हाम्रो एकीकृत साकोसको छैठौं सेवा केन्द्र कीर्तिपुरमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो एकीकृत साकोसको छैठौं सेवा केन्द्र कीर्तिपुरमा

काठमाडौं । स्वयम्भुमा मुख्य कार्यालय रहेको हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाको  छैठौं सवा केन्द्र कीर्तिपुरमा उद्धघाटन भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले आज एक समारोहकाबीच सेवा केन्द्रको उद्धघाटन गर्नुभएको हो ।उद्धघाटनका क्रममा अध्यक्ष पौड्यालले संस्थाले सदस्यमुखी सेवा प्रदान गर्ने बताउनुभयो । उहाँले संस्थामार्फत सदस्यहरुलाई सम्पूर्ण वित्तीय समाधान गर्ने सोच बनाएको जानकारी गराउनुभयो । समुदायमा आधारित नमुना संस्था बनाउने योजना रहेको र सदस्य तथा समुदायको चाहना बाहिर गएर संस्था संचालन गर्न नहुने बताउनुभयो ।

संस्थाका कोषाध्यक्ष शरद वाग्लेले संस्थाको सेवा केन्द्रबाट सदस्यहरुले सहज र ढुक्कसंग कारोबार गर्न आग्रह गर्नुभयो । उहाँले सहकारी विभिन्न प्रकृतिका रहेको हुनाले सदस्यले सहकारी पहिचान गरेर कारोबार गर्नु पर्ने बताउनुभयो । दीर्घकालिन सेवा तथा सुविधा लिएर आएको हुनाले संस्थाले सम्पूर्ण वित्तिय सेवा प्रदान गर्ने उहाँले जनाए । संस्थाले ४ वर्ष अघि ५ वटा बचत तथा ऋण सहकारी संस्थाहरु एकिकरण गरी पाँच स्थानबाट सेवा प्रवाह गरेको जानकारी कोषाध्यक्ष वाग्लेले गराउनुभयो । त्यसैगरी संस्थाले गत वर्ष उपत्यकाभर कार्यक्षेत्र रहेको कृषि सहकारीलाई एकिकरण गरी कीर्तिपुर, भक्तपुर तथा ललितपुरमा सेवाकेन्द्र थप गरिएको उहाँले बताउनुभयो ।

संस्थाले ललितपुर तथा भक्तपुर सेवाकेन्द्रको पनि १३ गते शनिबारसम्म उद्धघाटन गरी सेवा दिने तयारी रहेको जानकारी उहाँले दिनुभयो । कोषाध्यक्ष वाग्लेले संस्थाको कारोबार बृहत् बनाउँदै ८ हजार सदस्यलाई सेवा प्रवाह गरेको उल्लेख गर्नुभयो । यो वर्ष संस्थाको कारोबार ६६ कारेडको पुर्याउने लक्ष्य लिएको जानकारी कार्यक्रममा गराइएको थियो । संस्थाले सदस्यहरुलाई वित्तीय शिक्षाका साथै कीर्तिपुर सेवाकेन्द्रमार्फत लघुवित्त कार्यक्रम सञ्चालन गरी सदस्यलाई उद्यमशिलता विकासमा जोड्ने बताइयो ।

सेवाकेन्द्र संयोजक अनिता पौड्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कीर्तिपुर नगरपालिका वडा ९ का अध्यक्ष गंगाराम महर्जनलगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत योगेन्द्र साउदले सहजीकरण गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

५ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

७ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

७ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

पाठकबाट थप