संकल्प साकोसको १३औं बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
संकल्प साकोसको १३औं बार्षिक साधारणसभा सम्पन्न

विभु पोखरेलको अध्यक्षतामा पुनः १५ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन 

रौतहट । संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड को शनिवार सम्पन्न १३ औ बार्षिक साधारणसभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको अध्यक्षमा बिभु पोखरेल, उपाध्यक्ष कृष्ण चन्द्र पोखरेल, सचिब कुल बहादुर थापा, कोषाध्यक्षमा बलराम प्रसाद गौतम, सहसचिव चिरञ्जीवी गौतम, सदस्यहरुमा   भरत प्रसाद अधिकारी, निलहरी कोइराला, एकनाथ चौलागाईं,  अबधेशहरी भट्टराई, गोमा चौलागाईं, शारदा भण्डारी, गृष्मा सापकोटा, बिदुर न्यौपाने, दिपक भण्डारी, राजकिशोर गुप्ता रहनुभएको छ । त्यस्तै लेखा सुपरीवेक्षण समितिमा गणेश पौडेल संयोजक, बेदनाथ हुमागाइ र रामचन्द्र  तिमल्सिना सदस्यमा निर्बाचित हुनु भएको छ । 

संस्थाले गत असोज १६ गतेदेखि सदस्य उपस्थिति गराई बार्षिक साधारण सभाको समापन २३ गते गरेको थियो । सभाको समापनका अवसरमा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीको प्रमुख आतिथ्यता र उपमेयर रामरती चौधरीको बिशिष्ट आतिथ्यता रहेको थियो । 
कार्यक्रममा रौतहट बचत संघकी अध्यक्ष देबकी नेपाल, नवविकासका अध्यक्ष देब बहादुर सापकोटा, गुञ्जन सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका ब्यबस्थापक सञ्जय कार्की, हातेमालो साकोसका अध्यक्ष बिरु राना मगर, बिन्दबासिनी साकोसका सञ्चालक कवि काफ्ले, राष्ट्रिय सहकारी बैंक चपुर शाखाका प्रमुख रोशन कार्की, चन्द्रपुर नगरपालिकाका सहकारी  फाँटका शेख नसरे आलम, संस्थाका संस्थापक अध्यक्ष गणेश पौडेल, पत्रकारहरु सुब्बा कार्की, सागर हुमागाई, राकेश यादवको आतित्यथा रहेको थियो । 

संस्थाका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा होटल गौतममा सम्पन्न साधारण सभामा संस्थाका सचिव कुल बहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सहसचिव चिरञ्जीवी गौतमले गर्नु भएको थियो भने संस्थाकोे तर्फबाट  अध्यक्ष बिभु पोखरेलले प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे । 

त्यस्तै असोज १० गते देखी सुरु भएको निर्वाचन प्रक्रियामा निर्बिरोध निर्वाचित हुनु हुने उम्मेदवारको घोषणा तथा सपथग्रहण निर्वाचन समितिका संयोजक शम्भु हुमागाईले गर्नु भएको थियो । कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार समिति, विभिन्न उप समिति लगायत संस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप