पोखरामा सहकारीहरुका लागि ऋण असुली तथा धितो लिलामको कानुनी प्रक्रिया सम्बन्धी तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरामा सहकारीहरुका लागि ऋण असुली तथा धितो लिलामको कानुनी प्रक्रिया सम्बन्धी तालिम सञ्चालन

काठमाडौं । कास्कीको पोखरामा बचत तथा ऋण सहकारी संस्थाहरुका लागि ऋण असुली तथा धितो लिलामको कानुनी प्रक्रिया सम्बन्धी तालिम असोज ९ गते, आइतबार सम्पन्न भएको छ । 

नेफ्स्कून पोखरा फिल्ड कार्यालयको आयोजनामा सञ्चालित तालिममा विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुबाट ७५ जना साकोस प्रतिनिधिहरु सहित कुल ८३ जनाको  सहभागिता रहेको थियो ।

तालिममा नेफ्स्कूनका सञ्चालक एवं फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षता र नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक कमलादेवी गिरी, नेफ्स्कूनका निवर्तमान सञ्चालक एवम् पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर गुरुङ्ग, पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारी, अधिवक्ता शिव कुमार अधिकारी लगायतको उपस्थिति थियो । 

प्रमुख अतिथि नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले ऋण लगानी गर्दा सदस्यलाई ऋण परामर्श र ऋणको बिश्लेषण गरेर लगानी गर्दा ऋणको भाखा नाघ्ने समस्या कम हुने बताउनुभयो । 

नेफ्स्कूनका सञ्चालक पौडेलले अहिलेको समयमा सहकारीहरुमा ऋणको भाका नाघेर अशुलीमा समस्या भएको हुनाले यस तालिम समय सान्दर्भिक  रहेको जानकारी गराउनु भयो । 

नेफ्स्कूनकका  निवर्तमान सञ्चालक गुरुङ्गले ऋण असुली प्रक्रियामा  भन्दा ऋण लगानी प्रक्रिया निती र बिधिमा रहेर गर्दा समस्या नआउने भन्दै समस्यै आउन नदिनु सबैभन्दा राम्रो रहेने बताउनुभयो । 

कार्यक्रममा नवनिर्वाचित पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीललाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरिएको थियो ।

तालिमको  सहजीकरण नेफ्स्कूनका कानुनी परामर्शकर्ता अधिवक्ता शिव कुमार अधिकारीले गर्नुुभएको थियो । तालिममा कानुनी प्रक्रियामा रहेर ऋण असुली तथा धितो लिलामीका प्रभावकारी उपाय, धितो लिलामी प्रक्रिया, धितो सकार गर्ने प्रक्रिया, कालो सूचि, सहकारी नीति तथा ऐनहरूको विषयमा प्रस्तुतीकरण रहेको थियो । तालिम अत्यन्त उपलब्धिमूलक र समयसान्दर्भिक रहेको सहभागीहरुको भनाई थियो ।  

कार्यक्रममा स्वागत नेफ्स्कूनकी सञ्चालक कमला देवी गिरीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन  पोखरा फिल्ड कार्यालयकी इन्चार्ज यमकला सुवेदीले  र व्यवस्थापन बरिष्ठ सहायक दिप्ती आचार्यले गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप