भक्तपुर जिल्ला बचत संघको बार्षिक समीक्षा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर जिल्ला बचत संघको बार्षिक समीक्षा सम्पन्न

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को बार्षिक समीक्षा कार्यक्रम संघको आफ्नै भवनमा हिजो सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले कार्यक्रमको अध्यक्षता गर्दै  सहकारी ऐनमा आफ्नो सदस्यहरुलाई ऋण प्रवाह गर्दा राखिने धित्तोमा कुनै शुल्क नलाग्ने भनिएता पनि हाल मालपोतमा ३० लाखसम्मको दृष्टिबन्धक रोक्का दस्तुर रु.५००। बाट रु.८,०००। सम्म बृद्धि गरेकोमा राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघलाई ध्यानाकर्षण गराएको जानकारी गराउनुभयो । उँहाले विषम परिस्थितिमा सहकारीलाई सरकारले उपेक्षा गरेको भन्दै सहकारीलाई सम्बोधन गर्न महासंघलाई ध्यानाकर्षण गराएको समेत बताउनुभयो । 

संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य राख्दै संघले महामारीमा संघले खेलेको भुमिकाको चर्चा गर्दै सहकारीको अभियानलाई अगाडी बढाउन एकजुट हुनुपर्ने विचार राख्नुभयो । संघका कोषाध्यक्ष कान्छाभक्त घजुले आ.व. २०७७।७८ को बार्षिक आर्थिक समिक्षा प्रस्तुत गर्नुभयो । उहाँले श्रोततर्फ गत बर्षको तुलनामा ६३ प्रतिशतले बृद्धि भई वासलात १ अर्व ६७ करोड ६२ लाख भएको र अनुमानमा १०८ प्रतिशतले प्रगति भएको विवरण प्रस्तुत गर्नु भयो । उहाँले महामारीका कारण बचत धेरै संकलन भएको र ऋण असुलीमा बृद्धि भएकोले ऋण लगानीमा चुनौती थपिएको बताउनुभयो । उँहाले तरलताको वित्तिय तथा ऋण लगानी मार्फत गत बर्षको तुलनामा नाफामा ७६ प्रतिशतले बृद्धि गरी २ करोड ५३ लाख गर्न सफल भएको कुरा बताउनु भयो । संघको भवन निर्माणमा ११९ वटा संस्थाबाट १४ लाख ५९ हजार सहयोग प्राप्त भई ९२ लाख लागत इष्टिमेटमा शुरु भएको भवन निर्माण कार्य रु.७९ लाख २६ हजारको लागतमा सम्पन्न गरेको कुरा बताउनुभयो ।

संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले विषम परिस्थितीमा पनि संघले सहकारी अभियानको लागि भुमिका खेलेकोमा खुशी व्यक्त गर्दै थप भुमिकाको लागि सुझाव दिनुभयो ।सघंका व्यवस्थापक बालकृष्ण धोजुले सघंको कार्यक्रम प्रगति, सघंद्धारा आयोजित कार्यक्रमहरु, निषेध आज्ञामा आयोजित कार्यक्रमहरु, बैठक संख्या विवरण आदिको समिक्षात्मक प्रस्तुतीकरण गर्नुभयोे । संघले दिदैं आएको सेवाहरु, मोबाइल एप्स सेवा,समन्वय सेवा, प्रकाशन सेवा, स्टेशनरी सेवा ,परार्मश सेवा इत्यादि कुराको समिक्षा प्रस्तुत गर्नु भयो । उहाँले विषम परिस्थीतीमा पनि संघले समय अनुसारको प्रविधिको प्रयोग गरी तालिम तथा शिक्षाको निरन्तरता दिइरहको कुरा बताउनुभयो । संघमा हाल २०० वटा सदस्य संस्था कायम रहेको विवरण समेत प्रस्तुत गर्नु भएको थियो । साथै संघले सदस्य संस्थाहरुको वित्तीय सुरक्षा र व्यवसाय निरन्तरताको लागि सहुलित दरमा ऋण लगानी नीति अबलम्बन गरेको कुरा पनि बताउनुभयो ।

कार्यक्रममा संचांलक समिति, लेखा सुपरिबेक्षण समिति, उपसमितिका सदस्य र कर्मचारीहरु उपस्थित रहेको थियो । कार्यक्रममा उपस्थित महानुभावहरुले यस विषम परिस्थितीमा पनि संघले आर्थिक प्रगती गर्नुको साथै सदस्य संस्थाहरुको अभिभाकत्व ग्रहणमा अबल देखिएकोमा खुुशी व्यक्त गर्दै थप प्रभावकारीताका लागि सदस्य सेवा थप गर्नुपर्ने सुझावहरु राख्नुभयो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप