बागमती प्रदेश सहकारी अभियानका साझा सवाल विषयक अन्तरक्रिया सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रदेश सहकारी अभियानका साझा सवाल विषयक अन्तरक्रिया सम्पन्न 

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) को आयोजनामा मकवानपुरको हेटौडामा बागमती प्रदेश सहकारी अभियानका साझा सवाल विषयक अन्तरक्रिया हिजो सम्पन्न भएको छ । 

कार्यक्रममा प्रमुख वक्ता प्रदेश भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डे, प्रदेश रजिष्ट्रार नारायण ज्ञावाली लगायत बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण देवकोटा, बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिकाबल्लभ सापकोटा, मन्त्रालयका योजना तथा अनुगमन शाखा प्रमुख राजन ढकाल, कानुन अधिकृत प्रकाश चापागाई, सूचना अधिकृत अनुप अधिकारीको उपस्थिति थियो । प्रदेश बचत संघको तर्फबाट अध्यक्ष उद्धव सापकोटा, पदाधिकारी एव्म सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृत उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा संघका अध्यक्ष उद्धव सापकोटाले उपस्थित सहभागीहरुलाई खादा ओडाएर सम्मान गर्नु भएको थियो ।

कार्यक्रमका मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले सहकारी अभियानको सुधार हामीले गर्ने हो, त्यसको शुरुवात हामीबाटै गरौं भन्दै कानुनमा बाझिएका कुराहरु संशोधन गरी सहकारीको असहजतालाई सहजीकरण गर्न आफु र मन्त्रालय प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले एकिकृत अनुगमनका लागि निर्देशिका बनाई बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उच्चस्तरीय सहकारी संयन्त्र बनाई सहकारी अभियान र नियामक निकाय एकैसाथ अनुगमनमा जानसक्ने सयन्त्र निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

रजिष्ट्रार नारायण ज्ञावालीले बागमती प्रोस्कूनले उठाएका विषयवस्तुहरुमा केन्द्रित रही सहकारी अभियान सुदृढीकरणका लागि बागमती प्रोस्कूनसँग सहकार्य गर्न मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । अभियान र मन्त्रालयले साझेदारी गर्न सक्ने क्षेत्रको पहिचान गरी गर्नसक्ने कार्यक्रमहरुको प्रारुप तयार गरी पेश गर्न अनुरोध समेत गर्नुभएको थियो । उहाँले सहकारीका विषयगत संघहरुलाई उपयोग गर्दै प्रभावकारी अनुगमन मार्फत प्रदेशको सहकारी अभियानमा सुधारमा लाग्न आफु प्रतिवद्ध रहेको जनाउनु भएको थियो । 

कार्यक्रममा संघको स्थापना देखि वर्तमान अवस्थासम्मको प्रगति एवम् कृयाकलापहरु तथा बागमती प्रदेशको सहकारी अभियानमा देखिएका समस्याका सम्बन्धमा संघका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालले प्रस्तुतिकरण गर्नु भएको थियो । 

कार्यक्रम सञ्चालन संघका कोषाध्यक्ष टापबहादुर श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रममा संघका महिला उपाध्यक्ष राधा सिंतान र संघका सञ्चालक प्रदिप थापाको उपस्थिति थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप