बखान सहकारीका संस्थापक इन्द्र ब.गुरुङलाई चितवन बचत संघद्वारा अभिनन्दन  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बखान सहकारीका संस्थापक इन्द्र ब.गुरुङलाई चितवन बचत संघद्वारा अभिनन्दन  

चितवन । नेपालको सहकारी अभियानमा जेठो इतिहास बोकेको सहकारी संस्था “बखानपुर सहकारी ऋण समिति” शारदानगर, चितवनको संस्थापक सदस्य इन्द्र सिंह गुरुङलाई चितवन जिल्ला बचत संघले आज अभिनन्दन गरेको छ  । 

नेपालको सहकारी अभियानको शुभारम्भ, विकास र संम्वर्धनमा बखान सहकारीका स्थापनाकालीन सदस्य गुरुङले पुर्याउनुभएको बिशेष योगदानको उच्च मूल्यांकन गर्दै चितवन बचत संघले आफ्नो रजत महोत्वसको विशेष अवसरमा उहाँकै निवास भरतपुर–१९, शारदानगर पुगेर सम्मान स्वरुप अभिनन्दन गरेको हो ।  

२०१३ साल चैत २० गते स्वर्गीय बखानसिंह गुरुङको अगुवाईमा चितवनको तत्कालीन बखानपुरस्थित बखानटोलमा ‘बखानपुर सहकारी ऋण समिति’ स्थापना भएको थियो । 

चितवन जिल्ला बचत संघका अध्यक्ष हरिश्चन्द्र सुबेदीको अध्यक्षतामा आयोजित अभिनन्दन कार्यक्रम बागमती प्रदेश सहकारी संघका सञ्चालक तेजेंद्र खड़काको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेफ्स्कूनका सञ्चालक विद्या कोईराला, जिल्ला बचत संघका सचिव रामराज पौडेल, सहसचिव इश्वरी शर्मा ढ़काल, सञ्चालक प्रमिला ढ़काल, आनन्द पाण्डे, भरतपुर महानगर साकोस सञ्जालका संयोजक नारायण कंडेल, बखान सहकारी संस्थाका अध्यक्ष रेशम गुरुङ, संरक्षक द्वय चन्द्रध्वज गुरुङ, तोपमान गुरुङ र सञ्चालकहरुको विशेष उपस्थिति रहेको थियो । 

संघका सचिव रामराज पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

सहकारी इतिहासमा जननी जिल्लाको रुपमा रहेको चितवनमा अवस्थित जिल्लाका बचत तथा ऋण सहकारीहरुको छाता संघ चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ यतिवेला रजतमहोत्सब समारोहको तयारीमा जुटेको छ । यही चैत्र ५ गते संघले रजतमहोत्सव विशेष समारोहको आयोजना गर्दैछ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप