नेफ्स्कून र स्याङ्जा जिल्ला बचत संघबीच जिल्ला संघ साझेदारी कार्यक्रम सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र स्याङ्जा जिल्ला बचत संघबीच जिल्ला संघ साझेदारी कार्यक्रम सम्झौता

काठमाडौं । नेफ्स्कून र स्याङ्जा जिल्ला बचत संघ बीच भदौ १४ गते सोमबार नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम सम्झौता भएको छ । साझेदारी कार्यक्रममा नेफ्स्कूनका सञ्चालक चण्डीप्रसाद शर्मा पौडेल र जिल्ला बचत संघ स्याङ्जा का अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक कमलादेवी गिरी, बरिष्ठ अधिकृत नविनराज दहाल, पोखरा फिल्ड कार्यलय इन्चार्ज यमकला सुवेदी र संघको तर्फबाट उपाध्यक्ष यज्ञ पाठक, सचिव अचुत पोखरेल, कोषाध्यक्ष लेख बहादुर के.सी., सञ्चालकहरु यादव राज शर्मा, अमृत नेपाली, संस्थापक सल्लाहकार अनन्त कुमार श्रेष्ठ र व्यवस्थापक होमनारायण दोरङ्गा सहभागी हुनुुहुन्थ्यो ।  

नेफ्स्कूनका सञ्चालक शर्मा पौडेलले साझेदारीमार्फत बचत तथा ऋण सहकारी सञ्चालनमा प्रभावकारिता ल्याउन, आवद्ध सदस्य संस्थाहरुलाई प्रदान गरिने तालिम शिक्षा तथा सेवाहरुमा एकरुपता ल्याउन र साकोस अभियानको पहुँच जिल्ला संघमार्फत स्थानीय स्तरसम्म अभिवृद्धि गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । 

जिल्ला संघ साझेदारी कार्यक्रमले जिल्लाको समग्र अभियान साथै संघको बृद्धि विकासमा सहयोग पुग्ने अपेक्षा लिएका छौं, जिल्ला बचत संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठले भन्नुभयो, “कार्यक्रम सहभागिताका लागि गत बर्षदेखि कै प्रयास भइरहेको भएपनि विविध प्राविधिक समस्याका कारण ढिलाई भएको थियो ।” 

नेपालको बचत तथा ऋण सहकारी अभियानलाई सुदृढीकरण तथा सञ्जालको क्षमता विकास गरि सहकारी ऐन तथा नियमावली बमोजिम नेफ्स्कून र जिल्ला बचत संघको व्यवसायमा एकरुपता ल्याउन र स्थानीय जिल्ला संघहरुलाई उत्तरदायी बनाउँदै सुशासन स्थापना गर्न साझेदारी कार्यक्रम कार्यान्वयनमा रहेको छ ।

२०७६ साल भदौं १७ गते औपचारिक रुपमा सुरु भएको नेफ्स्कून र जिल्ला बचत संघ बीचको व्यावसायिक साझेदारी कार्यक्रम हालसम्म २१ जिल्ला बचत संघ र २ प्रदेश बचत संघबीच कार्यान्वयनमा रहेको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३६ दिन अगाडि

पाठकबाट थप