प्रगति साकोस कंचनपुरको १४ औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रगति साकोस कंचनपुरको १४ औं वार्षिक साधारण सभा सम्पन्न

झलारी, कंचनपुर । प्रगति बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १४ औ साधारण सभा असोज २४ गते आइतबार सम्पन्न भएको छ। साधारण सभामा प्रमुख अतिथि नेफ्स्कूनका संचालक तथा सुदुर पश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष माधब प्रसाद जोशी हुनुहुन्थ्यो । छोटो समयमै प्रगति सहकारी सस्थाले करिब ५ करोड बराबरको कारोबार गरेको प्रति प्रमुख अतिथि जोशीले खुशी ब्यक्त गर्नुभयो । उहाँले सुदुर पश्चिम् प्रदेशका ८८ पालिका मध्ये धेरै पालिकाले स्थानिय सहकारी र सेवामुलक संस्थालाई बेवास्ता गरेको बताउनुभयो । उहाँले सहकारी संस्था साझा सम्पत्ति भएको बताउनुभयो । सहकारी र सेवामुलक संस्थाहरुलाई सुदुरपश्चिम सरकारले वेवास्ता गरेको उहाँको गुनासो थियो ।

आइतबार संस्थाका अध्यक्ष दिनेश सिंह महराको सभापतित्वमा झलारीको होटल रमाइलो को सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । प्रगती बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा ५ करोड १५ लाख ४५ रुपैयाँ ४३ पैसाको कारोबार गरेको छ । यस्तै संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा शेयर संकलन,बचत संकलन तथा ऋण लगानी कारोवारमा वृद्धि गरी कुल कारोबार ८ करोड पुर्याउने लक्ष्य लिएको छ । संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा ५७ लाख ५ हजार ३ रुपैया कुल सेयर पुँजी पुर्याएको छ भने गत आर्थिक बर्ष २०७७/०७८ मा खुद नाफा १० लाख १८ हजार ५ सय ७९ रुपैयाँ ५६ पैसा मुनाफा आर्जन गर्न सफल भएको प्रगति प्रतिबेदन बाट बुझिन आएको छ। संस्थाका अध्यक्ष महराले संस्थाका सेयर सदस्यहरुलाई आकस्मिक रुपमा भैपरी आउने समस्यामा संस्थागत कोषबाट फिर्ता हुने गरि बिना ब्याजमा अधिकतम रु २५ हजार सम्म एक महिनाको लागि ऋण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै संस्थाले २०७७/०७८मा ४ करोड ४ लाख ४४ हजार ५ सय ९५ रुपैयाँ २४ पैसा निक्षेप बचत संकलन गरेको छ । साथै विभिन्न कर्जा शीर्षकअन्तर्गत गरिएको कर्जा लगानीमा ४ करोड ४१ लाख १५ हजार २ सय ६९ रुपैयाँ पुगेको छ । संस्थाको आर्थिक विकास संगै सञ्चालक समिति एवं व्यवस्थापन कार्ययोजना भावी कार्यक्रम तथा लक्ष्यहरु रहेका छन् । आर्थिक वर्ष २०७७/०७८ को लेखा समितिको आन्तरिक लेखा परिक्षण प्रतिवेदन प्रतिवेदन लेखा समिति संयोजक करन सिंह ठगुन्नाले प्रस्तुत गर्नुभएको थियो । यसैगरी सस्थाले उत्कृष्ट,ऋणी, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट कर्मचारी र ज्येष्ठ नागरिक सेयर सदस्यलाई प्रमाणपत्र सहित सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा उत्कृष्ट ऋणीतर्फ शुक्लाफाँटा ११ का करन सिंह विष्ट, उत्कृष्ट बचतकर्तातर्फ शुक्लाफाँटा १२ का यज्ञराज पन्त, उत्कृष्ट कर्मचारी तर्फ मञ्जु विष्ट ऐर र शुक्लाफाँटा ११ का ज्येष्ठ नागरिक दान बहादुर दमाईलाई प्रमाणपत्र सहित दोसल्लाले सम्मान गरिएको हो । यस्तै कार्यक्रममा शुक्लाफाँटा ९ का वडाध्यक्ष रमेश बहादुर ऐरले विगत ४ वर्षदेखी निरन्तर सेवा प्रवाह गरिरहेको बताउँदै नगर भित्र रोजगारी सिर्जना गरेको जानकारी दिनुभयो । संस्थामा हाल ६ सय ९६ जना सदस्य छन् । कार्यक्रम संचालन संस्थाकाउपाध्यक्ष हरि दत्त भट्टले गर्नुभएको थियो भने स्वागत मन्तब्य सस्थाका प्रबन्धक राजेन्द्र साउदले राख्नुभएको थियो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप