२३ वर्षदेखि भिमकुल साकोसकी सेयर सदस्य शुभद्रादेवी सतक जीवन यात्रामा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
२३ वर्षदेखि भिमकुल साकोसकी सेयर सदस्य शुभद्रादेवी सतक जीवन यात्रामा 

गोरखाको भिमसेन गाउँपालिका ७ बोर्लाङ् माझगाउँस्थित शुभद्रादेवी श्रेष्ठ यही कार्तिक महिनामा १ सय वर्ष पूरा हुनुभयो । उहाँको नागरिकतामा जन्मसाल १९७८ उल्लेख छ तर हाल परिवारका कसैलाई तिथि मिति थाहा छैन । बस् कार्तिक उहाँको जन्म महिना हो, जसलाई परिवारमात्र होइन शुभद्रादेवी सदस्य रहनुभएको भिमसेन थापा गाउँपालिका ७, बोर्लाङस्थित भिमकुल बचत तथा ऋण सहकारी संस्था लि. ले पनि सामाजिक सञ्जालमा कार्डमार्फत शुभकामना व्यक्त गरेको छ । एक सहकारीको लागि आफ्नो सदस्य एक सय बर्ष पुग्नु अत्यन्त खुसीको कुरा हो । अग्रजहरुको आर्शिवाद, साथ र प्रेरणा संस्थाको अतुलनिय सम्पत्ति हो । २०५५ साल माघ ३ गते संस्थामा सेयर सदस्ताका लागि निवेदन दिनुभएकी उहाँ सोही साल माघ ७ गतेबाट विधिवत रुपमा सदस्य बन्नुभएको थियो । उहाँको सेयर सदस्यता नं ७३ हो ।

२३ वर्षको निरन्रत भिमकुलसँगको शुभद्रादेवीको सम्बन्धको स्वाद बेग्लै छ । सहकारीलाई अत्यन्त माया गर्नुहुन्छ उहाँ । गाउँमा सुरुमा भिमकुल स्थापना गर्दानै उहाँ कम पुलकित हुनुभएको थिएन । कारण थियो– गाउँमा बचत गर्ने संस्था खुल्यो, टाढा जानुपरेन । त्यसमाथि उहाँको परिवार नै भिमकुलको सदस्य बनेको थियो । साकोसका व्यवस्थापक नवराज श्रेष्ठले साकोस आवाजसँग भन्नभुयो, ‘उहाँ सधै बचत गर्ने प्रेरणा दिनुहुन्छ ।’ विगत स्मरण गर्दै श्रेष्ठ सुनाउनुहुन्छ, ‘सकुन्जेल संस्थामा आफै आएर मासिक बचत गर्नुहुन्थ्यो । संस्था स्थापना भएपछि प्रसन्न हुँदै उहाँले बचत गर्ने सुरक्षित ठाउँ पाइयो, टाढा जानुपरेन, सहकारीले राम्रोसँग काम गर्नुपर्यो भन्नुहुन्थ्यो ।’ शुभद्रादेवी संस्थाप्रति सधै कृतज्ञ रहँदै आउनुभएको छ । सुरुमा ५० रुपैयाँ नियमित मासिक बचत गर्दै आउनुभएकी उहाँले पछि १ सय हुँदै हाल २ सय मासिक बचत गर्नुभएको छ । भिमकुलमा उहाँको प्रति कित्ता १ सय रुपैयाका दरले २ सय ८० कित्ता सेयर छ भने करिब ४४ हजार रुपैयाँ बचत छ । साकोसमा हाल ७० वर्ष उमेरमाथिका ४२ जना ज्येष्ठ सदस्य छन् ।

संस्थाबाट करिब २५ मिटरको दुरीमा शुभद्रादेवीको घर छ । माइती भिमसेन थापा गाउँपालिका–५ घ्याम्पेसाल बगुवा पनि टाढा छैन । नाति दीपक श्रेष्ठका अनुसार हजुरआमाको दीर्घ जीवनको राज स्वस्थ्य आहारविहार हो । माछामासु निक्कै कम खाने उहाँ कुनै पनि प्रकारको धुमपान र मध्यपान गर्नुहुन्न । त्यसै कारण त श्रवण शक्ति र दृष्टि अझै तेजिलो छ । आफै खाना खान सक्नुहुन्छ, घर वरपर हिड्डुल गर्न, दिसापिसाब गर्न सक्नुहुन्छ । स्मरणशक्तिमा भने थोरै समस्या देखिन्छ । गुलियोको भने शुभद्रादेवी सौखिन हुनुुहुन्छ । २ छोरा र २ छोरीकी आमा उहाँ हाल छोरा, बुहारी र नातिनी बुहारीको रेखदेखमा रहनुभएको नाति दिपक श्रेष्ठले जानकारी गराउनुभयो ।

धेरै वर्षअघि साकोसबाट नाति पढाउन उहाँले ऋण कारोबार गर्नुभएको थियो । किसान परिवारकी गृहणी शुभद्रादेवीका श्रीमान् इन्द्रबहादुर श्रेष्ठको २०१९ सालमै निधन भएको थियो । संस्थाकी अघोषित पथप्रदर्शक शुभद्रादेवीलाई शुभद्रादेवीलाई ज्येष्ठ सदस्य सम्मान गरिएको व्यवस्थापक श्रेष्ठले बताउनुभयो । २०५२ साल भदौं ११ गते स्थापित भिमकुल साकोसमा हाल ३५२१ कुल सदस्य छन् भने कुल पुँजी ३१ करोड ६० लाख रुपैयाँ छ । नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको स्तरीकरणसम्बन्धी पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसन ब्रान्ड लगातार २ वर्ष प्राप्त गर्न सफल संस्था हाल एशियास्तरको स्तरीकरण कार्यक्रम एक्सेस्मा आबद्ध छ भने २०७६ सालमा गण्डकी प्रदेशस्तरीय उत्कृष्ट साकोसका रुपमा पुरस्कृत पनि भैसकेको व्यबस्थापक श्रेष्ठले सुनाउनुभयो । 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१९ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२० घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप