सुदुरपश्चिमको कैलालीमा उच्चस्तरीय लेखा ब्यवस्थापन तालिम शुरु 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुदुरपश्चिमको कैलालीमा उच्चस्तरीय लेखा ब्यवस्थापन तालिम शुरु 

कैलाली । सुदुरपश्चिम प्रदेश अन्तरर्गत कैलालीको अत्तरियामा  बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी आजबाट चार दिवसीय उच्चस्तरीय लेखा ब्यवस्थापन तालिम शुरु भएको छ । 

नेफ्स्कून सञ्चालक सदस्य एवम् कञ्चनपुर फिल्ड व्यवस्थापन उप समिति संयोजक माधव प्रसाद जोशिको अध्यक्षतामा तालिमको शुभारम्भ भएको थियो । उक्त सत्रमा कञ्चनपुर बचत संघका सञ्चालक सदस्य बसन्त भट्ट, नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइराला, कार्यक्रम अधिकृत पवन जंग मल्ल, कञ्चनपुर म्यानेजर क्लबका उपाध्यक्ष असोक जोशी, कैलाली म्यानेजर क्लबका महासचिव रुद्र खनाल र स्थानीय सहकारीकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।  

सभाध्यक्ष जोशिले कोभिड १९ महामारी प्रभावको विषम परिवेशमा संस्थालाई नीति, विधि र प्रविधिमा सञ्चालन गर्न,  संस्थागत वित्तीय अनुशासनलाई ध्यान दिन र  सुशासित संस्था निर्माणका लागि उच्चस्तरिय लेखा ब्यवस्थापन तालिम अनिवार्य रहेको बताउनुभयो । उहाँले नेफ्स्कूनले सञ्चालनमा ल्याएका गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा सहभागी भई अगाडि बढ्न सबैलाई आग्रह गर्दै संस्थालाई परेको समस्या समाधानमा संघ पूर्ण रुपले सहयोग गर्न तयार रहेको जानकारी गराउनुभयो ।  

तालिममा कञ्चनपुर, कैलाली, डोटी र डडेलधुरामा सञ्चालित २४ वटा बचत तथा ऋण सहकारी संस्थाहरुबाट गरी २८ जनाको सहभागिता रहेको थियो । तालिम सहजिकरण संघका तालिम अधिकृत उमेश कोइराला र कार्यक्रम अधिकृत पवन जंग मल्लले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कञ्चनपुर फिल्ड कार्यालय इन्चार्ज यम बहादुर डाँगीले गर्नुभएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप