धनुषाका सहकारीकर्मीहरु नेफ्स्कून भ्रमणमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धनुषाका सहकारीकर्मीहरु नेफ्स्कून भ्रमणमा

काठमाडौं । प्रदेश नं २ को धनुषा जिल्लाका करिब १५ सहकारीकर्मीहरुको टोलीले आज नेफ्स्कूनको अवलोकन भ्रमण गरेको छ । आदर्श स्वावलम्बन साकोस र करुणा स्वावलम्बन साकोसका सञ्चालक समितिका पदाधिकारीहरु र व्यवस्थापन प्रमुखले नेफ्स्कून केन्द्रीय कार्यालय नयाँ बानेश्वर भ्रमण गरी सहकारी तथा बचत तथा ऋण सहकारी सञ्चालनका साथै नेफ्स्कूनका गतिविधिका बारे जानकारी लिनुभएको हो ।

भ्रमण टोलीले सहकारीमा नीति, विधिको महत्व, सुशासन, सदस्य, वित्तीय तथा गैरवित्तीय कारोबार, नेफ्स्कूनले सदस्य संस्थालाई प्रदान गर्ने सहयोग आदिका बारेमा जानकारी लिएको हो । टोलीलाई नेफ्स्कूनका प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमल्सिनाले सहकारीको मर्म, सुशासन, धनुषाको स्थानीय मिथिला कला संस्कृति प्रवधर्नमा सहकारी भूमिकाको सम्भावना, सदस्य र पुँजीको विस्तार, वित्तीय साक्षरता, ऋण लगानी र सदुपयोगिता, बचतको महत्व, सहकारी शिक्षा आदिका सम्बन्धमा साकोसहरुले खेल्नुपर्ने र खेल्नसक्ने भूमिकाका बारेमा अवगत गराउनुभएको थियो । उहाँले दुवै साकोसहरुमा उल्लेख्य महिला सदस्य रहेको भन्दै प्रदेश नं २ मा कार्यरत साकोसहरुले महिला शसक्तिकरणमा भूमिका खेलेकोको प्रशंसा गर्नुभयो ।

आदर्श स्वावलम्बन साकोसका अध्यक्ष नारायण विक्रम यादव सहभागी कार्यक्रममा संस्थाका व्यवस्थापक लालबाबु यादवले भ्रमणको अपेक्षा र संस्थाको गतिविधिहरुबारे जानकारी गराउनुभएको थियो ।संक्षिप्त कार्यक्रममा नेफ्स्कूनका व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठ, अन्तरलगानी अधिकृत मनोज बुढाथोकी र तालिम अधिकृत सुमनराज घिमिरे पनि सहभागी हुनुहुन्थ्यो । यसअघि टोलीले पोखराको आस्था साकोसको पनि अवलोकन भ्रमण गरेको थियो ।

२०६२ सालमा स्थापित आदर्श स्वावलम्बन साकोसका ६ सय सदस्यमा ६० पुरुष छन् भने करुणा साकोसका ४ सय ५० सदस्यमा २२ पुरुष र बाँकी महिला छन् । करुणा साकोसको कुल सम्पत्ति हाल ५ करोड र आर्दश स्वावलम्बनको साढे ६ करोड रहेको जानकारी कार्यक्रममा गराइएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप