नेफ्स्कूनद्वारा सहकारीमन्त्री श्रेष्ठलाई बधाई एवम् शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा सहकारीमन्त्री श्रेष्ठलाई बधाई एवम् शुभकामना

काठमाडौं । नेपाल सरकारका नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई नेफ्स्कूनका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा बधाई एमव्  शुभकामना प्रदान गर्नुभएको छ  ।

 आज मन्त्रालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच नेफ्स्कूनका कार्यवाहक अध्यक्ष ढकाल, नेफ्स्कूनका सञ्चालक द्वय न्हुच्छे नारायण मिलन श्रेष्ठ, सन्दिप सापकोटा र कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले शुभकामना प्रदान गर्नुभएको हो । 

संघका कार्यवाहक अध्यक्ष ढकाल र कार्यकारी अधिकृत पोखरेलले बचत तथा ऋण सहकारी अभियान र नेफ्स्कूनको आगामी कार्यदिशाबारे संक्षिप्त प्रस्तुती राख्दै संघको आसन्न  ३०औं बार्षिक साधारणसभा सम्बन्धी जानकारी गराउनुभएको थियो । 

मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई अगाडि बढाउन के गर्नुपर्छ ? यसको विकास र प्रवर्धनका लागि के गर्न सकिन्छ ? भन्ने विषयमा सबैसँग राय सल्लाह र सुझाव लिइरहेको र त्यही अनुरुप कार्ययोजना बनाएर अगाडि बड्न लागिएको बताउनुभयो ।

भेटका क्रममा सहकारी विभागका निवर्तमान रजिष्ट्रार एवम् हाल मन्त्रालयका सहकारी शाखा प्रमुख लीला प्रसाद शर्मा पनि उपस्थित हुनुहुन्थ्यो । मन्त्री श्रेष्ठ यही असोज २२ गतेदेखि मन्त्रालयको जिम्मेवारीमा नियुक्त हुनुभएको हो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप