शिखर साकोसका सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शिखर साकोसका सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

सुर्खेत । शिखर बचत तथा ऋण सहकारी संस्था लि.(भेरीगंगा–११, रामघाट) ले ५ दिने साकोस सञ्चालकहरुको क्षमता अभिवृद्वि (CUDCC) तालिम सम्पन्न गरेको छ ।
 
साकोसका अध्यक्ष भुपेन्द्र बहादुर सिंहको अध्यक्षतामा सुरु तालिमको उद्घाटन साकोसका निवर्तमान अध्यक्ष खड्ग बहादुर चन्दले गर्नुभएको थियो । 

शिखर साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित तालिमको सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिना र कार्यक्रम अधिकृत मनोज खड्काले गर्नुभएको थियो । 

तालिममा सञ्चालक समितिको तर्फबाट सात जना, निवर्तमान अध्यक्ष, लेखा सुपरिवेक्षण समितिका १ जना, सेवा केन्द्र उप–समितिका २ जना, जिल्ला सहकारी संघका प्रतिनिधि १ जना, सेयर सदस्य ३ जना र कर्मचारी २ जना गरी जम्मा १७ जनाको सहभागिता रहेको थियो । 

सहकारी संस्था सञ्चालनमा सञ्चालकहरुको भूमिका, जिम्मेवारी र प्रभावकारिता, साकोसमा वस्तु तथा सेवाहरुको विकास र बजारीकरण, सदस्यहरुको आवश्यकता, वित्तीय बजारमा साकोसले ओगटेको क्षेत्र, साकोसमा वित्तीय व्यवस्थापन र पर्ल्स विश्लेषण, ब्यवस्थापक र सञ्चालकहरुको आपसी सहकार्य, ऋण लगानी तथा असुलीमा सञ्चालकहरुको भूमिका, भाखा नाघेको ऋण व्यवस्थापन, रणनितिक योजना, सिकाई व्यवस्थापनका लागि कार्ययोजना, मानव संशाधन व्यवस्थापन, साकोस सुशासन, सहकारीमा हुन सक्ने श्रोतको दुरपयोग र निराकरणका उपायहरु तथा सहकारी ऐन, नियम–कानुनका विषयमा विस्तृत रुपमा छलफल गरिएको थियो । 

कार्यक्रमको अन्तिम दिन प्रतिवेदन र मुल्यांकन पेश भए पश्चात समापन समारोहका प्रमुख अतिथि नेफ्सकूनका महासचिव दामोदर अधिकारीद्वारा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण तथा मन्तव्य र संस्थाका अध्यक्षद्वारा आफ्ना भनाईहरु राख्दै कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२२ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप