स्याङ्जाका स्थानीय सहकारी संघसंस्था र नेफ्स्कूनबीच अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्याङ्जाका स्थानीय सहकारी संघसंस्था र नेफ्स्कूनबीच अन्तरक्रिया

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र स्याङ्जा जिल्लाका स्थानीय बचत तथा ऋण सहकारी संघ संस्थाका प्रतिनिधिहरुबीच आज स्याङ्जामा सहकारीका समयामयिक विषयहरुमा छलफल तथा अन्तरक्रिया भएको छ ।

स्याङ्जा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. र जिल्ला सहकारी संघ लि.को संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेल, जिल्ला बचत संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ, नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य विद्या श्रेष्ठ, जिल्ला सहकारी संघका लेखा सुपरीवेक्षण समिति संयोजक मुक्ति प्रसाद पाण्डे लगायत स्थानीय सहकारीका पदाधिकारी सदस्य एवम् व्यवस्थापकहरु सहित ४० भन्दा बढीको उपस्थिति रहेको थियो । 

वित्तीय सहकारी संस्थाहरुको सझा सञ्जाल निर्माणको अभियानमा नेफ्स्कूनले अगाडि सारेका कार्यक्रमहरु, साकोस स्तरीकरण कार्यक्रम र अभियानको सुरक्षा कवजको रुपमा रहेको स्थिरीकरण कोषको विषयमा नेफ्स्कून अध्यक्ष पौड्यालले प्रकाश पार्नुभएको थियो । उहाँले स्थिरीकरण कोष सञ्चालनका लागि अभियानको साथ, सहयोग र ऐक्यवद्धता आवश्यक रहेको विचार व्यक्त गर्दै सहभागीहरुको जिज्ञासालाई सम्बोधन गर्नुभएको थियो । उहाँले अभियानको सबलताका लागि स्थिरीकरण र स्तरीकरण दुवै पक्ष महत्वपूर्ण रहेको चर्चा गर्दै साकोसहरुलाई सुरक्षित, स्थायी र विश्वसनीय बनाउने सवालमा सदस्यहरुको क्रियाशिलता अनिवार्य रहेने प्रष्ट पार्नुभयो । सन्दर्भ व्याजदरको विषयमा पनि विभागले यही पुस १५ गते भोलि बैठक बस्ने तयारी गरेको र बैठकको निर्णयबाट अभियानको भावनालाई सम्बोधन गर्नेगरी व्याजदर पुनरावलोकन हुने विश्वास लिएको बताउनुभयो । 

आजै नेफ्स्कूनका अध्यक्ष पौड्यालले जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संघ र संस्थाहरुमा पनि पुगेर प्रत्यक्ष भेटघाट गर्नुभएको छ ।  कार्यक्रममा नेफ्स्कून पोखरा फिल्ड कार्यालयका इन्चार्ज यमकला सुवेदी र बरिष्ठ सहायक दिप्ती आचार्य सहभागी हुनुहुन्थ्यो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप