स्तरीकरण कार्यक्रम आबद्धताले संस्थागत विकास भएको छ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्तरीकरण कार्यक्रम आबद्धताले संस्थागत विकास भएको छ 

हरिलाल शर्मा 
व्यवस्थापक, सिद्धार्थ साकोस कपिलवस्तु 


प्रारम्भिक चरणदेखि स्तरीकरण कार्यक्रममा निरन्तर सहभागी सिद्धार्थ साकोसले ब्राण्ड प्राप्त गर्न नसकेको भएपनि संस्थागत सुधार र विकासको क्षेत्रमा भने निकै फड्को मारेको छ । संस्थाका व्यवस्थापक हरिलाल शर्मा भन्नुहुन्छ, “ब्राण्डिङ कार्यक्रम प्रोवेसन अत्यन्तै राम्रो कार्यक्रम छ । हामी ग्रास रुट लेभलका सदस्यहरुलाई सेवा दिइरहेका र पहिल्यैदेखि लोनमा समस्या देखिइरहेको हुँदा तत्काल सुधार गर्न समस्या भएको हो । धेरै समस्यामा थियौं, कोभिड १९ का कारण भएको लकडाउनले झन् समस्या थपिदियो ।” कार्यक्रम आबद्धताले नीति, विधि र प्रविधि प्रयोगमा अभ्यस्त बनाएको छ । सुशासनतर्फ अगाडि बढ्न सहयोग पुर्याएको  छ । संस्थाको भाखा नाघेको ऋण अझै २५ प्रतिशत छ । संस्थागत पुँजी भने ५ प्रतिशत पुगेको छ । 

सदस्यहरुको आर्थिक अवस्था कमजोर छ । कृषि, पशु, व्यापारमा लगानी छ, ठूलो लगानी छैन तर धेरै समयदेखिको ससानो खराब ऋणका कारण समस्या थपिँदो रहेको व्यवस्थापक शर्माले बताउनुभयो । सहकारी एकीकरणका लागि समेत पहल गरिरहेको संस्थाले सदस्यको पारिवारीक व्यावसायिक योजना निर्माणको कामलाई पनि अगाडि बढाउने लक्ष्य तय गरेको छ । ब्राण्ड प्राप्त गर्न नसक्दा खिन्नता त हुन्छ नै तर ब्राण्ड प्राप्त गर्नुमात्र अन्तिम सफलता होइन, व्यवस्थापक शर्माले भन्नुभयो, “हामीले स्तरीकरणकरण कार्यक्रमकै सहयोगबाट संस्थागत वित्तिय सुधार गर्न सफल भएका छौं । नीति निर्माण र कार्यान्वयन प्रभावकारी बनाएका छौं । सुशासित संस्था निर्माणमा प्रतिबद्ध छौं ।”  

२०५५ साल बैशाख १ गतेदेखि सञ्चालनमा आएको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था नेफ्स्कूनले सञ्चालनमा ल्याएको राष्ट्रिय स्तरको स्तरीकरण कार्यक्रम प्रोवेसनमा २०७० साल माघ १२ गते आबद्ध भएको थियो । हाल ५ हजार सदस्य रहेको साकोसमा २० करोडको कारोबार छ । कपिलबस्तुको बाडगंगा नगरपालिकामा मुख्य कार्यालय रहेको साकोसको ओदारीमा एक सेवा कार्यलय समेत सञ्चालनमा छ भने दुवैतर्फ गरी १० कर्मचारीले सदस्यहरुलाई साकोसका सेवाहरु प्रवाह गरिरहेका छन् । 

संगम राज पाण्डेय
व्यवस्थापक, होस्टेहैंसे साकोस, नैकाप काठमाडौं

संस्थाका व्यवस्थापक संगम राज पाण्डेय भन्नुहुन्छ, कार्यक्रममा आबद्ध छौं तर ब्राण्ड प्राप्त गर्न सकिएको छैन । साकोस गुणस्तर सुधारका लागि ब्राण्डिङ कार्यक्रम आबद्धताले धेरै सहयोग पुगेको छ । तर कार्यक्रमले राखेका सबै मापदण्ड अझै पुरा गर्न सकिएको छैन ।  व्यवस्थापक पाण्डेले भन्नुभयो, संस्थाको भाखा नाघेको ऋण ४० प्रतिशत छ । गत बर्षदेखि कोभिड १९ भित्रिएसँगै भाखा नागेको ऋण थपिंदै गयो । यस आ.व.मा संस्थाले ऋण  असुली मुख्य योजना सहित अगाडि बढेको छ, शुरुका दुई महिनामा मात्रै हामी २ करोड ऋण असुली गर्न सफल भएका छौं । 

शुरुमा संस्था नीति, विधि र प्रविधिमा सञ्चालित थिएन । संस्थागत सुशासनको पाटो केही कमजोर देखिन्थ्यो, जब ब्राण्डिङ कार्यक्रममा सहभागी भयौं, यसले सदस्य हितमा काम गर्न सुझायो साथै सदस्य मैत्री संस्था सञ्चालन गर्नुपर्छ भन्ने विषयमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, अन्य उपसमिति साथै व्यवस्थापन पक्षलाई पनि व्यवहारिक र सैद्धान्तिक ज्ञान दियो । 

२०६४ सालदेखि काठमाडौंको नैकापमा सञ्चालनमा रहेको होस्टेहैंसे बचत तथा ऋण सहकारी संस्था लि. हालको चन्द्रागिरी नगरपालिका सवै वडा, नागार्जुन नगरपालिकाका ७, ९ र १० नं वडा र काठमाडौं महानगरपालिकाको १३ र १४ नम्वर वडामा कार्यक्षेत्र विस्तार गरेको छ । नेफ्स्कूनद्वारा सञ्चालित पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोवेसनमा प्रारम्भिक चरणदेखि आबद्ध होस्टेहैंसेले निरन्तर स्तरीकरण कार्यक्रम आबद्धता सँगै संस्थागत विकास र सुशासन मा निरन्तर फड्को मारिरहेको छ । ४ हजार १ सय सदस्य मार्फत १२ करोड भन्दा बढीको पुँजी निर्माण गरेको छ । मुख्य कार्यालय र नागार्जुनमा एक सेवा कार्यालय सञ्चालनमा रहेको साकोसमा ९ जना कर्मचारीहरु सदस्य सेवामा क्रियाशिल छन् ।

कुल बहादुर कार्की
व्यवस्थापक, बेताली साकोस–रामेछाप 

हाल गोकुलगंगा गाउँपालिका ४, बेताली मुख्य कार्यालय रहेको बेताली बचत तथा ऋण सहकारी संस्थाको स्थापना २०४९ मा भएको थियो । ग्रामिण समुदायमा वित्तिय शिक्षा र बचतको महत्व बुझाउँदै विगत वेताली साकोसले समुदायका सदस्यहरुको जीवनस्तर सुधारमा सहयोग पु¥याउँदै आएको छ । सदस्यका वित्तिय आवश्यकता परिपूर्तिसँगै संस्थागत सुधार गर्ने अभिप्रायका साथ बेताली साकोस २०७० जेठ ४ गते नेफ्स्कूनद्वारा सञ्चालित राष्ट्रिय स्तरको साकोस गुणस्तर सुनिश्तिताको कार्यक्रम प्रोवेसनमा आबद्ध भयो । २०७० देखि निरन्तर कार्यक्रममा आबद्ध संस्थाले वित्तिय सुशासन र संस्थागत वित्तिय सुधारमा ठूलै उपलब्धि हासिल गर्यो । गुणस्तर सुनिश्चिततामा सफलताको तक्मा हात पार्न नसकेपनि संस्थागत सुधारको निरन्तरतामा लागिरहेको व्यवस्थापक कुल बहादुर कार्कीले बताउनुभयो । दुर्गम र विकट गाउँ, सदरमुकामबाट करिब ३०/३५ किलोमिटर उत्तरी भेग आसपासका समुदायको सहभागिता रहेको साकोसको ऋण लगानी व्यावसायिक बन्न नसक्दा संस्थाको भाखा नाघेको ऋण दीर्घकालिक बन्दै गएको छ । सदस्यहरुको स्थलगत निरिक्षण नगरी ऋण लगानी गर्दाको असर नै ऋणको भाखा नाघ्नु हो । व्यवस्थापक कार्कीले भन्नुभयो, “अब एक दुई वटा ऋण उठाउन लिलामी प्रक्रियामा नै जाने सोच बनाएका छौं । प्रोवेसन कार्यक्रमले संस्थाको वित्तिय सुधारमा ठूलो सहयोग पुग्यो । आधारभूत नीतिहरु निर्माण गरेका छौं, संस्था सञ्चालनमा नीति, विधि र प्रविधिको प्रयोगले प्रभावकारिता थपिएको छ ।”  

३४ सय ८० सेयर सदस्यहरु र १४ सय बाल बचतकर्ताहरु रहेको साकोसको कुल पूँजी करिब १९ करोड ६६ लाख छ ।  गोकुलगंगा गाउँपालिकाका ३,४ र ५ नंम्बर वडा, उमाकुण्ड गाउँपालिकाको ६ नं. वडा, त्यसैगरी नामादी र रत्नालु गाउँपालिकाका केही वडाहरु संस्थाको कार्यक्षेत्रभित्र छन् । नामादी गाउँपालिकामा एक सेवा कार्यालय र रत्नालुमा काउन्टर सेवा सञ्चालन गरिरहेको वेताली साकोसमा ७ जना कर्मचारी कार्यरत छन् । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप