सहकारीको संस्थागत विकासको आधारः आधारशिला कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको संस्थागत विकासको आधारः आधारशिला कार्यक्रम

 आधारशिलामा साझेदारी, वित्तीय पहुँच र स्व–रोजगारी

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले स्थानीय तहको मातहतमा रहेका ग्रामीण र दुर्गम क्षेत्रमा सञ्चालित सहकारी संस्थाहरुमा सहकारी सञ्चालन, व्यवस्थापन तथा ज्ञान सीप अभिबृद्धि गरी सुशासित र व्यवस्थित संस्था निर्माणका लागि स्थानीय तहसँगको साझेदारीमा आधारशिला कार्यक्रम अगाडि बढाइएको छ । वित्तीय पहुँच अभिबृद्धि, सहकारी संस्थाहरुको दीगो संस्थागत विकास, सञ्जालीकरण र उद्यमशीलता मार्फत सदस्यहरुको जीवनस्तर सुधार गर्ने अभिप्राय राखी सहकारी क्षेत्रमा प्राप्त उपलब्धिको सम्बर्धन गर्न नेफ्स्कूनले ३३औं स्थापना दिवसको अवसरमा २०७७ साउन ३२ गते प्रारम्भ गरी कार्यान्वयनको चरणमा रहेको र हालसम्म १८ स्थानीय तहहरुसँग कार्यान्वयन सम्झौता भएको छ । 

चरणहरुः

कार्यक्रमको उद्देश्यः

स्थानीय तहसँगको सहकार्य तथा साझेदारीमा सहकारीहरुको प्रवर्धन तथा व्यावसायिकता विकास गरी पहुँच अभिबृद्धि गर्ने, 
सहकारी संस्थाहरुको दीगो संस्थागत विकासमा सहयोग तथा सहजीकरण गर्ने, 
सहकारी शिक्षा तथा तालिममार्फत क्षमता अभिबृद्धि गर्ने,
उद्यमशीलतामार्फत स्वरोजगारी प्रवर्धनमा सहयोग तथा सहजीकरण गर्ने,
सञ्जालमा आवद्धतामार्फत सुशासन र स्व नियमनका लागि सहजीकरण गर्ने,

मुख्य कार्यहरु

तथ्याङ्क संकलन र विश्लेषण
क्षमता विकास र सशक्तिकरण
उद्यमशीलता विकास र स्वरोजगारी प्रवर्धन
स्व–नियमन तथा सुशासन प्रवर्धन र सञ्जालीकरण 

आधारशिला कार्यक्रम अन्तर्गत पहिलो बर्ष १२ स्थानीय तहसँग सम्झौता सम्पन्न भएको छ । त्यसैगरी क्रमशः दोस्रो बर्ष २४, तेस्रो बर्ष ३६ र चौथो बर्ष ४८ स्थानीय तहहरुसँग कार्यक्रम सम्झौता गर्ने लक्ष्य संघले अगाडि सारेको छ । 

स्थानीय तहको लागत साझेदारी र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा सुरु भएको आधारशिला कार्यक्रम मार्फत सहकारी संस्थाको विकास र प्रवर्धन मात्र नभएर नियामक निकायको आँखाबाट सहकारी संस्थालाई गरिनुपर्ने अभ्यासका लागि पनि स्थानीय प्रतिनिधि एवम् कर्मचारीहरुको क्षमता विकासका कार्यक्रमहरुमा संघले सहजीकरणको कार्य समेत अगाडि बढाएको छ ।   

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२४ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप