सुनसरीमा कर्ब्स कार्यक्रमप्रति बढ्दो आकर्षण, आजै ३ साकोस आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुनसरीमा कर्ब्स कार्यक्रमप्रति बढ्दो आकर्षण, आजै ३ साकोस आबद्ध

प्रदेश नं १ को सुनसरीमा कर्ब्स कार्यक्रमप्रतिको आकर्षण बढ्दो छ । नेफ्स्कूनले साकोसहरुको गुणस्तर प्रमाणीकरणका लागि सञ्चालन गर्दै आएका एक्सेस्, प्रोबेसनसँगै जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम-कर्ब्समा पनि जिल्लाका साकोसहरुको आकर्षण बढेको हो । नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अनुरुप कर्ब्स कार्यक्रम जिल्ला संघमार्फत सञ्चालन हुँदै आएको छ । आज एकै दिन जिल्लाका ३ साकोसहरु जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम-कर्ब्समा आबद्ध भएका हुन् । जिल्ला बचत संघ सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठ र बरिष्ठ उपाध्यक्ष योगमाया सुवेदीको उपस्थितिमा बचत संघमा आयोजित कार्यक्रममा तीनवटै साकोसहरुसँग सम्झौतामा हस्ताक्षर भएको हो । तीनवटै संस्था जिल्ला संघका सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका अधिकारीहरुको प्रारम्भिक साकोस हुन् ।

जिल्ला संघ सुनसरीका सचिव प्रल्हाद दाहालको इटहरी १ स्थित प्रारम्भिक संस्था स्वरोजगार साकोस, लेखा सुपरिवेक्षण समिति संयोजक फणिन्द्र प्रसाद दाहालको इनरुवा ३ स्थित सखुवागाँछी साकोस र सञ्चालक सदस्य अफिसर सुयलको धरानस्थित शिखर साकोस आज कर्ब्स कार्यक्रममा सहभागी भएका हुन् । बचत संघको इटहरीस्थित कार्यालयमा आयोजित कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहाल, बचत संघका कार्यक्रम अधिकृत सुमन सुवेदी, बचत संघकी व्यवस्थापक मिना नेपाल लगायतको उपस्थिति थियो ।

नेफ्स्कून जिल्ला संघ साभेदारीमा सञ्चालित कर्ब्स कार्यक्रमले साकोसहकरुको वित्तीय तथा गैर वित्तीय जोखिमहरुको बैज्ञानिक र व्यवस्थित बिश्लेषण मात्र होइन तिनको समाधानको वस्तुनिष्ठ उपायहरु समेत सुझाउँदछ । वित्तीय कारोबार गर्ने साकोसहरुमा आइपर्ने विभिन्न जोखिमबारे सचेत भई समयमै निदानात्मक उपचार अवलम्बन गर्न पनि कर्ब्स कार्यक्रम सहयोगी बन्दै आएको छ । कोभिड, तरलता चाप लगायत विभिन्न जोखिमहरुलाई ध्यानमा राखी जिल्लाका साकोसहरु नेफ्स्कूनले विकास गरेको गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा जिल्ला बचत संघमार्फत सहभागिता जनाउन उत्साहित भएको नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहालले जानकारी गराउनुभयो । सम्झौता कार्यक्रम अघि कार्यक्रमा बारेमा छलफल हुनुका साथै नेफ्स्कूनका कार्यक्रम अधिकृत दाहालले कर्ब्स कार्यक्रमसम्बन्धी अभिमुखीकरण समेत गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप