‘सहकारीकर्ममा निकै आत्मसन्तुष्टि मिलेको छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारीकर्ममा निकै आत्मसन्तुष्टि मिलेको छ’

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) सँगको सम्बन्धनमा २०७७ देखि सुरु गरेको सहकारी व्यवस्थापक कोर्ष अध्यापनको दोस्रो बर्ष पुरा भएको छ । दुई बर्षको अवधिमा ६० जनाले सहकारी व्यवस्थापक कोर्षको अध्ययन पुरा गरी सहकारी बजारमा दक्ष व्यवस्थापकीय जनशक्ति थप भएको छ । २०७८ को दोस्रो व्याच अध्ययन पुरा गरेर प्रमाणपत्रको पर्खाईमा रहनुभएका दोलखाका नविन्द्र रिमालसँग साकोस आवाज प्रतिनिधिले गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।  

सहकारीकर्मी नविन्द्रको बचत तथा ऋण सहकारी संस्थाको यात्रा करिब १ बर्षमात्रै भएको छ । उहाँ दोलखाको जनसचेतन बचत तथा ऋण सहकारी संस्थामा लेखा तथा प्रशासन अधिकृतमा कार्यरत हुनुहुन्छ । उहाँ यस्तो भाग्यमानी पात्र हो, जो जागिरमा नियुक्त भएलगत्तै सहकारी व्यवस्थापक कोर्ष अध्ययनका लागि चुनिनुभएको थियो । गतसाल जनसचेतन साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सियुडिसीसी काभ्रेको धुलिखेलमा सुरु भएको थियो । नेफ्स्कूनको प्राविधिक सहयोग रहेको उक्त तालिममा सहकारी व्यवस्थापक कोर्षको पढाइका विषयमा कुराकानी भयो । सोही अवसरमा नवनियुक्त कर्मचारी नविन्द्रलाई सञ्चालक समितिका सदस्यहरुले अध्ययनका लागि उपयुक्त वातावरण तय गरिदिनुभयो । जनसचेतनले सहकारी व्यवस्थापक कोर्ष अध्ययनका लागि स्वीकृति दिएँसँगै नविन्द्र व्यक्तिगत लगानीमा अध्ययनका लागि तयार हुनुभयो । विहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने भर्चुअल कक्षाहरुमा सहभागी हुँदै र दिउसोको समय कार्यालयको काममा व्यस्त रहँदै उहाँले सहकारी व्यवस्थापक कोर्षको अध्ययन पुरा गरेर एक दक्ष व्यवस्थापक कौशलता हासिल गर्नुभएको छ । 

सहकारी व्यवस्थापक कोर्षको पढाइप्रति निकै सन्तुष्ट देखिनुभएका सहकारीकर्मी नविन्द्र भन्नुहुन्छ, “नेफ्स्कूनको उच्च व्यवस्थापन र बाह्य प्रशिक्षकको समेत संलग्नतामा पढाइ हुने सहकारी व्यवस्थापक कोर्ष आफैमा अत्यन्त उत्कृष्ट र व्यावहारिक ज्ञान सहितको विषयवस्तु बोकेको कोर्ष हो ।” सहकारी व्यवस्थापक कोर्षको पढाई विना वित्तीय सहकारी सञ्चालनमा अल्प ज्ञान रहने उहाँको भनाइ थियो । “नेपालमा पहिलो पटक अध्यापन सुरु भएको सहकारी व्यवस्थापक कोर्षको अध्ययनबाट आफुसँग भएको ज्ञान, सीप र क्षमतालाई परिष्कृत गर्ने अवसर मिलेको छ । प्राप्त ज्ञान सीपलाई व्यवहारमा प्रयोग गर्ने प्रण गरेको छु । नेफ्स्कून जस्तो विश्वासिलो संघले सहकारी व्यवस्थापक कोर्षको अध्यापन सुरु गरेर सहकारी अभियानमा दक्ष जनशक्ति निर्माणको अभियान थालनी गरेको छ । यसले पक्कै पनि सहकारी क्षेत्रको भविष्य उज्वल हुनेछ भन्ने अपेक्षा लिएको छु, उहाँले भन्नुभयो ।

सहकारीकर्मी नविन्द्रको औपचारिक शिक्षा जनप्रशासनमा स्नातकोत्तर तह अध्ययन समाप्त गरी नतिजाको पर्खाइमा छ । उहाँको जागिरे यात्रा भने बाह्र कक्षा अध्ययन सँगसँगै अगाडि बढेको थियो । सुरुमा नविन्द्र दोलखा उद्योग बाणिज्य संघमा लेखा सहायकको जागिरेमा २ बर्ष कार्यरत रहनुभयो । डिभिजन सहकारी कार्यालय दोलखामा कर्मचारी माग भएसँगै उहाँले कम्प्यूटर अपरेटरको रुपमा ४ बर्ष जागिर गर्नुभयो । पठाइसँगसँगै रोजगार विद्यार्थी नविन्द्रले ललितपुरको पुल्चोकमा रहेको वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा २ बर्ष पुनः कम्प्यूटर अपरेटर भएर काम गर्नुभयो । मुलुक संघीय संरचनामा गएसँगै दोलखाकै मेलुङ गाउँपालिकाले कर्मचारी माग गरेका बेला नविन्द्र  सहकारी  शाखा प्रमुखको रुपमा गाउँपालिकामा ३ बर्ष सेवारत रहनुभयो । सहकारी शाखा प्रमुखको कामबाट सहकारीबारे धेरै ज्ञान प्राप्त भएको र सहकारीकर्मप्रति मोह पनि जागेको कुराकानीका क्रममा उहाँले बताउनुभयो । सहकारी सरकारी कामकारबाही भन्दा निकै भिन्न र रोचक छ, सहकारीकर्मी नविन्द्र भन्नुहुन्छ, “प्रत्यक्ष सहकारीका सदस्य, उद्यमी, किसानीसँग जोडिएर काम गर्न पाउँदा  निकै खुसी लाग्छ । सहकारीमार्फत सदस्यहरुको सुख दुखमा साथ दिन पाउँदा र सहकारीले गरेको ऋण लगानीबाट सदस्यहरुको आर्थिक जीवनस्तरमा आएको परिवर्तनले आत्मसन्तुष्टी मिल्दोरहेछ । 

बाबुआमाका तीन सन्तान मध्येका माइला सन्तान नविन्द्रकी एक दिदी र एक भाई हुनुहुन्छ । बुबा स्थानीय स्कूलको प्रधानाध्यापक हुनुहुन्छ । गाउँकै सामान्य विद्यालयमा पढेपनि  शिक्षित परिवारका कारण शिक्षा प्रतिको चेतना पर्याप्त थियो । सानै उमेरदेखि जागिरे स्वाद चाखेरै पनि सहकारीकर्मी नविन्द्रले आफ्नो पढाइमा कहिल्यै ब्रेक लाग्न दिनुभएन । जागिर गर्ने सिलसिलामै उहाँको सानै उमेरमा प्रेम विवाह भयो । अहिले उहाँकी एक छोरी र एक छोरा पनि छन् । 

विद्यार्थी अवस्थादेखिनै सहकारी बुझेर होला सहकारी क्षेत्रप्रति अत्यन्त रुचि रहेको उहाँ बताउनुहुन्छ । सहकारी क्षेत्रमै राम्रो काम गरेर देखाउने सोच छ । उहाँ भन्नुहुन्छ,  सहकारी क्षेत्र बृहत्त छ, भोलिका दिनमा ठूलो सम्भावना बोकेको क्षेत्र सहकारी नै हो ।”

सहकारी व्यवस्थापक कोर्ष अध्ययनको अवसर जुरेपछि भने सहकारीकर्मप्रति व्यावसायिकताको विकास भएको अनुभव उहाँले सेयरिङ गर्नुभयो । सहकारीमा जतिनै काम गरेपनि वित्तीय कारोबारको विषय जटिल थियो । सहकारी व्यवस्थापक कोर्ष पढेर वित्तीय सहकारी कारोबारको व्यवस्थापनमा धेरै ज्ञान हाँसिल भएको छ । उहाँले भन्नुभयो, “पठाइ र सरकारी कार्यालयहरुमा काम गर्दा सामान्य प्रतिवेदन लेखनको ज्ञान भएपनि वित्तीय प्रतिवेदन तयारी सम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञानमा कमी थियो । सहकारी व्यवस्थापक कोर्षको पढाइबाट वित्तीय प्रतिवेदन लेखन, भाखा नाघेको ऋण बर्गिकरण, बैठकको माइन्यूट लेखन लगायत धेरै विषयमा सिकाई भएको छ, यसले सहकारीको कुशल व्यवस्थापनमा अत्यन्त ठूलो सहयोग पुग्ने विश्वास लिएको छु ।”

सहकारी अभियानमा युवा सहभागिता अभिबृद्धिको सोच अगाडि बढिरहेका बेला युवा सहकारीकर्मी नविन्द्रको सोच सम्मानजनक छ । नविन्द्र जस्तै धेरै युवाको सोचमा सहकारी पस्न सक्ने हो भने वास्तवमै सहकरी क्षेत्रको विकास मार्फत समृद्ध मुलुक निर्माणको परिकल्पना सार्थक बन्न सक्थ्यो ।  

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) सँगको सम्बन्धनमा २०७७ सालदेखि  नेपालमा पहिलो पटक सहकारी व्यवस्थापक कोर्षको अध्यापन सुरु गरेको थियो । २०७७ श्रावण ३२ गते नेफ्स्कूनको ३३औं स्थापना दिवसका अवसरमा मा उक्त कोर्ष अध्यापनका लागि औपचारिक शुभारम्भ गरिएको थियो । 

६०० घन्टाको सहकारी ब्यबस्थापक कोर्ष अन्तर्गत २ बर्षको अन्तरालमा ३ व्याचको अध्यापन सम्पन्न भएको छ । प्रत्येक व्याचमा २० जना विद्यार्थीले कोर्ष पुरा गर्छन् । हालसम्म ६० जनाको अध्ययन पुरा भएको छ भने चौथो व्याच भर्नाका लागि आवेदन खुला भएको छ । दोस्रो व्याचका पासआउट विद्यार्थीहरु यही श्रावण ३१ गते सञ्चालन हुन गइरहेको नेफ्स्कूनको ३५औं स्थापना दिवसका अवरमा सर्टिफाइट हुँदैछन् । 
 

भर्खरै
शुभश्री साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखीकरण
शुभश्री साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखीकरण

२१ घण्टा अगाडि

साहारा साकोसको २१औं साधारण सभा सम्पन्न
साहारा साकोसको २१औं साधारण सभा सम्पन्न

२ दिन अगाडि

एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया
एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारक...

२ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

रसुवा बाढीपीडितका लागि ACUES कार्यशालाका सहभागीको सहयोग
रसुवा बाढीपीडितका लागि ACUES कार्यशालाका सहभागीको सहयोग

३ दिन अगाडि

हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

४ दिन अगाडि

सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

२३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

१४ दिन अगाडि

सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

५ दिन अगाडि

पाठकबाट थप