नेपाल पर्यटन सहकारी केन्द्रीय संघले अब पहिचान बनाउँछ: नवनिर्वाचित अध्यक्ष घिमिरे
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपाल पर्यटन सहकारी केन्द्रीय संघले अब पहिचान बनाउँछ: नवनिर्वाचित अध्यक्ष घिमिरे

संघ छ भन्ने सन्देश अब जान्छ; तथ्याङ्क संकलन पहिलो प्राथमिकता

काठमाडौं । काठमाडौंको पहिलो पर्यटन सहकारी क्षेत्रपाटीस्थित पर्यटन समाज सहकारी संस्था लिमिटेड हो । २०६५ सालमा स्थापना भएको उक्त सहकारी नै सम्भवतः मुलुकको पहिलो पर्यटन सहकारी हुनसक्ने र यसभन्दा अघिको पर्यटन सहकारीका बारेमा जानकारी नभएको उक्त संस्थाले जनाएको छ । यसैगरी, ठमेलमा स्थापना भई हाल सोह्खुट्टेमा अवस्थित अर्को सहकारी स्थापना भएको थियो- दिगो पर्यटन सहकारी संस्था लि. । दुवै संस्था हाल पनि क्रियाशील छन् र राम्रो कारोबार गरिरहेका छन् । दिगो सहकारीले ३० करोड हाराहारीको कारोबार गरेको छ । यसैगरी, देशभरका पर्यटन सहकारीहरुको केन्द्रीय अभिभावक निकाय पनि छ भने २ जिल्ला संघ पनि छन् । 

यी विषयमा सहकारी क्षेत्रमै धेरै अनभिज्ञता छ । त्यसबाहेक मुलुकभरका पर्यटन सहकारीहरुको वास्तविक स्थिति, वित्तीय कारोबार, त्यसमा संलग्न सहकारीकर्मीहरु आदिका बारेमा पनि अधिकाशं सहकारीकर्मीहरुलाई अवगत छैन । त्यसो हुनु स्वाभाविक पनि हो । किनकि पर्यटन सहकारीका प्रारम्भिक संस्थादेखि अभिभावक संघ समेतको सक्रियता लामो समयदेखि थिएन । निस्कृय अभिभावक संघलाई सक्रिय बनाई मुलुकभरका पर्यटन सहकारीहरुमार्फत आन्तरिक र बाह्य पर्यटन प्रवधन गर्दै सहकारीको दायरा फराकिलो बनाउने उद्देश्यका साथ अभिभावक निकाय नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लि. लाई सक्रियता प्रदान गर्ने अठोटका साथ हिजो नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । सभा राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दीपकप्रकाश बाँस्कोटा, अध्यक्ष मीनराज कंडेल, सञ्चालक केबी उप्रेती लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो । 

ललितपुरमा बसेको संघको साधारण सभाले रामशरण शर्मा घिमिरेको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको हो । ‘देशभर पर्यटन क्षेत्रमा काम गर्ने सहकारीहरुले केन्द्रीय संघको आवश्यकता महशूस गरेर २०७१ सालमा संघ दर्ता गरेपनि २०७२ सालको महाभूकम्प र त्यसपछिको कोरोना कहरका कारण यसका क्रियाकलापहरु हुन सकेको थिएन,’ नवनिर्वाचित अध्यक्ष घिमिरे भन्नुहुन्छ, ‘तर पर्यटनको प्रचुर सम्भावना बनेको मुलुकमा सहकारीमार्फत पर्यटन प्रवर्धनको काम अघि बढाउन ढिला भइसकेको निष्कर्षसहित अघि बढ्ने निर्णय गरेका हौं ।’ नवीन भिजन र मिसनका साथ नयाँ सञ्चालक समिति निर्वाचित भएको दाबी घिमिरेले गर्नुभयो ।

‘टीम जुझारु छ, केही गरौं भन्ने सोचको छ,’ उहाँ भन्नुहुन्छ, ‘साथीहरुले राम्रो मनसायका साथ गठन गर्नुभएको संघलाई अब हामी अगाडि बढाउँदै छुट्टै पहिचान स्थापित गर्छौ ।’ शर्मा बागमती प्रदेश सहकारी संघका अध्यक्ष तथा बागमती प्रदेश सहकारी विकास बोर्डका पदेन सञ्चालक समेत हुनुहुन्छ भने ललितपुर महाँकाल गाउँपालिका ३ गोटीखेलस्थित प्राकृतिक पर्यटन सहकारीका समेत उहाँ अध्यक्ष हुनुहुन्छ । उक्त सहकारीले पर्यटन प्रवर्धनका लागि १९ वटा कोठाहरु र ५ सय सहभागी अटाउने हलसहितको सहकारी रिसोर्ट सञ्चालन गरेको छ ।

समितिमा सहभागी दुई महिला सुकुमाया तामाङ र मञ्जली शाक्यमध्ये तामाङ होमस्टे सञ्चालक हुनुहुन्छ भने शाक्यले भारतबाट सहकारी विषयमा डिप्लोमा कोर्ष पूरा गर्नुभएको छ ।

सञ्चालक समितिमा काठमाडौं, ललितपुर, काभ्रे, रामेछाप, नुवाकोट, म्याग्दी, नवलपुर, धनुषा र महोत्तरी गरी ९ वटा जिल्लाको प्रतिनिधित्व छ । समितिमा चितवनको हात्ती पर्यटन सहकारीलाई भने ल्याउन खोजेपनि विविध कारणले नसकिएको उहाँले उल्लेख गर्नुभयो । तर, बिख्यात बैज्ञानिक एवम् अनुसन्धाता महावीर पुन संलग्न रहेको पर्यटन सहकारीको पनि संलग्नता नवनिर्वाचित समितिमा रहको घिमिरेले बताउनुभयो ।

निस्कृय संघलाई सकृय बनाउन धेरै पहल गरेको दाबी गर्ने घिमिरे यस विषयमा सहकारी विभागबाट समेत विस्तृत जानकारी नपाएको गुनासो गर्नुहुन्छ । उहाँले राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलबाट भने केही जानकारी प्राप्त भएको बताउनुभयो । २०४८ को सहकारी ऐन अनुसार २०६४ सालमा ठमेलमा ‘सहकारी समाज संस्था लि.’ स्थापना भएको इतिहास छ । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष समेत रहनुभएका चर्चित पर्यटन व्यवसायी चन्द्र रिजालको सक्रियतामा दिगो पर्यटन सहकारी संस्था लि. स्थापना भएको स्मरण घिमिरे गर्नुहुन्छ । पर्यटन सहकारीहरुको ललितपुर र महोत्तरीमा दुई वटा जिल्ला संघ पनि हाल सक्रिय रहेको उहाँले बताउनुभयो । महासंघका सञ्चालक लक्ष्मण यादव पर्यटन केन्द्रीय सहकारी संघको निवर्तमान अध्यक्ष हुनुहुन्छ भने निवर्तमान उपाध्यक्ष मुकुन्द दाहाल । सबैको साथ, सहयोग र संघका सञ्चालकहरुको आग्रहमा नेतृत्व लिन अघि सरेको घिमिरे बताउनुहुन्छ ।

‘प्राथमिक कुरा देशभरका पर्यटन सहकारीहरुको स्थिति, कारोबार, पर्यटन सहकारीकर्मीहरु आदिका बारेमा सम्पूर्ण र यथार्थ विवरण खोजी गर्ने काम गर्छौ,’अध्यक्ष घिमिरेले साकोस आवाजसँग भन्नुभयो, ‘अहिले हामीलाई सजिलो पनि छ र पछिलाई पनि यसले काम गर्ने आधार दिन्छ । संख्यात्मक र कारोबारका रुपमा थोरै भएकाले अहिले हामीलाई पर्फेक्ट डाटा प्राप्त हुन्छ । त्यसको सुरुवात हामी तत्कालै गर्छौ ।’ विवरणहरु प्राप्त भएपछि संघको रणनीति र कार्ययोजना बनाउन सहयोग मिल्ने उहाँको भनाई छ । भन्नुहुन्छ, ‘सम्भवतः ६० वटा जति पर्यटन सहकारीहरु दर्ता भएको हुनुपर्छ ।’ संघको विनियममा कार्यालय काठमाडौं उपत्यकामा हुने उल्लेख भएकोले त्यसै अनुसार उपयुक्त स्थानमा कार्यालय सञ्चालन गरिने घिमिरेले जानकारी गराउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप