विन्धवासिनी साकोसको २९औं वार्षिक साधारणसभा सम्पन्न, शान्तकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विन्धवासिनी साकोसको २९औं वार्षिक साधारणसभा सम्पन्न, शान्तकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

काभ्रे, असोज १० । काठमाडौ, काभ्रेपलाञ्चोक र भक्तपुर (सूर्यविनायक नगरपालिका) जिल्लालाई आफ्नो कार्य क्षेत्र बनाई सदस्य, समुह र समुदायमा आधारित एशियाकै सर्वोत्कृष्ट संस्थाका रुपमा परिचित विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २९ औं वार्षिक साधारणसभा गत असोज ७ र ८ गते दुई चरणमा ७ वटा ईकाइमा गरी  असोज १० गते, सोमबार साधारणसभाको समापन एवं निर्णय प्रमाणिकरण सभा सम्पन्न गरेको छ । 

संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम बागमती प्रदेश, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव बलराम निरौलाको प्रमुख आतिथ्यता भएको थियो भने विशेष आतिथ्यता नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, सहकारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज खड्का रहको उक्त कार्यक्रममा वागमती प्रदेश बचत तथा ऋण सहकारी संस्था संघ लि, जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ, पत्रकार महासंघ लगायत विभिन्न सहकारी संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न समिति उपसमिति, कर्मचारी एवं साधारणसभा निर्णय प्रमाणिकरणका लागि  प्रतिनिधित्व गर्ने सदस्यहरुको सहभागिता रहेको थियो । 

कार्यक्रमका विशेष अतिथि एवं नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले शुभकामना मन्तव्य राख्नुहुँदै सर्वसम्वत निर्वाचन हुन सक्नुहुने नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई हार्दिक बधाई एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले विन्धवासिनी हाल मात्र नभई सहकारी अभियानमा विगत देखि नै पाठशालाको रुपमा परिचित रहि आएको र यसले सामुदायिक स्तरमा महत्वपूर्ण योेगदान पुर्याउन सफल भई सहकारी अभियानमा ठूलो भुमिका खेलेको साथै यसले चालेका हरेक पाइलालाई अन्य सहकारी अभियानका अभियान्ताहरुले नियालीरहेकोहुँदा साकोसका हरेक कदम उदाहरणीय र मार्गदर्शन प्रदान गर्ने खालको हुनुपर्नेमा जोड दिनुभयो । सदस्य सेवा तथा सुविधालाई संस्थाले सदस्यको आवश्यकता अनुरुप घरघरसम्म पुर्याउन नविनतम प्रविधिलाई आत्मसाथ गर्दै नयाँ नयाँ प्रविधि र सेवा विस्तार गर्नुपर्ने महसचिव अधिकारीले बताउनुभयो ।    

समापन कार्यक्रममा प्रमुख अतिथि एवं भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव बलराम निरौलाले विन्धबासिनी साकोस काभ्रे लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सधैभरी नमुना सहकारीको रुपमा स्थापित हुन सकोस भन्ने शुभकामना दिनुहुदै नेपालमा सहकारी प्रति रहेको बुझाईलाई परिर्वतन गर्न विन्धबासिनीले महत्वपूर्ण भुमिका खेलेको जानकारी दिनुभयो । 

सहकारी नाफामा मात्र केन्द्रित नभई सामाजिक र सामुदायिक क्रियाकलापलाई विशेष जोड दिनुपर्ने र सदस्यको जिविकोपार्जन र आर्थिक स्तर बृद्धिका लागि योजना बनाई कार्य गर्नुपर्नेमा जोड दिनुभयो । संस्थाले सदस्यलाई व्यवसायिकतामा जोड दिन आगामी रणनीतिमा समावेश गर्नुपर्ने कुरामा जोड दिनुभयो । सहकारी संस्थाले वित्तिय अवस्थालाई अनुशरण अनिवार्य गर्न सकेमा सहकारी कहिल्यै संकटमा नजाने हुनाले विन्धवासिनी जस्तो नमुना सहकारीले अन्य सहकारीलाई समेत आवश्यक समन्वय साथै प्राविधिक सिप प्रदान गर्नुपर्ने बताउनु भयो । 

 संस्थाले दुई चरणको कार्य तालिका तय गरि संचालित २९ औं वार्षिक साधरण सभा  कार्यक्रम अन्र्तगत पहिलो चरणमा असोज ७ गते बनेपा, पाँचखाल, भकुण्डे र बानेश्वर क्षेत्रमा सम्पन्न गरेको थियो । बनेपा क्षेत्रमा संस्थाका अध्यक्ष प्रदिप थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला शर्मा दाहालको प्रमुख आतिथ्यता रहेका थियो भने पाँचखाल क्षेत्रमा संस्थाका उपाध्यक्ष भिमसेन प्रसाद सापकोटाको अध्यक्षतामा पाँचखाल नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष सिताराम ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने भकुण्डे क्षेत्रमा संस्थाका कोषाध्यक्ष शान्त कुमार श्रेष्ठको अध्यक्षता एवं पाँचखाल नगरपालिका नगर प्रमुख कुनसाङ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बानेश्वर क्षेत्रमा सञ्चालक समितिका सदस्य राजेन्द्र प्रसाद गुरागाईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

त्यसैगरी दोस्रो चरणको कार्यक्रम अन्र्तगत असोज ८ गते खोपासी, पनौती र ढुंखर्क  क्षेत्रमा २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको थियो । खोपासी क्षेत्रमा संस्थाका उपाध्यक्ष भिमसेन प्रसाद सापकोटाको अध्यक्षतामा पनौती नगरपालिकाका उपप्रमुख गिता बन्जाराको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो भने पनौती क्षेत्रमा संस्था अध्यक्ष प्रदिप थापाको अक्ष्यक्षतामा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । त्यसैगरी ढुंखर्क क्षेत्रमा संस्थाका कोषाक्ष्यक्ष शान्तकुमार श्रेष्ठको अध्यक्षता एवं बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको थियो ।

उक्त दुई चरण कार्यक्रममा संस्थाले संस्थाको २०७८/०७९ प्रगति प्रतिवेदन, आ.व. २०७९।८० को संशोधित र २०८०।८१ को प्रस्तावित कार्यक्रम, आ.व. २०७८/०७९ को संचालक समितिको कोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिवेदन तथा चालु आ.व. २०७९/८० को संशोधित र आगामी आ.व. २०८०/८१ को प्रस्तावित बजेट तथा कार्यक्रम, आ.व. २०७८/०७९ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, आ.व. २०७८/०७९ को वार्षिक लेखा परीक्षण प्रतिवेदन, २०७८/०७९ को शेयर लाभांश तथा संरक्षित पूँजी फिर्ताकोषको वितरण, संस्था एकिकरण, आ.व. २०७९/०८० को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, विनियम तथा नियमावली र कार्यविधि संशोधन लगायत विविध विषयमा छलफल गरी क्षेत्रगत निर्णय गरिनुका साथै सो क्षेत्रबाट अन्तिम निर्णय प्रमाणिकरणका लागि सोही सभाबाट क्षेत्रगत प्रतिनिधि तोकी १० गते प्रमाणिकरण सभा एवं नवनिर्वाचित सञ्चालक र लेखा तथा सुपरिवेक्षण समितिलाई पदस्थापन गर्ने जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत के.वि लामा स्याङतान्ले दिनुभयो । 

त्यसैगरी संस्थाको असोज ६ गते सम्ममा संस्थामा २१४५ वटा समूह, ४६३२१ जना सदस्य, ९१०१ जना शैक्षिक बाल बचतकर्ता सहित कूल ५५४२२ जना सेवाग्राहीलाई सेवा प्रदान गरी शेयर पूँजी  रु. ४५,०४,३५,८००।०० बचत रकम रु २,९८,३३,२५,६६३।००, लगानीमा रहेको रकम रु. ३,५७,१६,७४,५५०।७६ पुगी कूल कारोबार रु ४,४३,५६,४७,८३७।५१ गर्न सफल भएको समेत प्रमुख कार्यकारी अधिकृत लामाले जानकारी दिनुभयो । 

साधारण सभाले १५ प्रतिशत शेयर लाभांस र संरक्षित पूँजी कोष फिर्ताबाट वचत तर्फ १.५ प्रतिशत र ऋण तर्फ १ प्रतिशत विवरण प्रस्ताव पारित गरेको छ । 

सञ्चालक समिति चयन

साधारण सभाले आगामी ४ वर्षे कार्यकालको लागि शान्तकुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र रामकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिमा निर्विरोध निर्वाचित गरेको छ ।  

नव निर्वाचित सञ्चालक समितिको उपाध्यक्ष रामहरि शर्मा तिमल्सिना, सचिव डोरेन्द्रराज सापकोटा, कोषाध्यक्ष भिमबहादुर खत्री र सदस्यहरुमा लोकदर्शन कर्माचार्य, पुनम घिमिरे, अर्जुन खनाल, केशव थापा, गणेशप्रसाद पराजुली, प्रकाशबहादुर कायस्थ, बुद्धिमाया तामाङ, सुनिता धिताल र जमुना खडका रहनु भएको छ भने लेखा सुपरिवेक्षण समितिको सदस्यमा विदुर थापा र सिद्धिलक्ष्मी पोते रहनु भएको छ ।

नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई हार्दिक बधाई एवं कार्यकाल सफलताको शुभकामना।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप