काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गम्भीर बिरामी भई हाल उपचाररत नेफ्स्कून कर्मचारी अनित चौधरीलाई बीमा सुविधा बापतको रकम उपलब्ध गराएको छ । कम्पनीको जीवन सारथी बीमा योजनामा आबद्ध उनलाई गम्भीर बिमारी सुविधा बापतको रकम उपलब्ध गराइएको कम्पनीले जनाएको छ । । नेफ्स्कूनमा प्राविधिक सहायक चौधरी गत दुई महिनादेखि मस्तिष्क घातको समस्याका कारण उपचाररत छन् ।
इन्स्युरेन्स कम्पनीका प्रतिनिधिहरुले चौधरीको निवासमै पुगेर बीमा सुविधा बापतको ४ लाख रुपैयाँको चेक उपलब्ध गराएका हुन् । नेफ्स्कूनले गत आर्थिक बर्षदेखि सबै कर्मचारीहरुलाई जीवन सारथी बीमा योजनामा सहभागी गराएको हो । ४ लाख रुपैयाँ बराबरको जीवन सारथी बीमा योजना अन्तर्गत कम्पनीले २१ वटा गम्भीर रोगको उपचारका लागि बिमा सुविधा उपलब्ध गराएको छ ।
५ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
८ दिन अगाडि
८ दिन अगाडि
१४ दिन अगाडि
१५ दिन अगाडि
६ दिन अगाडि
३२ दिन अगाडि
२१ दिन अगाडि
२४ दिन अगाडि
२४ दिन अगाडि
२२ दिन अगाडि
२४ दिन अगाडि
३१ दिन अगाडि