‘नेफ्स्कून साकोस म्यानेजर्स क्लबलाई थप व्यापक र विश्वसनीय बनाउनुपर्छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘नेफ्स्कून साकोस म्यानेजर्स क्लबलाई थप व्यापक र विश्वसनीय बनाउनुपर्छ’

नेफ्स्कून साकोस म्यानेजर्स क्लबको अनुशिक्षण कार्यक्रम आज भर्चुअल सम्पन्न भएको छ । नेफ्स्कूनका कार्यबाहक अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता क्लबका संयोजक एवम् मिलिजुली कालिञ्चोक साकोस दोलखाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले गर्नुभएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कून कार्यबाहक अध्यक्ष ढकालले जुन सोचका साथ नेफ्स्कून र क्लबका पूर्व संयोजकहरुले यसको परिकल्पना गर्नुभएको थियो त्यसलाई थप व्यापक र विश्वसनीय बनाउने जिम्मेवारी वर्तमान र भावी पदाधिकारीहरुको भएको बताउनुभएको छ ।
म्यानेजर्स क्लब नेफ्स्कूनको मात्र नभई साकोस अभियानको क्लब भएको बताउँदै नेफ्स्कूनका प्रबक्ता समेत रहनुभएका कार्यबाहक अध्यक्ष ढकालले अभियानका व्यवस्थापकहरुको सक्षमता विकासमा नवीनतम अभ्यासहरु भित्राउन क्लब सफल हुनुपर्नेमा जोड दिनुभयो । मानव संशाधनको व्यावसायिकता विकासमा क्लबको बिशेष भूमिकाको अपेक्षा उहाँले गर्नुभयो । उहाँले क्लबको सदस्यता र कार्यक्रमका दृष्टिले व्यापकता र विश्वसनियताको आवश्यकता औंल्याउनुभएको हो । 

कार्यवाहक अध्यक्ष ढकालले केन्द्रीय क्लबले नवगठित प्रादेशिक क्लबहरुलाई यसको पुनित उद्देश्य, कार्ययोजना, आवश्यकता, औचित्य र भावी कदमका बारेमा रायसल्लाह सुझाव र अनुभव हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । ‘नेफ्स्कून सिङ्गो अभियान हो, अभियानको कामलाई नतिजामुखी बनाउने, समसामयिक बिषयहरुमा गृहकार्यसहित पृष्ठपोषण गर्नुपर्छ,’ कार्यबाहक अध्यक्ष ढकालले भन्नुभयो, ‘खासगरी साकोस ऐन, स्थिरीकरण र स्तरीकरण कार्यक्रम, साकोस एकरुपता प्रणालीका बिषयमा क्लबमार्फत ऐक्यबद्धता तथा साझा धारणा विकासमा सहयोग अपेक्षित छ ।’कार्यक्रममा नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले संक्षिप्त मन्तव्य राख्दै अनुशिक्षणमार्फत प्रादेशिक स्तरमा गठित क्लबका अधिकारीहरुलाई अनुभव र प्रशिक्षण मिल्ने बताउनुभयो । 

नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल र प्राचार्य गणेशप्रसाद तिमल्सिनाले क्लबलाई बिशुद्ध व्यावसायिक रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।नेफ्स्कूनको आसन्न साधारण सभालाई सफल बनाउन क्लबको सहयोगको अपेक्षा व्यक्त गर्दै त्यसअघि प्रादेशिक र केन्द्रीय क्लबको बैठक बसी आगामी कार्यदिशाका बारेमा संघलाई सुझाव प्रस्तुत गर्न पनि उहाँहरुले आग्रह गर्नुभयो । क्लबका संयोजक ईश्वर न्यौपानेले क्लबको विगत, पछिल्लो कार्यकलमा भएका गतिविधिहरुबारे जानकारी गराउँदै अब गर्नुपर्ने काम र क्षेत्रसमेटिएको प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रम सञ्चालन क्लबका निवर्तमान संयोजक एवम् पदेन सदस्य कोलिय देवदह साकोस रुपन्देहीका प्रमुख कार्यकारी अधिकृत बिनोद पराजुलीसँगै क्लबको केन्द्रीय तथा नवगठित प्रादेशिक क्लबका संयोजक र सदस्यहरुको सहभागिता थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

पाठकबाट थप