बचत तथा ऋण सहकारीमा एक्सेस कार्यक्रमको उपयोगिता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बचत तथा ऋण सहकारीमा एक्सेस कार्यक्रमको उपयोगिता

 मदन बस्नेत

प्रमुख कार्यकारी अधिकृत

सामुदायिक साकोस, काभ्रे


 एक्सेस ब्राडिङ एशिया प्रशान्त क्षेत्रमा रहेका वचत तथा ऋण सहकारी संस्थाहरुलाई दिगो र प्रतिस्पर्धी बनाई सवल र सुरक्षित राख्ने उश्द्देयले एशियाली ऋण महासंघ (ACCU) ले प्रतिपादन गरेको एउटा औजार हो । यो एउटा प्रणाली हो जसले संस्थालाई चुस्त राख्दछ र संस्था प्रतिस्पर्धी हुन्छ । यस अन्र्तगत ४ वटा परिवेशहरु छन् । ४ वटा परिवेश भित्र ८६ वटा ईण्डिकेटरहरु रहेका छन् । ८६ वटै ईण्डिकेटरले संस्थाको छुट्टा छुट्टै गतिविधिहरुको मापन गर्दछ । वित्तीय परिवेश (Financial Perspective) अन्तर्गत पर्ल्सको मापदण्ड भित्र संस्थाका वित्तिय अवस्थाहरु रहनुपर्ने हुन्छ भने यो Perspective ले संस्थालाई सवल र सुरक्षित राख्दछ । सदस्य परिवेश (Member Perspective)  अन्तर्गत सदस्य सन्तुष्ठी महत्वपूर्ण हो, बजारमा साकोसको प्रतिस्पर्धी स्थान र संस्थाका वस्तु तथा सेवाको गुणस्तरियता कायम राख्न यसले मद्दत गर्दछ । आन्तरिक ब्यवसाय परिवेश (Internal Business Perspective) अन्तर्गत संस्था ऐन, नीति, नियम अनुसार सञ्चालन हुनुपर्छ । कुशलता पूर्वक संस्था सञ्चालन गर्दा प्रतिस्पर्धी स्थान हासिल गर्न सकिन्छ भन्ने सिकाई यो परिवेशबाट हुन्छ । सिकाई र बृद्धि परिवेश (Learning & Growth Perspective) अन्तर्गत सञ्चालकहरुको चरित्र, सिकाई तथा सहभागितालाई जोड दिदैं क्षमतावान र सन्तुष्ट कर्मचारीहरुको परिकल्पना गर्दछ । जाने बुझेका र सक्रिय सञ्चालक, योग्य तथा सन्तुष्ट कर्मचारी हुनुपर्दछ भन्ने धारणा यो परिवेशले राख्दछ । सहकारी संस्थाहरुको व्यवसाय बृद्धि गर्ने सफल रणनीति निर्माणको लागि एक्सेस ब्राण्डिङ कार्यक्रमको भूमिका महत्वपूर्ण हुन्छ । यो संस्थाहरुको लागि आफ्नो कार्यक्षेत्रमा कायम गर्ने छवीसँग पनि सम्बन्धित छ । यस अन्र्तगत बचत तथा ऋण सहकारी संस्थाहरुका दुरगामी दृष्टिकोण, योगदान र प्रतिष्ठा समेत गाँसिएको हुन्छ ।

एक्सेस कार्यक्रममा सहभागी हुनु अघि संस्थाको अवस्था :

हामिलाई लाग्छ हामीले संस्था ऐन, नियमावली, मापदण्ड, विनियम, नीति, विधिलाई पूर्ण पालना गर्दै सञ्चालन गरेका छौं । संस्थाले सदस्यहरुको पैसा परिचालन गरेर कमाएको रकम सदस्यलाई नै फिर्ता गर्नु पर्दछ  भन्ने आमधारणा रहेको पाईन्छ । संस्थागत पूँजी लगायत राज्य प्रतिको कर दायित्वलाई महत्व दिईएको हुदैन । अर्को कुरा संस्थालाई ठूलो बनाउनु हुँदैन सदस्य छानेर मात्र भित्र्याउनु पर्छ । भाखा नाघेको ऋणको जोखिमको बारेमा त्यति धेरै ज्ञान नहुनाले भाखा नाघेको ऋण गणना गर्ने विधि फरक हुन्छ र सहि मात्रामा जोखिम ऋण कोषको ब्यवस्थापन गर्न नसक्दा सदस्यको वचत जोखिममा पर्नसक्छ । पर्याप्त नीति, कार्यविधिहरु नहुनाले विधिले होईन ब्यक्तिको निर्णयले नै संस्था सञ्चालन हुन जान्छ जसको कारण ब्यक्ति पिच्छे फरक फरक मत आउनसक्छ यसले संस्थागत निर्णयहरु नभई पक्षपात पूर्ण निर्णयहरु हुनसक्ने सम्भावनाहरु बढी भई सदस्यहरुमा मतभेद सिर्जना हुन्छ । तालिम, शिक्षा र सिकाईलाई महत्व दिईदैन जसले गर्दा नयाँ नयाँ विधि प्रविधिहरुको बारेमा ज्ञान नहुनाले संस्था बृद्धि र विकासमा पछि पर्दै जान्छ । ब्यवस्थापनलाई कम महत्व दिई सञ्चालकहरुमा बढी अधिकार राखिन्छ जसले सदस्यहरुलाई सेवा सुविधा दिने कार्यमा ढिला सुस्ती हुने गर्दछ । 

एक्सेस ब्राण्डको प्रभावकारीता :

ब्राण्ड प्राप्त हुने अवधिसम्म नेफ्स्कून र एशियाली ऋण महासंघले संस्थालाई गर्ने अनुगमन तथा सल्लाह, सुझाव, पृष्टपोषण तथा निर्देशनलाई अनुसरण गर्दै जाँदा संस्थामा प्रर्याप्त मात्रामा नीति, विधिहरु तयार भई नीति विधि अनुसार सञ्चालन गरिएको हुन्छ । पूर्ण रुपमा परल्स मापदण्ड बमोजिम वित्तीय अवस्थालाई ब्यवस्थित गर्नाले संस्था सवल र सुरक्षित रहने हुन्छ । संस्थाको सम्पत्तीको ठूलो हिस्सा ओगट्ने ऋण लगानी ब्यक्ति हेरेर हैन, ५ सी को आधारमा क्षमतामा आधारीत ऋण लगानी गरिन्छ र यसले गर्दा ऋण भाखा नाघ्ने सम्भावना कम हुन्छ । कर्मचारीलाई खर्चको रुपमा होइन सम्पत्तीको रुपमा हेर्ने दृष्टिकोण बन्दछ । संस्थागत पुँजीको बृद्धि हुँदै जाने भएकोले संस्था दीर्घकालसम्म सवल हुँदै जान्छ र शुल्क नलाग्ने कोषहरुको बृद्धिले संस्थाको आम्दानीको दर बृद्धि हुँदै जान्छ । जसका कारण सदस्यहरुलाई कम मार्जिनमा वचत तथा ऋण परिचालन गर्न संस्था सक्षम हुनुका साथै राज्यप्रतिको कर दायित्वलाई महत्वपूर्ण रुपले वहन गर्दै सञ्चालित हुन्छ । संस्थामा दीर्घकालिन रणनैतिक योजना तयार गरी यसैका आधारमा वार्षिक लक्ष्य तथा कार्ययोजनाहरु निर्माण हुन्छन् । वार्षिक लक्ष्यको आधारमा मासिक लक्ष्य तय हुन्छन् र मासिक रुपमा समिक्षा हुने गर्दछ जसले गर्दा संस्थाको लक्ष्य अनुसारका तालमेल मिलाउन र कार्यान्वयन गराउन मार्ग प्रशस्त हुन्छ । एक्सेस ब्राण्डले संस्थाको पहिचान बनाउँछ र सुशासनमा सञ्चालित संस्थाहरुको एउटा नेटवर्कमा जोड्ने कार्य गर्दछ । यो नेटवर्कबाट राम्रा राम्रा अनुभवहरु नियमित रुपमा आदन प्रदान हुने गर्दछ । देश विदेशका राम्रा प्रविधि तथा प्रयोगहरुलाई आत्मसाथ गर्न मद्दत गर्दछ ।  

संस्थालाई सदस्यले हेर्ने र गर्ने ब्यवहारको भिन्नता : 

एक्सेसका ४ वटा परिवेशहरु मध्ये एउटा परिवेश सदस्यहरुसँग सम्बन्धीत छ त्यसकारणले एक्सेस ब्राण्ड प्राप्त गर्नका लागि नियमित सदस्यको सन्तुष्टी मापन गर्ने, सदस्य समृद्धि हुने वस्तु तथा सेवाको विकास गर्ने, सदस्य केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्ने गरिन्छ । यस्ता कार्यक्रमहरुले संस्था र सदस्यको सम्बन्ध दीर्घकालिन बनाउँछ र सदस्यहरुले संस्थालाई मेरो संस्था हो भन्ने भावनाको विकास हुन्छ । फलस्वरुप संस्थालाई सदस्यले हेर्ने र गर्ने ब्यवहारमा सकारात्मकता बृद्धि हुन्छ । समुदायमा एक ब्यक्तिबाट अर्को ब्यक्ति हुँदै संस्थाको समग्र छवी गुणात्मक रुपमा बृद्धि हुन्छ जसका कारण जनविश्वास एवं सदस्यहरुको विश्वासमा बृद्धि हुन्छ । 

एक्सेस कार्यक्रमका समस्या र चुनौती :

नीति, विधि अनुसार संस्था संञ्चालन हुने हुँदा सञ्चालक वा सदस्यहरुको ब्यक्तिगत चाहना अनुसारको सेवा सुविधाहरु प्रदान गर्न नसकिने भएकोले एक्सेस कार्यक्रम प्रति नकारात्मक हुने सम्भावनाहरु बढी हुन्छ । अन्य सहकारी संस्थाहरुले सदस्यहरुलाई विभिन्न नाममा आर्थिक सुविधाहरु दिन्छन् तर राज्यको ऐन, कानून र नीतिको अधिनमा रहदाँ त्यस्तो सुविधाहरु प्रदान गर्न नसकिने पनि हुनसक्दछ । जसको फलस्वरुप सुशासनमा सञ्चालन नभएका सहकारीहरुको सस्तो लोकप्रियतामा सदस्य अल्झिन सक्छन् । एक्सेस कार्यक्रमले मार्गनिर्देश गरे बमोजिमका नीति, विधि र कार्यक्रमहरु सञ्चालन गर्दा तुलनात्मक रुपमा बैठक, तालिम, शिक्षा तथा गोष्ठी कार्यक्रमहरु गर्नुपर्ने हुँदा संस्थाको सञ्चालन खर्च बृद्धि हुँदै जान्छ ।  

एक्सेस ब्राण्डिङ कार्यक्रम अन्तर्राष्ट्रिय स्तरको ब्राण्डिङ कार्यक्रम हो तर नेपाल सरकारले हालसम्म पनि यो कार्यक्रमलाई आधिकारीक रुपमा मान्यता दिएको पाईदैन । यसलाई मान्यता प्रदान गर्न नेफ्स्कून लगायत सम्बन्धीत निकायहरुको ध्यानाकर्षण हुनुपर्दछ । 

निष्कर्ष :

संस्था दीर्घजिवी हुनका लागि भाखा नाघेको ऋण नियन्त्रित हुनुपर्दछ र संस्थागत पूँजी धेरै भन्दा धेरै हुनुपर्दछ र संस्था ब्यक्तिले होईन विधिले चल्नुपर्दछ । संस्थाका वस्तु तथा सेवाहरु नाफामुखी नभई सदस्य सेवामा केन्द्रित हुनुपर्दछ । सदस्यको वचतको सुरक्षाको ग्यारेन्टी गरिएको प्रत्याभुति हुनुपर्दछ । क्षमतावान ब्यवस्थापन र निश्पक्ष सञ्चालक हुनुपर्दछ । एक्सेसको आदर्श नै यही हो । 
 

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

९ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२३ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप