काठमाडौंको नव सृजनशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काठमाडौंको नव सृजनशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

काठमाडौं । चाबहिलस्थित नव सृजनशील बचत तथा ऋण सहकारी संस्था लि. प्रोबेसन कार्यक्रममा आबद्ध भएको छ । आज अपरान्ह राजधानीमा आयोजित कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र नव सृजनशील साकोसका अध्यक्ष विश्वनाथ अर्यालले सम्झौता हस्ताक्षर सहित आदानप्रदान गर्नुभएको छ । प्रोबेसन कार्यक्रम नेफ्स्कूनले बचत तथा ऋणको कारोबार गर्ने आफ्ना सदस्य साकोसहरुको गुणस्तर सुनिश्चिताका लागि विकसित गरेको मौलिक स्तरीकरण कार्यक्रम हो जसलाई पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम भनिन्छ ।

कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष परितोष पौड्यालले प्रोबेसनको प्रभावकारिता र लोकप्रियताका बारेमा अन्तर्राष्ट्रिय चासो समेत बढेको भन्दै यसले वित्तीय सहकारीहरुलाई सुशासित र चुस्त बनाउने दाबी गर्नुभयो । बङ्गलादेश, फिलिपिन्स लगायत एशिया प्रशान्त क्षेत्रका मुलुकहरुले प्रोबेसनका बिषयमा जानकारीहरु लिने गरेको चर्चा गर्दै उहाँले देशभित्र पनि साकोसहरु यस कार्यक्रममा आबद्ध हुन लालायित भएको बताउनुभयो । प्रोबेसनमा सम्झौता भएसँगै अब नव सृजनशील साकोसको काउन्टडाउन सुरु भएको बताउँदै अध्यक्ष पौड्यालले २ वर्षभित्र ब्रान्ड पाउन सफलता मिलोस् भन्दै शुभकामना पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘तर ब्रान्ड पाउन सजिलो छैन, यसका लागि तपाईहरुले अब घर परिवार भन्दा साकोस र प्रोबेसनका सूचकहरु सम्झनुपर्छ र सबैको साथ सहयोगमा सदस्यहरुलाई ब्रान्ड प्राप्त संस्था बनाएर देखाउनुपर्छ ।’ 

कार्यक्रममा साकोसका अध्यक्ष अर्यालले अग्रजहरुले संस्थालाई नेफ्स्कूनको गुणस्तर सुनिश्चिततासम्बन्धी स्तरीकरण कार्यक्रममा आबद्ध हुनलाई जग र पूर्वाधारहरु तयार गरेको बताउँदै अब नव सृजनशील प्रोबेसनका लागि पूर्णतः तयार र आतुर भएको धारणा राख्नुभयो । उहाँले संस्थालाई नीति र विधिमा हिडाउने उद्देश्यका साथ स्तरीकरण कार्यक्रममा आबद्ध भएको र यसका लागि छैठौं वार्षिक साधारण सभामा संकल्प प्रस्ताव पास गरिएको जानकारी गराउनुभयो । प्रोबेसनमा मात्र होइन ब्रान्डका लागि सबै किसिमका चुनौतीहरु सामना गर्दै भोलिका दिनमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त एक्सेस ब्रान्ड प्राप्त गर्ने लक्ष्य साकोसले लिएको अध्यक्ष अर्यालले बताउनुभयो । ‘खासमा हामीले अब संस्थाको नुहाईधुवाईको काम सुरु गर्यौ, ’उहाँले भन्नुभयो, ‘आजबाटै हाम्रो सम्पूर्ण ध्यान २ वर्षभित्रै ब्रान्ड पाउने भन्नेतर्फ केन्द्रित भएको छ ।’

नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले प्रोबेसनको मुख्य ध्यान भनेको जे गर्छु वा जति गर्छु भनेको छ त्यो अनुसार भएको छ कि छैन भनेर गुणस्तर मापन गर्ने भएको जानकारी गराउनुभयो । ब्रान्डेड संस्था बनाउँदा समुदायमा राम्रो छवि निर्माण हुने भन्दै उहाँले त्यसका लागि परम्परागत प्राक्टिसहरुलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । ढकालले भन्नुभयो, ‘सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, व्यवस्थापन र सदस्यहरुले के कस्ता जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने हो त्यो सम्बन्धी नीतिगत व्यवस्थाहरु परिपालना भए भएनन् भनेर मापन गर्ने काम प्रोबेसनले गर्छ र त्यही आधारमा निर्धारित सूचकहरुमा मार्किङ गरी ब्रान्डसम्बन्धी निर्णय गरिन्छ ।’ उहाँले नव सृजनशील साकोसलाई २ वर्षभित्रै ब्रान्ड प्राप्त गर्ने काममा लाग्न आग्रह समेत गर्नुभयो । 

कार्यक्रममा पूर्व अध्यक्ष राम प्रसाद नेपाल, केशव राम नेपाल लगायले प्रोबेसन कार्यक्रममा सहभागी हुन पाउनु अत्यन्तै गर्वको विषय भएको भन्दै सम्झौता भएको दिनलाई ऐतिहासिक भनी संज्ञा दिनुभयो । उहाँहरुले साकोसलाई दिगो, मर्यादित र व्यवस्थित बनाउन प्रोबेसन कार्यक्रमले सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रम संस्थाका सचिव शालिकराम पौडेलले सञ्चालन गर्नुभएको थियो । २०६५ सालमा स्थापित संस्थामा हाल करिब १२ सय सदस्य छन् । साविकको कपन, जोरपाटी, गोठाटार गाविस र काठमाडौं ६ र ७ वडा कार्यक्षेत्र रहेको संस्थामा १ करोड ७८ लाख सेयरपुँजी १७ करोड, ऋण लगानी तथा १४ करोड माथि बचत निक्षेप रहेको छ भने ७ जना कर्मचारी कार्यरत छन् ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

पाठकबाट थप