सामुहिक विकास साकोसको २८औं वार्षिक साधारणसभा सम्पन्न, ९ करोड ५० लाख मुनाफा आर्जन गर्न सफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामुहिक विकास साकोसको २८औं वार्षिक साधारणसभा सम्पन्न, ९ करोड ५० लाख मुनाफा आर्जन गर्न सफल

रुपन्देही । तिलोत्तमा नगरपालिका ३, शंकरनगरमा रहेको सामुहिक विकास साकोसको २८औं वार्षिक साधारणसभा असोज ८गते, शनिबार सम्पन्न गरेको छ । ९ हजार ७ सय ९२ जना शेयर सदस्य रहेको सामुहिक विकास साकोसको कुल सम्पत्ती रु ३ अर्ब १५ करोड छ । 

साकोसका अध्यक्ष सुरेन्द्र कुमार बर्माको अध्यक्षता तथा लुम्बिनी प्रदेशका माननीय पूर्वमन्त्री लिला गिरिको प्रमुख आतिथ्यतामा सभाको उद्घाटन भएको थियो । 

सभामा अध्यक्ष बर्मा, सचिव मीन प्रसाद पोखरेल, कोषाध्यक्ष पार्थमणी आचार्य तथा लेखा सुपरिवेक्षण समिती संयोजक रघुनाथ शर्मा ढकालले आफ्नो प्रतिवेदन सदस्यमाझ प्रस्तुत गर्नुभएको थियो । 

साधारणसभाले साकोस अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन, आ व २०७८÷७९ को लेखापरीक्षण प्रतिबेदन, चालू आ व को पुरक बजेट, आगामी आव २०८०÷८१ को अनुमानित बजेट, लेखापरिक्षक नियुक्ती र पारिश्रमिक तोक्ने, शेयर लाभांश वितरणको स्विकृती, विनियम संशोेधन, नीति कार्यविधि संशोधन लगायतका निर्णयहरु गरेको छ । 

सभाले साकोसमा रिक्त रहेको उपाध्यक्ष पदमा भगवती अधिकारी घिमिरे, लेखा सुपरिवेक्षण समिति सदस्यमा शारदा भण्डारीलाई निर्विरोध चयन गरेको छ । लुम्बिनी प्रदेशकै ठूलो सहकारीको रुपमा रहेको सामुहिक विकास साकोसले गत आव मा रु ९ करोड ५० लाख मुनाफा आर्जन गर्न सफल भएको छ । 

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका पुर्व मेयर बासुदेब घिमिरे, रुपन्देही बचत तथा ऋण संघका अध्यक्ष प्रकाश भट्टराई, आनन्दवन शन्करनगर खानेपानी संस्थाका अध्यक्ष केशवराज न्यौपाने, विकास बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष कलाधर पाण्डे, सेयर सदस्यको तर्फबाट डा. रोहितराज क्षेत्री, झुपा पाण्डे न्यौपानेले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 

त्यसैगरि सदस्यको तर्फबाट लोकनाथ पाण्डे, इश्वरी न्यौपाने, लक्ष्मण अर्याल, लक्ष्मण घिमिरे, तेजनारायण गैरे, गान्धिराज उपाध्याय, ओमकारनाथ ज्ञवाली लगायतले बिषयबस्तुमाथी जिज्ञासा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव मिनप्रसाद पोख्रेलले गर्नुभएको थियो भने स्वागत सञ्चालक सदस्य भुमिलाल सापकोटाले गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप