सिन्धुलीमा साकोसहरूबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीमा साकोसहरूबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सञ्चालन

जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम (कर्वस) मा आवद्ध सिन्धुली जिल्लाका १९ वटा साकोसहरुको पहिलो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला भदौ २७ गते आइतबार सिन्धुलीमाडीमा सम्पन्न भएको छ । 

सिन्धुली जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष बालकुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि का संचालक कृष्णहरी कोइराला रहनुभएको थियो । कार्यक्रममा सिन्धुली जिल्ला बचत तथा ऋण सहकारी संघ का कार्यक्रम अधिकृत सारदा प्रसाद पहाडीले कविता बाचन गर्दै शब्दद्वारा सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।  

कर्बस कार्यक्रममा हालै सम्झौता भएका १९ वटा साकोसहरुलाई समावेश गरी उक्त कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा नेफ्स्कून अनुगमन अधिकृत श्यामराजा तिमल्सिनाले सहकारीमा सुशासनको विषयमा प्रस्तुतीकरण राख्नुको सार्थै कार्यकुशलता तथा शिकाई व्यवस्थापन कार्यशाला संचालन सम्बन्धि निर्देशीका, साकोसहरुको मासीक प्रतिवेदन तयारी तथा कार्यकुशलता तथा शिकाई व्यवस्थापन कार्यशालामा साकोसहरुले प्रस्तुत गर्ने प्रतिवेदनको ढाँचाको विषयमा साकोसहरुलाई अभिमुखिकरण गर्नुभएको थियो ।

कार्यक्रम बाट उक्त १९ वटा साकोसहरुलाई तिन वटा क्लस्टरमा बिभाजन समेत गरीएको थियो । जसअनुसार सुनकोषी क्लस्टर, सिन्धुलीगढी क्लस्टर र कमला क्लस्टर रहेको छ । सुनकोशी क्लस्टर अन्तर्गत दिपमाला महिला साकोस, सुनकोसी गापा वडा न.ं३ रातमाटा, जनकल्याण साकोस सुनकोसी गापा वडा नं ४ वोहोरेटार , सृष्टि महिला साकोस सुनकोसी गापा वडा नं ५ रामटार, ज्योती महिला साकोस सुनकोसी गापा वडा नं ६ रामटार, जनजागरण महिला साकोस गोलन्जोर गापा वडा नं ७ खुकोैट, नेक्सस साकोस गोलन्जोर गापा वडा नं ७ खुर्कोट र जलकन्या महिला साकोस कमलामाई नपा वडा नं ३ चपौली रहेका छन । 

सिन्धुलीगढी क्लस्टर अन्र्तगत नमुना महिला साकोस मरिण गा.पा ७, भगवती महिला साकोस कमलामाई न.पा १, राष्ट्रसेवक साकोस कमलामाई न.पा ६, सिन्धुलीश्री साकोस कमलामाई न.पा ६, सिद्धबाबा साकोस कमलामाई न.पा ६, सरस्वती महिला साकोस कमलामाई ११ रानिचुरी, परिवर्तन महिला साकोस कमलामाई न.पा २ भद्रकाली रहेका छन् । यसैगरी कमला क्लस्टर अन्तर्गत कमलामाई महिला साकोस दुधौली पा ४ सिर्थौली, सगरमाथा महिला साकोसदुधौली न.पा ३ हत्पते, सन्तोषी महिला साकोस दुधौली न.पा ६ , गुँराश महिला साकोस कमलामाई न.पा १२ रानिवास र परोपकारी महिला साकोस तिनपाटन गा.पा ९ रहेका छन । यसै अनुरुप साकोसहरुको आगामि कार्यकुशलता तथा शिकाई व्यवस्थापन कार्यशाला कमला क्लस्टरको सगरमाथा महिला साकोसको आयोजनामा २०७८ पौष ८ गते, सिन्धुलीगढी क्लस्टरको सरस्वती महिला साकोसको आयोजनामा २०७८ पौष ९ गते र सुनकोषी क्लस्टरको जनकल्याण साकोसको आयोजनामा २०७८ पौष १० गते संचालन गर्ने समेत तय गरीएको छ ।

कार्यक्रममा नेफ्स्कून फिल्ड कार्यलय हरिवनका फिल्ड इन्चार्ज महेश बरालले सिन्धुलीमा नेफ्स्कून सेवा कार्यालय स्थापना तयारीको विषयमा जानकारी गराउँदै सबै बचत तथा ऋण सहकारी संस्थालाई संघको सेवामा सहभागी हुन अनुरोध गर्नुभयो ।  यसैगरी कार्यक्रमका प्रमुख अतिथि कृष्ण्हरी कोइरालाले साकोसहरु निति विधि प्रविधिमा लानको लागि छाता संघहरुले यथेस्ठ सहयोग गर्ने तर कार्यन्वयनको पाटो भने साकोसहरुकै रहेकोले भरपुर प्रयत्न गर्नुपर्ने कुरा राख्नुभएको थियो । 

कार्यक्रमका अध्यक्ष बालकुमरी श्रेष्ठले कर्वस कार्यक्रमले साकोसहरुको विभिन्न खाले जोखिम पहिचान र विश्लेषण गरी उक्त जोखिमहरुलाई न्युनिकरण गर्दै निति, विधि र प्रविधी मार्फत संस्थालाई सवल र सक्षम बनाउने कुरा राख्दै कार्यक्रममा आवद्ध साकोसहरुलाई कर्ब्सका सूचकहरु पुरा गर्दै छिट्टै गुणस्तर युक्त साकोसको ब्राण्डका लागि शुभकामना दिनुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप