हरिवनमा सहकारी एकीकरणको पहल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हरिवनमा सहकारी एकीकरणको पहल

सर्लाही । सहकारी एकीकरण सम्बन्धमा सर्लाहीको हरिवनमा हिजो सहकारीकर्मीहरु बीच वृहत अन्तरक्रिया भएको छ । अन्तरक्रियाबाट जिल्लाका ९ ठूला सहकारीका प्रतिधिनिहरुले सहकारी एकीकरण अभियानमा ऐक्यवद्ध हुँदै एकीकरण समिति समेत गठन गरेका छन् । सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सभाहलमा आयोजित अन्तक्र्रिया कार्यक्रमको अध्यक्षता आयोजक साकोसका अध्यक्ष  केशव ढकालले गुर्नभएको थियो भने जिल्ला बचत तथा ऋण सहकारी संघ, सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे प्रमुख अतिथि हुनुहुन्थ्यो । 

संघका अध्यक्ष घिमिरेको संयोजकत्वमा हिजै सहकारीहरुबीच एकीकरण गर्न १० सदस्यीय समिति समेत गठन गरिएको छ । दश सदस्यीय उक्त समितिका सदस्यहरुमा बेनीबहादुर कार्की, ओमकुमारी गौतम, जवाहारलाल कुशवाहा, रोमा निरौला, चेतप्रसाद तिमल्सिना सहित स्वस्तिक साकोसका व्यवस्थापक विनोद कुमार थापा सदस्य सचिव हुनुहुन्छ ।

सगुन साकोस हरिवन, स्वस्तिक साकोस बयलवास, सूर्योदय साकोस सोल्टी, नन्देश्वर महिला साकोस नवलपुर, नेत्रगन्ज महिला साकोस नवलपुर, जनहित साकोस रानिगन्ज, डुमडुमे साकोस  लालबन्दी, हरिवन साकोस हरिवन र बागमती साकोस बागमती गरी ९ सहकारीहरु एकीकरणका लागि सामुहिक छलफलमा सहभागी थिए ।  

सगुन साकोसका अध्यक्ष केशव ढकालले सहकारीहरुबीच एकीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट त्याग गर्नुपर्नेमा जोड दिनुभयो । स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बेनीबहादुर कार्कीले सहकारी एकीकरण अपरिहार्य रहेको बताउनुभयो । त्यसैगरी, नेत्रगन्ज महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मन्दिरा आचार्य, सूर्योदय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जवाहारलाल कुशवाहा, जनहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चेतप्रसाद तिमल्सिनाले सहकारी एकीकरणको अनुभव सुनाउनुभएको थियो । 

डुमडुमे बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रामराजा कार्कीको सञ्चालन गर्नुभएको कार्यक्रममा सगुन साकोसका सचिव राजकुमार उप्रेतीले स्वागत गर्नुभएको थियो भने स्वस्तिक साकोसका व्यवस्थापक विनोद कुमार थापाले सहकारी एकीकरण सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रत्येक बर्ष नेफ्स्कूनले प्रदान गर्ने प्रदेशस्तरीय उत्कृष्ट पुरस्कार बाट यस बर्ष प्रदेश २ अन्तर्गत स्वस्तिक सहकारी उत्कृष्ट पुरस्कृत घोषित भएको छ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप