‘अभियानसँगको सहकार्यमा सहकारी क्षेत्रको नतिजामुखी विकासमा लाग्छु’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘अभियानसँगको सहकार्यमा सहकारी क्षेत्रको नतिजामुखी विकासमा लाग्छु’

काठमाडौं । सहकारी विभागका नवनियुक्त रजिष्ट्रार झलकराम अधिकारीले सहकारी क्षेत्रको नतिजामुखी विकासका लागि अभियानसँगको सहकार्यमा अघि बढ्ने  बताउनुभएको छ । सहकारी प्रवर्धनका लागि विभागबाट आवश्यक सहजीकरणका विषयहरुसँगै अभियानको भावना समेट्दै आफु अघि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । हिजो मात्र संघीय विभागमा पदबहाली गर्नुभएका रजिष्ट्रारलाई बधाई एवम् शुभकामना दिन आज बिहान विभाग पुगेको नेफ्स्कूनका कार्यबाहक अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीसँग उहाँले सहकारी क्षेत्रले सामना गर्नुपरिरहेका समस्याहरु के छन्, त्यसमा समयतालिका सहित सरोकारवालाहरुसँग छलफल गरेर अगाडि बढ्ने बताउनुभएको हो ।

नेफ्स्कूनले रजिष्ट्रार अधिकारीसँगै विभागका नवनियुक्त उपरजिष्ट्रार द्वय  खिमानन्द आचार्य र टोलराज उपाध्यायलाई समेत बधाई सँगै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको थियो । उक्त अवसरमा नेफ्स्कून सञ्चालक सदस्य न्हुच्छे नारायण श्रेष्ठ र कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल पनि सहभागी हुनुहुन्थ्यो । 

भेटका क्रममा नेफ्स्कूनका कार्यवाहक अध्यक्ष ढकालले सहकारी अभियानको गुणात्मक विकास र नियामक निकायसँगको बहस पैरवीका लागि कार्तिक १५ गते संघीय रजिष्ट्रार, सहकारी महाशाखा प्रमुख  र सातै प्रदेशका रजिष्ट्रारहरुसँग विस्तृत छलफल कार्यक्रम तय गरिएको जानकारी गराउनुभयो । उहाँले साकोस अभियानको छुट्टै ऐनसँगै स्थिरीकरण कोष सञ्चालन लगायतका विषयमा पनि रजिष्ट्रारलाई जानकारी  गराउनुभयो । यसैगरी, संघका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले बचत तथा ऋण सहकारी अभियान र साकोस गुणस्तर सुधारका क्षेत्रमा नेफ्स्कूनले गरेका कार्यक्रमहरुबारे अवगत गराउनुभयो । 

रजिष्ट्रार अधिकारीले भन्नुभयो, “सहकारी बुझाइमा रहेको फरकपनालाई कसरी एकरुपता कायम गर्न सकिन्छ, विभागले के गर्नसक्छ र सहकारी क्षेत्रका विद्यमान समस्याहरुको निरोधात्मक उपायहरु के हुन् सक्छन् ? त्यसको समाधान पहिल्याउने र नजितामुखी ढंगले साझा धारणा बनाएर अगाडि बढ्छु ।”  

समग्र सहकारी अभियानमा ताजा सुरुवात (फ्रेस स्टार्ट) गर्न सकिने विषयहरुमा पनि छलफलसहित साझा धारणा आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । 

सहकारी क्षेत्रलाई कसरी व्यवस्थित गर्न सकिन्छ र अबका ५/१० बर्षमा ‘सहकारी यस्तो देखिनुपर्छ’ भन्ने लक्ष्यका साथ अगाडि बढ्न विभागको तर्फबाट प्रतिबद्ध रहने भन्दै उहाँले जनताको जीवनस्तरसँग जोडिएको क्षेत्रलाई अझ जनस्तरसम्म लैजान र सहकारी मार्फत निर्माण भएको अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा रुपान्तरण गर्न विभागले मसिनोसँग काम गर्ने बचतबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती र प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईं सहितको टोली पनि नवनियुक्त रजिष्ट्रार अधिकारीलाई बधाई एवम् शुभकामना प्रदान गर्न विभाग पुगेको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप