समयमै प्रतिवेदन नबुझाउने सहकारीलाई प्रदेश सहकारी मन्त्रालयद्वारा कारबाही गरिने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
समयमै प्रतिवेदन नबुझाउने सहकारीलाई प्रदेश सहकारी मन्त्रालयद्वारा कारबाही गरिने

काठमाडौं  ।  बागमती प्रदेश सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समयमै साधारणभा नगर्ने तथा वार्षिक प्रतिवेदन नबुझाउने सहकारी संघ/संस्थाहरुलाई निष्कृय सूचिमा राखेर कारबाही गरिने जनाएको छ । 

मन्त्रालयले आज एक सूचना जारी गर्दै समयमै प्रतिवेदन पेश नगर्ने संघ/संस्थाहरुलाई निष्कृय सूचीमा राखी जरिवाना लगायत आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको हो ।

प्रदेश सहकारी ऐन अनुसार संघरसंस्थाहरुले आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र लेखापरिक्षण र ६ महिनाभित्रमा वार्षिक साधारण सभासम्पन्न गरी साधारण सभाको निर्णय र पारित लेखापरीक्षण प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन पेश गर्नुपर्छ । प्रदेश सहकारी नियमावली २०७६ को नियम १८ बमोजिम आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र आफ्नो नियामक कार्यालयमा बुझाउनुपर्ने ब्यवस्था छ ।

कानूनी प्रावधान बमोजिम मन्त्रालयको नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संघरसंस्थाहरुलाई गत आवको लेखापरीक्षण प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन २०७९ पुससम्म पेश गर्न निर्देशन दिएको छ ।

यसैगरी मन्त्रालयले प्रदेश सरकारको नियमन क्षेत्रमा पर्ने सहकारी संघ÷संस्थाहरुको आधारभूत तथ्यांकहरु अद्यावधिक गर्ने कार्य समेत भइरहेको हुँदा प्रतिवेदन पेश गर्न बाकी सहकारी संघसंस्थाहरूले तत्काल प्रतिवेदन पेश गर्नका लागि समेत निर्देशन गरेको छ ।

यसैगरी प्रदेश सरकारले सहकारीमा कारोबार गर्दा सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गर्दै संस्थाको कार्यक्षेत्र, उद्देश्य बुझेर मात्र सदस्य बन्न, एक स्थानिय तहभित्र एक प्रकृतिको एउटा मात्र सहकारीको सदस्य बन्न अनुरोध गरेको छ । सहकारी संस्थाले तोकेभन्दा बढि ब्याज सेवाशुल्क, हर्जाना लिएमा, सदस्य बन्न नपाउने ब्यवस्था गरेमा मन्त्रालयलाई सूचना दिन आग्रह गरिएको छ ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप