नयाँ सदस्य संस्थाहरुका लागि भर्चुअल अभिमुखीकरण; निर्धक्क भएर नेफ्स्कूनका सेवा लिन आग्रह
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नयाँ सदस्य संस्थाहरुका लागि भर्चुअल अभिमुखीकरण; निर्धक्क भएर नेफ्स्कूनका सेवा लिन आग्रह

काठमाडौं । नेफ्स्कूनले नयाँ सदस्य संस्थाहरुका लागि आज भर्चुअल अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । नेफ्स्कून सञ्चालक समितिको पछिल्लो बैठकमार्फत अनुमोदित ५२ सदस्य संस्थाका अध्यक्ष, पदाधिकारी, सञ्चालकहरु र व्यवस्थापन समूहका लागि नेफ्स्कूनको इतिहास, भूमिका, सेवा, उत्पादन, लगायत विविधि विषयमा ‘नयाँ सदस्य आबद्धता अभिमुखीकरण कार्यक्रम’ मार्फत परिचित गराइएको थियो । नेफ्स्कूनकी उपाध्यक्ष एवम् सदस्य सेवा व्यवस्थापन उपसमिति संयोजक शान्ति अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, तालिम तथा श्रोत केन्द्र विभाग प्रमुख गणेश प्रसाद तिमिल्सिना लगायतको सहभागिता थियो ।

नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले निर्धक्क भएर संघका सेवाहरु लिन नवप्रवेशी साकोसहरुलाई आग्रह गर्नुभयो । उहाँले सदस्य साकोसहरुलाई सुशासित, मर्यादित र विश्वसनीय बनाउने उद्देश्यका साथ नेफ्स्कूलने तालिम, शिक्षा, अन्तरलगानी, स्तरीकरण कार्यक्रम, आवश्यक मार्गनिर्देशन जारी लगायतका काम गरिरहेको जानकारी गराउँदै सबै सेवाहरुसँग जोडिन नयाँ सदस्यहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सुशासन मजबुत हुनुपर्छ । नेफ्स्कूनको स्कूलिङ पनि यही हो । नेफ्स्कूनका सेवाहरुबाट लाभाविन्त हुन सबैलाई आग्रह गर्दछु ।’

नेफ्स्कूनका सेवाहरुबारे जानकारी गराउने र सदस्यसँग घनिष्ठ सम्बन्ध बनाउने सिलसिलामा कार्यक्रम आयोजना गरिएको भन्दै उपाध्यक्ष अधिकारीले संघको स्कूलिङले सदस्यलाई केन्द्रबिन्दूमा राखेर बचत रकमको सुरक्षा प्रत्याभूतिलाई पहिलो प्राथमिकता दिएकोले सबैले यसमा विशेष ध्यान पुर्याउनुपर्नेमा सचेत गराउनुभयो । नेफ्स्कूनको सेवा बारे सुरुमै अभिमुखीकरणमार्फत जानकारी गराउने अभ्यासले राम्रो नतिजा दिएको समेत उपाध्यक्ष अधिकारीले बताउनुभयो । 

नयाँ सदस्यहरु नेफ्स्कूनसँग भर्खरै जोडिएपनि संघ र साकोस अभियानसँग लामो समयदेखि नजिक रहेको भन्दै उहाँले सुशासनमा संस्था सञ्चालन गर्न बिशेष आव्हान गर्नुभयो । नेफ्स्कून विश्व सञ्जालमा जोडिएको र यसले राष्ट्रिय अन्तर्राष्ट्रिय असल अभ्यासहरुलाई प्रारम्भिक संस्थाहरुसम्म प्रसार गर्ने पनि उपाध्यक्ष अधिकारीले  बताउनुभयो । साकोसको निर्णय प्रक्रिया, विधि, प्रणाली, सूचना प्रवाह, रणनीतिक कार्यदिशा आदि बारे यथेष्ट जानकारी राख्न र त्यही अनुसार अघि बढ्न उहाँले सुझाउनुभयो । 

भर्चुअल कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले नेफ्स्कूनको संक्षिप्त परिचय प्रस्तुत गर्दै बचत ऋण सहकारीहरुको केन्द्रीय निकायको राष्ट्रिय, अन्तर्राष्ट्रिय सञ्जाल, सम्बन्ध, सहकार्य बारे अवगत गराउनुभएको थियो ।

सहभागीहरुलाई स्वागत मन्तव्य राख्दै उहाँले प्रतिबद्धता, उत्कृष्टता, समावेशिता, नवप्रवर्तन, पारस्परिक सद्भाव, व्यावसायिकता लगायत संघका ११ वटा संस्थागत मूल्यहरु बारे जानकारी गराउँदै सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्यको आदर्श बाक्यसँग नवआगन्तुक सदस्यहरुलाई परिचित गराउनुभएको थियो । स्तरीकरण र स्थिरीकरणको जोडी मुद्दा अहिलेको सबैभन्दा महत्वपूर्ण अवयव भएको बताउँदै प्रमुख कार्यकारी अधिकृत पोखरेलले अभियानका समसामयिक विषयमा सरोकारवालाहरुसँग निरन्तर बहसपैरवी गर्दै सदस्यहरुलाई सुरक्षित, दिगो, मर्यादित र सुशासित बनाउने काममा सदै लाग्ने भन्दै साकोस अभियानको सञ्जालमा जोडिनुभएका नवप्रवेशीहरुलाई हार्दिक स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले नेफ्स्कूनका सेवा व्यवसायका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले नेफ्स्कूनको ध्येय, परिकल्पना, उद्देश्यसँगै अन्तरलगानी, आधारशिला, स्तरीकरण र स्थिरीकरण, साकोस आवाज, तालिम तथा सूचना, राष्ट्रिय अन्तर्राष्ट्रिय समसामयिक मुद्दाहरुमा नेफ्स्कूनले गर्दै आएको बहसपैरवी र खेलेको भूमिकाबारे प्रस्तुतिकरणमार्फत जानकारी गराउनुभएको थियो । उहाँले सबै कारोबार नेफ्स्कूनमार्फत गर्न पनि आग्रह गर्नुभयो । सदस्यको सेवाका लागि नेफ्स्कून सधै तयार रहेको र गुणस्तरीय, विश्वसनीय र सदस्य मैत्री सेवा प्रदान गर्ने विश्वास सदस्य सेवा विभाग प्रमुख ढकालले दिलाउनुभयो ।

उहाँले वित्तीय सहकारीहरुका लागि छुट्टै ऐनको विषय प्राथमिकताको शिखरमा रहेको पनि नवप्रवेशी साकोसहरुलाई जानकारी गराउनुभएको थियो । सदस्यहरुको साथ र सहयोग नेफ्स्कूनले सदैव हार्दिकताका साथ लिने भन्दै आबद्धता जनाएकोमा धन्यवाद दिनुभयो । कार्यक्रम सञ्चालन नेफ्स्कूनकी अनुगमन सहायक सरस्वती वाग्लेले गर्नुभएको थियो । कार्यक्रमका धारणा राख्दै सहभागीहरुले नेफ्स्कूनका सल्लाह सुझाव शिरोपर गर्दै अघि बढ्ने भन्दै अभिमुखीकरणमार्फत संघका गतिविधिहरुबारे जानकारी गराएकोमा कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप