मार्गदर्शन साकोसको संस्थागत विकास तालिम पोखरामा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मार्गदर्शन साकोसको संस्थागत विकास तालिम पोखरामा सम्पन्न

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका १६ स्थित मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लि.को संस्थागत विकास तालिम शनिबार पोखरामा सम्पन्न भएको छ । 

साकोसका अध्यक्ष कमल बहादुर थापाको अध्यक्षतामा सुरु भएको तालिममा साकोसका सञ्चालक समितिका पदाधिकारी, सञ्चालक सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरु र कर्मचारीको सहभागिता रहको थियो । 

श्रावण ११ देखि १४ सम्म सञ्चालित तालिम नेफ्स्कूनका वरिष्ठ अधिकृत भरतप्रसाद न्यौपाने तथा अनुगमन अधिकृत सुर्यप्रसाद तिमल्सिनाले सहजीकरण गर्नुभएको थियो । साकोसका सचिव गनबहादुर श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

तालिम समापनका अवसरमा बोल्दै साकोसका उपाध्यक्ष डोलबहादुर गुरुङले संस्थागत विकास तालिम उपलब्धिमुलक रहेको र तालिमबाट प्राप्त ज्ञान सिकाई संस्थागत विकासका लागि व्यवहारोपयोगी रहने बताउनुभयो । कोषाध्यक्ष गीता न्योपानेले तालिमले दिगो सस्था विकासका लागि दिर्शानिर्देश गरेको बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत दिपक गौतमले तालिमबाट प्राप्त ज्ञान सीप साकोसमा तत्काल कार्यान्वयनमा ल्याउन उत्सुक रहेको बताउनुभयो ।

नेफ्स्कूनद्वारा सञ्चालित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनम आबद्ध मार्गदर्शन साकोसमा हाल सेयर सदस्य र बालकर्ता सहित ६ हजार जना सहभागी छन् भने साकोसको कुल वासलात ५२ करोड ७६ लाख रहेको छ । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप