नेफ्स्कून अध्यक्ष पौड्याल भारतीय सहकारी ‘एक्स्पो’ र महत्वपूर्ण भेटवार्तामा सहभागी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून अध्यक्ष पौड्याल भारतीय सहकारी ‘एक्स्पो’ र महत्वपूर्ण भेटवार्तामा सहभागी

काठमाडौं । भारतको नीजि भ्रमणमा रहनुभएका नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको हिजो दिन सहकारीसम्बन्धी महत्वपूर्ण कार्यक्रमहरुमा सहभागिता, भारतीय सहकारी निकाय र अभियन्ताहरुसँग भेटघाट तथा नेपाल भारत सहकारी सम्बन्धका आयामहरुलाई बिस्फारित गर्ने दिशामा केन्द्रीत रह्यो । भ्रमणमा सहभागी राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल सहित नेफ्स्कून अध्यक्ष पौड्याल हिजो दुई वटा महत्वपूर्ण सहकारी कार्यक्रममा सहभागी हुनुभएको थियो ।

भारतीय राष्ट्रिय सहकारी विकास निगम (रासविनी), भारतीय राष्ट्रिय सहकारी संघ (एनसीयूआई) का अध्यक्ष एवम् उच्च अधिकारीहरुसँगको भेटमा दुई देशबीचको सहकारी सम्बन्धलाई थप प्रगाढता दिने, सहकारी शिक्षा र तालिमको संख्या र स्तरवृद्धि गर्ने, अवलोकन भ्रमणको कार्यक्रमलाई बढाउने र बिस्तार गर्ने लगायत द्धिपक्षीय हितका साझा विषयहरुमा महत्वपूर्ण छलफल भएको अध्यक्ष पौड्यालले जानकारी गराउनुभयो । नेपाली सहकारी प्रतिनिधिहरुलाई भारतमा भव्य स्वागत भएको उहाँले बताउनुभयो ।

दुई मुलुकबीच अनादि कालदेखिको घनिष्ठताको आधारमा उनिएको प्रगाढ सहकारी सम्बन्धलाई नयाँ उचाइँ दिन भारतीय राष्ट्रिय सहकारी विकास निगम (रासविनी) का पूर्व अध्यक्षसँगै वर्तमान पदाधिकारीहरुलाई अध्यक्ष पौड्यालले दिनुभएको नेपाल भ्रमणको निमन्त्रणाप्रति प्रसन्नता व्यक्त गर्दै अनुकूलता मिलाएर नेपाल आउने प्रतिबद्धता व्यक्त भएको थियो । यसैगरी, उहाँहरुले हिजो नै भारतमा आयोजना भैरहेको सहकारी प्रदर्शनी (एक्स्पो) को समेत अवलोकन भ्रमण गरी कार्यक्रमबारे जानकारी लिनुभएको थियो । अध्यक्ष पौड्याल आज अपरान्ह नेपाल फर्कने कार्यक्रम छ ।भारतीय राष्ट्रिय सहकारी विकास निगम सन् १९६३ मा संसदद्धारा गठित सहकारी निकाय हो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप