‘फूलखेती गर्ने किसानीका लागि तिहारै मंसिर हो’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘फूलखेती गर्ने किसानीका लागि तिहारै मंसिर हो’ 

गुण्डु ७ ताथली, भक्तपुरकी कला रेग्मी यतिबेला निकै व्यस्त हुनुहुन्छ । गत एकसातादेखि बिहान सबेरै उठेर खेतमा फूल टिप्न उहाँलाई भ्याइनभ्याई छ । गुण्डुका अधिकांश महिला दिदीबहिनीहरुको दैनिकी पनि यहि नै हो । विहानभरी खेतमा फूल टिप्ने र दिनभर, रातभर माला उनेर जम्मा पार्ने । 

कार्तिक १७ गते बुधबारबाट घरघरमा तिहार भित्रिएको छ । तिहारलाई लक्षित गरी गरिएको व्यावसायिक फुलखेतिको व्यापारमा यतिबेला गुण्डुका सयौं किसान खेतबारीमै झुम्मिएका छन् । ति मध्येकै एक फुल व्यावसायी कला रेग्मी सपरिवार फुल टिपेर माल उन्नमा व्यस्त हुनुहुन्छ । गत एकसातादेखि तयार पारिएका गुण्डुका मखमली माला पोखरा, भैरहवा, वुटवल र काठमाडौंको कालिमाटी सम्म पुगेको उहाँ बताउनुहुन्छ । व्यापारीले एउटा मखमली मालाको २५/३० रुपैंया दिन्छन् । उहाँ भन्नुहुन्छ, एक रोपनीमा लगाइएको मखमली फुलबाट राम्रो भयो भने ३ लाख सम्म कमाई हुन्छ । 

स्याङ्जाबाट आजभन्दा करिब २० बर्ष पहिले गुण्डुस्थित नयाँबस्ती बसाई सर्नुभएकी कलाले भाडामा लिएको एक रोपनी जग्गामा व्यावसायिक फुलखेती गर्दै आउनुभएको हो । श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा दुबई पुग्नुभएको छ । बच्चाबच्चीको सहयोगमा उहाँ फुलखेतीमा दिनरात खट्नुहुन्छ । नेपालमै श्रीमानको भन्दा धेरै कमाउनुहुन्छ ? भन्दा उहाँ हास्दै भन्नुहुन्छ, “कमाउँछु, बच्चाबच्ची पढाउने श्रीमानको जिम्मा हो मेरो घरखर्च धान्ने ।” उहाँका एक छोरी र एक छोरा छन् । छोरी स्नातक तह पढ्छिन्, छोरा बाह्र पड्दैछन् । बुबा आमा गाउँमै हुनुहुन्छ, श्रीमान विदेशमा । उहाँले सुनाउनुभयो, दुःख गरेर घर बनाएका छौं । फुलखेती गर्ने जग्गा आफ्नो हैन भाडामा लिएका छौं, बर्षको ५ हजार तिनुपर्छ । 

गुण्डुका किसानहरुमा धानखेती छोडेर पछिल्लो समय फुलखेतीमा आकर्षण बढ्दो छ । फुल किसान कला रेग्मी भन्नुहुन्छ, “सिजनअनुसारका फूल फुलाउन सकिने र बजार पनि सहज भएपछि धान भन्दा व्यावसायिक फूलखेति प्रति किसानको मोह बढ्दै गएको छ, विशेष गरी भक्तपुर गुण्डुका किसानहरुको लागि त तिहार नै मंसिर हो ।” 

मखमली विशेष गरी तिहारको लागि लगाइन्छ । एक रोपनीबाट तिहारको बेला करिब २ लाख जति कमाई हुन्छ, भने अन्य समयमा पनि सिजनअनुसारको फुल भइरहन्छ । असार साउनमा सयपत्री फुल थियो । फागुन शिवरात्रीको समयमा व्याड जमाएको मखमली फूलको विरुवा बैशाखमा रोप्छौं, मखमली रोप्दा, सयपत्री फुल बेच्न शुरु हुन्छ । अब मखमली पछि सयपत्री जस्तै सानो फुल लगाउँछौं, त्यो पुस माघदेखि फुल्न शुरु गर्छ । 

सबै सिजन फुल नटुट्ने भएपछि, थोरै जग्गामा भएपनि व्यवसाय निरन्तर चल्ने उहाँ बताउनुहुन्छ । फुलखेती अझै विस्तार गर्ने सोचमा हुनुहुन्छ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, “बढाउन त मन छ, तर आफै सकिँदैन कामदार लगाउनुपर्छ । गाह्रो छ, सिजनमा ४/५ हजार माला बेच्च पाए आम्दानी मनग्गे हुन्छ भन्ने त लाग्छ नि !”

फुलखेती व्यवसाय मात्र होइन उहाँ भक्तपुरस्थित गाम्चा बचत तथा ऋण सहकारी संस्थामा विगत ६/७ बर्षदेखि आबद्ध भएर गुण्डुका महिला दिदीबहिनीहरुलाई बचतको महत्व सिकाउन र सहकारीबारे बुझाउनमापनि अग्रसर हुनुहुन्छ । गाम्चा बचत तथा ऋण सहकारी संस्थामा लेखा सुपरीवेक्षण समितिको सदस्यमा रहेर उहाँले हाल गुण्डुका महिला समुहहरुको नेतृत्व समेत गर्दैआउनुभएको छ । 

त्यस्तै गाम्चा बचत तथा ऋण सहकारी संस्थाकी ऋण उपसमिति सदस्य राधिका थापालाई पनि यतिबेला मखमली फुलको व्यापारले भ्याइनभ्याइ छ । उहाँले पनि एक रोपनी भाडाको जग्गामा तिहारका लागि मखमली फुल तयार पार्नुृभएको थियो । गत एक हप्तादेखिनै फुल टिप्ने र माला उन्ने कामले उहाँ निकै व्यस्त रहनुभयो । तिहार सुरु भएसँगै बारीमा फुल त निकै पातलियो, माला तयार भएर बजार बजारमा पुगिसक्यो, गुण्डुका माला खरिद गर्न आउनेहरुले नेपाल लगायत देश विदेशका बजारमा पनि पुर्याउने गरेको उहाँले बताउनुभयो । 

तिहारलाई लक्षित गरेर मखमली फुलमात्रै फुलाउनुभएकी राधिकाले सयपत्रि फुल भने साउन मै बेचिसक्नुभएको थियो । उहाँ भन्नुहुन्छ, “बच्चाबच्ची सानै छन्, श्रीमान प्लम्बरको काम गर्नुहुन्छ, म एक्लैले ठूलो व्यवसाय गर्न सकेकी छैन । धेरथोर सबै सिजन फुल खेती हुने हुँदा फाल्टु बस्नुपनि पर्दैन र घरखर्च पनि चलिरहन्छ ।”

भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने गुण्डु यतिखेर ढकमक्क फुलेका सयपत्री र मखमली फूलले गाउँको सौन्दर्यता नै बढेको छ । घरको आँगनदेखि खेत र बारीका पाटाभरि फुलेका फूलले गुण्डुको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको स्रोतसमेत बनेको छ । 

अहिले मखमली फुलको माला उन्ने र सयपत्री फुलको व्यवस्थापन गर्ने चटारो गुण्डुका व्यवसायीहरुमा छ । घरघरमा तिहार भित्रिएसँगै गुण्डुका खेतबारीमा फुल पातलिन थालेका छन् । आजदेखि घर, कार्यालय र पसलहरु  सयपत्री फुलका मालाले सजिसजाउ हुन सुरु भइसकेका छन् । भोलि लक्ष्मी पुजाको तयारीका लागि मठ मन्दिर र देवालयहरुमा फुलले सिगार्ने, पसल पसलमा सयपत्री फुलका मालै मालाको लहरले सजाउने काम सुरु भइसकेको छ ।  
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२० घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप