्दा बढीको सहभागिता रहेको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

११ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

११ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप