‘सहकारीले न्यून आय भएका सदस्यहरुलाई हेर्नुपर्छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारीले न्यून आय भएका सदस्यहरुलाई हेर्नुपर्छ’

दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. दोलखाले साकोसको कार्य क्षेत्र भित्रका नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई बधाई एवम् शुभकामना प्रदान गरेको  छ ।

संस्थाको बधाई तथा शुभकामना ग्रहण गर्दै भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरले सहकारी संस्थाले न्यून आय भएका तथा दीनदुःखीको जीवनस्तर परिवर्तन हुने कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्नुभयो । पोशाक खर्च, अवलोकन भ्रमण, विभिन्न भत्ता लगायतको रकम कटौती गरी सामाजिक क्षेत्रमा खर्च गर्ने वातावरण बनाउन र सहकारी मार्फत सदस्यहरुको जीवन उकास्ने खालका काम गर्न अनुरोध गर्नुभयो । त्यसैगरी भीमेश्वर नगरपालिकाले आगामी दिनमा कृषि तथा पशुपालन, पर्यटन, साना उद्योग जस्ता क्षेत्रलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गर्ने भएको हुँदा सहकारीसँग पनि साझेदारी गर्न सकिने बताउनुभयो । 

साकोसका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा भएको बधाई तथा शुभकामना कार्यक्रममा भीमेश्वर नगरपालिकाको नगर उप प्रमुख कमला बस्नेत, वडा नम्बर २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, ३ को वडा अध्यक्ष हरिशरण शिवाकोटी, ५ को वडा अध्यक्ष बासु श्रेष्ठ, वडा नम्बर ६ को वडा अध्यक्ष नविन कुमार लामा, वडा नम्बर ८ को वडा अध्यक्ष काजी बुढाथोकी उपस्थित हुनुहुन्थ्यो । जनप्रतिनिधिहरुमा प्राय साकोसका सेयर सदस्यहरु नै हुनुहुन्छ ।

त्यसैगरी शेयर सदस्य एवम् मेलुङ गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्यलाई पनि बधाई तथा शुभकामना प्रदान गरिएको छ । संस्थाको सातौ सञ्चालक समितिको बैठकको अवसरमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सञ्चालक, शेयर सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

९ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२३ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप