‘आमाको कोखबाटै सहकारीमा लागेँ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘आमाको कोखबाटै सहकारीमा लागेँ’

डा. एरियल ग्वार्को
अध्यक्ष, आइसीए

(सन् २०१७ को नोभेम्बर १७ मा मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न साधारण सभाबाट सहकारीको विश्व सञ्जाल अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को अध्यक्ष निर्वाचित एरियल ग्वार्को दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका प्रतिष्ठित सहकारी अभियन्ता हुनुहुन्छ । उहाँ अर्जेन्टिनाको प्रारम्भिक विद्युत सहकारी संस्था, सहकारीको केन्द्रीय निकाय हुँदै विश्व सहकारी अभियानको सर्वोच्च निकाय आइसीएको अध्यक्ष बन्नुभएको हो । प्रस्तुत छ ग्वार्कोसँगको अन्तर्वार्ताः)
 
धेरैलाई जान्ने कौतुहलता हुन्छ, सामान्य अवस्थामा तपाईको दैनिकी कस्तो हुन्छ ?

मेरो कार्यस्थल ५ महादेश हो । यसो भन्दा अलि बढाइचढाइ गरेजस्तो लाग्न सक्छ तर वास्तविकता हो । म दैनिक ५ महादेशका सहकारी गतिविधिबारे भौतिक अभौतिक अपडेट लिन्छु । आइसीएका सदस्य संघ संस्थाहरुका बारेमा जानकारी लिइरहेको हुन्छु । आज प्रविधिको व्यापकता, विकास र सहज पुहँचले यो धेरै सम्भव पनि बनाएको छ । म आफ्नै मुलुक अर्जेन्टिनामा रहेरै कम्प्यटुरका माध्यबाटै ५ वटै महादेशको सहकारी गतिविधिबारे छिनछिनमा जानकारी लिन सक्छु । यद्यपि, सम्भव भएसम्म म भौतिक रुपमा प्रत्यक्ष भेटघाट गरेर सहकारी बिषयमा जानकारी अद्यावधि गर्ने, सहकारीकर्मीहरुसँग भेटेरै छलफल गर्ने र संघ संस्थाहरुमा प्रत्यक्ष अवलोकन भ्रमण गर्न रुचाउँछु । खासगरी सहकारी अभियानका जल्दाबल्दा विषयहरुबारे विभिन्न मुलुकका सरकारी अधिकारीहरुसँग छलफल गरी सहयोग पुग्ने काममा आफुलाई व्यस्त राख्दछु ।

म आफ्नो मुलुकमा भएको अवस्थामा पनि सहकारीकै काममा व्यस्त हुन्छु । अर्जेन्टिनाको सहकारीसम्बन्धी उपल्लो निकाय नेशनल ‘कनफेडेरेशन–कोपेरर’ सँगै मैले अध्यक्षता गरेको ‘फेडेरेशन अफ पब्लिक सर्भिस कोअपरेटिभ्ज–फेडेकोबा’ र मेरो प्रारम्भिक संस्था ‘कोनोनेल प्रिङ्गल्स इलेक्ट्रिक’ का गतिविधिहरुमा संलग्न रहन्छु । यसबाहेक अब करिब डेढ वर्षका लागि मेरो अर्को जिम्मेवारी पनि छ– ‘आइएनएइएस’ नामको सहकारी तथा म्युचुअल सोसाइटीहरुको विकास र प्रवर्धनमा भूमिका खेल्ने राष्ट्रिय संस्था छ जहाँ सरकारद्वारा नियुक्त अधिकारीहरु तथा सहकारी अभियानबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुसँग मिलेर काम गर्नुछ । म आफुले पाएका सबै जिम्मेवारीहरुलाई उच्च प्राथमिकतामा राखेर दैनिक काम गर्छु । सँगै परिवारलाई पनि सकेसम्म समय उपलब्ध गराउँछु जुन मेरो लागि एकदमै महत्वपूर्ण छ । संक्षिप्तमा भन्ने हो भने मेरा नियमित एजेन्डा केही छैनन्, मेरा प्रतिनिधिहरुले म बाट जेजस्तो भूमिका अपेक्षा गर्छन् तिनैलाई अघि बढाउने काममा म खटिन्छु । त्यसैकारण मेरा दिनहरु निक्कै लामा हुन्छन् र प्रत्येक दिनका कामहहरुबाट म पूर्णः सन्तुष्टि प्राप्त गर्दछु ।

सहकारी क्षेत्रमा प्रवेश कसरी गर्नुभयो ?

सैद्धान्तिक र व्यावहारिक दुबै अर्थमा म सानै उमेरबाट नै सहकारीप्रति आकर्षित भएँ । अझ भनौं भने आमाको कोखबाटै म सहकारीमा लागेँ भन्दा हुन्छ किनभने मेरो घरनजिक जुन विद्युत सहकारीमा मेरी आमा काम गर्नुहुन्थ्यो, आज म त्यही सहकारीको अध्यक्ष छु । सानैदेखि सहकारीको मुल्य, मान्यता र सिद्धान्तको कुराहरु सुन्दै, सहकारी कसरी काम गर्छ भन्ने देख्दै भोग्दै हुर्किएको हुँ । मुख्य कुरा त के हो भने सहकारी सञ्चालन प्रक्रिया सानैदेखि आँखाले देख्ने र अनुभव गर्ने मौका पाएको हुँ । अर्जेन्टिनामा मेरो गाउँठाउँमा सहकारी जताततै छन्, घरघरमा विद्युत उपलब्ध गराउनेदेखि खानेपानी, टेलिफोन, सामाजिक सेवासँगै नागरिक जीवनका विविधि कार्यमा सहकारीहरु खटिएका छन् । गाउँका सबै कुनाकुनामा सहकारी पाइन्छन् मेरो ठाउँमा । सोही कारण सानै उमेरदेखि आफु सहकारीकर्मी भएको ठान्दथेँ । बिस्तारै सहकारीका सबै गतिविधिहरुमा संलग्न हुँदै गएँ र सहकारीकर्ममा बर्षौ बिताएका सिद्धहस्त मस्तिष्कबाट धेरै ज्ञान बटुलेँ । 

यसरी अनुभव हासिल गर्दागर्दै मुलुकका सहकारीसम्बन्धी केन्द्रीय निकायमात्र नभई बिश्व सञ्जाल आइसीएसम्म काम गर्ने अवसर प्राप्त गरेँ । आइसीएमा निर्वाचित हुनलाई मैले आवश्यक धरातलीय आधारहरु सबै तय गरेको थिएँ भन्ने लाग्छ र अहिले पनि मैले मेरो धरातल बिर्सिएको छैन ।

सहकारीक्षेत्रका लागि पछिल्लो दुई वर्ष कस्तो रह्यो ?
साँच्चै भन्ने हो भने कोभिड १९ सुरु भएपछिको २ वर्ष निक्कै कठिन रह्यो र यो अवस्था अझै सकिएको छैन । खासगरी जबसम्म विश्व जनसंख्यासँग खोप लगाएको सुनिश्चितता हुँदैन तबसम्म यसको त्रास रहिरहन्छ । स्वास्थ जोखिमसँगै यसले निम्त्याएका सामाजिक र आर्थिक जोखिमहरु पनि तबसम्म रहिरहन्छन् जबसम्म खोसिएका रोजगारीहरु पुनर्सिर्जना र बन्द भएका कम्पनीहरु पुनर्सञ्चालनमा आउँदैनन् । सहकारी क्षेत्रको कुरा गर्दा, यो क्षेत्र समाजका अन्य भूमिका निर्वाहकर्ता जस्तै प्रभावमा परेपनि सामना शक्ति भने अरुभन्दा बढी नै प्रदर्शन गर्न सफल भएका छन् । समुदायलाई साहे परेको समयमा उनीहरुको आवश्यकता सम्बोधनमा सहकारीहरुले प्रशंसनीय भूमिका निर्वाह गरेका छन् । समुदायका हरेक कुनामा र हरेक क्षेत्रमा क्रियाशील सहकारीहरुले संकटको समयमा मुनाफाकमाउने वा अनुचित लाभभन्दा सदस्य सेवालाई प्राथमिकतामा राखेर काम गरेका प्रशस्त उदाहरणहरु छन् ।

सहकारी क्षेत्रका मुख्य चुनौतीहरु के देख्नुहुन्छ ?
हाम्रो अर्थात् सहकारी क्षेत्रको प्राथमिक चुनौती भनेकै महामारीले ध्वसं पारेको धरातललाई पुनर्जिवित गराउनु हो । हरेक मुलुक र क्षेत्रमा आ–आफ्नै चुनौतीहरु ठडिएका छन्, तिनको सामना गर्ने सामथ्र्य पनि हरेक मुलक र क्षेत्रमा फरक छ तर तिनलाई आफ्नो क्षेत्रबाट हरसम्भव सहयोग र सहकारिताका माध्यबाट सामान्य लयमा जीवन फर्काउने सहकारी क्षेत्रको समूल चुनौती हो भन्ने लाग्छ । हाम्रो मुख्य उद्देश्य नै सहयोगबाट ‘कोही पनि नछुटुन्’ भन्ने हो । विश्व दृष्टिकोणबाट हेर्दा यो समयमा एक अर्कालाई सहयोग गर्दै, अन्तर सहकारीसम्बन्धलाई थप मजबुत पार्दै, ज्ञान, सीप र प्रविधि आदानप्रदान गर्दै सबै अन्तरकुन्तरमा पनि विकासका सम्भावनाहरु खोज्ने सक्षमता विकासमा विश्वभरका सहकारीकर्मीहरु जुट्नुपर्ने हुन्छ ।

विकासको कुरा गर्दा आइसीएले दिगो विकासको एजेण्डालाई आफ्नै एजेण्डाको रुपमा आत्मसात् गरेको छ । साँच्चै भन्ने हो भने सहकारी अभियानले करिब २ सय बर्षदेखि बोकेको विकासको अवधारणा नै दिगो विकास हो । आज दिगो विकासले विश्व प्राथमिकता पाएको छ । मर्यादित श्रम, असमानता तथा भोकमरीको अन्त्य, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य, प्राकृतिक श्रोत तथा साधनको हेरचाह, समन्वयात्मक समाज तथा हरेक समुदायको सामाजिक आर्थिक पहिचानसहतको धरातलमा शान्ति निर्माण जस्ता दिगो विकासका परिकल्पनाहरुसँग सहकारी अभियानको साक्षात्कार यसको अभ्युदयकालसँगै भएको इतिहास छ । यीनै कुराहरुलाई हामीले ठूलो वर्णमालामा महत्वका साथ सहकारी परिचय (कोअपरेटिभ आइडेन्टीटी) भनेका छौं । यही सहकारी परिचयको आत्मबोधले नै हामीलाई संकटबाट मुक्ति दिलाउनुका साथै यस्ता विषम् परिस्थितिबाट फेरि गुज्रिनु नपर्ने परिस्थिति निर्माणमा सहयोग गर्दछ । 

आइसीएको अबका प्राथमिकताहरु के के हुन् ?
आइसीएको मुख्य प्राथमिकता भनेको सहकारीको अभियानको विश्वव्यापी सुदृढीकरण हो । सहकारी अभियनलाई बिश्वव्यापी बनाउने र अभियानको उपस्थिति भएका मुलुक र क्षेत्रहरुमा थप बलियो बनाउने नै प्रमुख लक्ष्य हो । यसका लागि आइसीए ग्लोबल तथा यसका क्षेत्रीय निकायहरु, विषयगत समितिहरु र सञ्जालमार्फत सम्वाद, बहसपैरबीलाई थप सुदृढ गर्ने काम भएका छन् । हामीले आइसीइटीटी नामक थिङ्कट्याङ्क स्थापना गरेका छौं जसमार्फत सहकारी उद्यमका उपलब्धिहरुलाई संयुक्त जोडबल र बुलन्द आवाजसहित प्रवर्धन गर्न सहज वातावरण निर्माण भएको छ । यसले विश्वमा सहकारी आवाज र भूमिका स्थापित गर्न मद्दत पुग्नेछ । विश्व अर्थतन्त्रको प्रमुख अभियन्ताको रुपमा सहकारीलाई स्थापित गर्न आइसीइटीले काम गर्दछ ।

संयुक्त राष्ट्र संघ जस्तो विश्व सञ्जालसँग हामी जोडिएका छौं । आइएलओ र एफएओजस्ता यसका निकायहरुसँगको हाम्रो साझेदारी सम्बन्धले हामीलाई थप हौसला प्रदान गरेको छ । त्यस्तै युरोपेली संघ (इयू) सँगको आइसीएको रणनीतक साझेदारीले उत्कृष्ट नतिजा हासिल गरेको छ ।

म हालसालै भारत गएको थिएँ र त्यहाँ मुलुक स्वतन्त्रभए पश्चात पहिलो पटक सहकारी मन्त्रालय गठन भएको छ । सहकारी संघ संस्थाहरुले धरै राम्रो काम गरेका छन् जसको समर्थनका लागि पनि म त्यहाँ पुगको थिएँ । भारतमा सहकारीको प्रगतिले एशिया प्रशान्त क्षेत्रकै सहकारीको विकासमा मद्दत र उत्प्रेरणा मिल्ने विश्वास छ । त्यस्तै, भर्खरैको स्पेन भ्रमणमा पनि त्यहाँको बास्क र नभारे क्षेत्रमा सहकारी र सरकारबीच हार्दिक सम्बन्ध रहेको पाएँ । त्यस्तै, रुस, इजिप्ट र मेक्सिको लगायतका मुलुकको हालैको भ्रमणमा पनि सहकारीमार्फत भएका उच्चतम उपलब्धिको बारेमा जानकारी लिने अवसर मिल्यो यसले पनि आइसीएलाई आफ्ना कार्यक्रम र रणनीतिहरु तय गर्न मद्दत मिल्नेछ ।

सहकारी परिचयलाई गहिराइसम्म पुर्याउनु किन महत्वपूर्ण छ ?
सहकारी परिचयको कुरा गर्दा यसको एकीकृत सामाजिक पुँजीको कुरा हामी गर्दैछौं । महामारी र महाव्याधिले आक्रान्त समाज पुनर्निर्माणमा सहकारी पुँजीको प्रयोगको कुरा हामी गर्दैछौं । सहकारी पुँजी भन्नाले मैले वित्तीय कुरालाई भन्दा सहकार्य, सम्बन्ध, सद्भाव, सदाचार, आपसी सहयोग, इमान्दारी, जिम्मेवारी तथा दायित्वबोध जस्ता सहकारीका मुल्य मान्यताहरुको कुरामा जोड दिएको हुँ, जसको बलमा समाजलाई एकसुत्रमा हामी जोड्न सक्छौं । सहकारिको मर्ममार्फत नै समावेशी समाज निर्माण गर्न सक्छौं ।

सहकारी परिचयको गहिराइको कुरा गर्दा यसको गतिशिलताको कुरा पनि जोडिन्छ । सहकारी परिचय क्षणभरमा बनेको र अगतिशील होइन बरु करिब २ सय वर्षको अथक प्रयास यसमा गाँसिएको छ । रोचडेली अगुवाहरुदेखि सन् १९९५ को आइसीएको म्यानचेष्टर सम्मेलन हुँदै परिमार्जन र परिस्कृत स्वरुप ग्रहण गर्दै आजको अवस्थामा आइपुगेको हो । सहकारी परिचय सृदृढ रुपमा निर्माण गरिएको र स्पष्ट लिखित परिचय हो जसले हामीलाई खुला तथा स्वेच्छिक रुपमा सदस्यहरुको प्रजातान्त्रिक सहभागितामा उनीहरुकै इच्छा आकांक्षा सम्बोधन गर्न गठन भएका समुदाय, समाज र बृहत्तर विश्वकै हित र विकास केन्द्रीत स्वायत्त निकाय भएको अवधारणालाई नैतिक तथा नीतिगत बल प्रदान गर्दछ ।

(बेलायतबाट प्रकाशित हुने सहकारी अनलाइन समाचार पोर्टल कोअप् न्यूजमा प्रकाशित एन्का भोइनियाले केही समयअघि लिएको आइसीए अध्यक्ष ग्वार्कोको अन्तर्वार्ताको अनुदित रुप साकोस आवाजमा प्रकाशित गरिएको हो ।)

अन्तर्वार्तामा समावेश नगरिएको थप जानकारी

  • एरियल ग्वार्कोको ३ सन्तान र श्रीमती छन् ।
  • अर्जेन्टिनाको राजधानी ब्यूनर्स आयर्स प्रान्तको कोरोनेल प्रिङ्गल्स उहाँको स्थायी घर हो ।
  • उहाँ पशु चिकित्सक हुनुहुन्छ । कृषि अर्थतन्त्र तथा ग्रामीण प्रशासनका विज्ञ उहाँले सामाजिक अर्थतन्त्र, गैरनाफामूलक व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएको छ भने सहकारीसम्बन्धी पुस्तक पनि प्रकाशन गर्नुभएको छ ।


 

भर्खरै
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन

१ दिन अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन
सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन

१ दिन अगाडि

सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण
सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण

२ दिन अगाडि

प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण
प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण

२ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान
२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान

३ दिन अगाडि

स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 
स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 

३ दिन अगाडि

महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण
महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण

३ दिन अगाडि

लोकप्रिय
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

५ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना
चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

१० दिन अगाडि

नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन
नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन

१२ दिन अगाडि

पाठकबाट थप