जनकल्याण साकोस लमजुङको १६औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः ताराराज घले
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनकल्याण साकोस लमजुङको १६औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः ताराराज घले

लमजुङ । श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६आंै बार्षिक साधारणसभा असोज ९ गते, आइतबार सम्पन्न भएको छ । साधारणसभा साकोसका अध्यक्ष ताराराज घलेको अध्यक्षता एंव नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता, जिल्ला सहकारी संघका कोषाध्यक्ष नारायण बहादुर रिमाल र जिल्ला बचत संघका उपाध्यक्ष यशोदा रिमाल लगायत अतिथिहरुको आतिथ्यतामा सम्पन्न भएको हो । 

साधारणसभालाई सम्बोधन गर्दै नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारीले अव बचत तथा ऋणमा मात्र सीमित नभई समाजको विकासमा योजनाबद्ध रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । सदस्यलाई आयआर्जन र उद्यमशिलता विकासमा जोड्न प्रेरित गर्नुपर्ने, योगदानमा आधारित सदस्य राहत कार्यक्रम, नीति, विधि र प्रविधिलाई प्रथामिकता दिई सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

सहकारी नीति, विधि र प्रविधिलाई अंगिकार गरी सञ्चालन गरिएमा संस्था कहिले पनि दुर्घटनामा नपर्ने भन्दै अध्यक्ष पौड्यालले जनकल्याण साकोस जिल्लाकै महत्वपूर्ण धरोहरको रुपमा स्थापित भएको दावी गर्नुभयो । 

कार्यक्रममा संस्थाको उपाध्यक्ष क्या. मिल बहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाको प्रगति प्रतिवेदन र भावी योजना संस्थाको सचिव लोक माया घले, आर्थिक प्रतिवेदन संस्थाको कोषाध्यक्ष ठाकुर प्रसाद गुरुङ र लेखा सुपरिवेक्षण समितको प्रतिवेदन लेखा सुपरिवेक्षण समिति संयोजक सुवे. मोहन प्रसाद गुरुङले प्रस्तुत गर्नभएको थियो ।

 

आर्थिक वर्ष ०७८।७९ मा संस्थाको शेयरपुँजी ६ करोड ८७ लाख ८६ हजार ६सय रुपैया शेयर, बचत ६१ करोड ७८ लाख १७ हजार ४ सय ७३ रुपैया, ऋण ६३ करोड ३५ लाख ८९ हजार ९७ रुपैया र जगेडाकोष ५ करोड ९५ लाख ५३ हजार २ सय ३३ रुपैया रहेको छ । साकोसले आर्थिक वर्ष २०७८।०७९ मा खुद मुनाफा १ करोड ८४ लाख ८६ हजार ४ सय ९६ रुपैया ७८ पैसा आर्जन गरेको छ । २७ जनाबाट शुरु भएको संस्थाको हाल १२२६९ जना सदस्य रहेको छ । 

साकोसले सामाजिक उत्तरदायित्व अन्तर्गत मानविय सामाजिक कार्र्य गर्दै आएको संस्थाको उपाध्यक्ष क्या. मिल बहादुर गुरुङले जानकारी दिनुभयो साथै संस्थाले नियमित रुपमा सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको र उक्त शिक्षा कार्यक्रमलाई सहज तरिकाले सदस्यहरुले बुझ्न सहज होस् भन्ने अभिप्रयाले सहकारी शिक्षा तथा वित्तीय साक्षरता सम्बन्धी श्रव्यदृश्य सामाग्रीको रुपमा उन्नति नामक चलचित्र निर्माण गरिएको जानकारी गराउनु भयो ।

उन्नति चलचित्रलाई शिक्षा तथा साक्षरता कार्यक्रमको लागि प्रयोग गर्ने गरेको र हाल सो चलचित्रलाई संस्थाको युुटुव च्यानल वबलबपबथिबल कबअअयक मा पनि राखिएको जानकारी गराउनुभयो । 

कार्यक्रममा ७/७ जना उत्कृष्ठ बचतकर्ता र ऋणी सदस्य, एसईई परिक्षा २०७८ मा ३।२० भन्दा बढी अंक प्राप्त गर्नुहुने ७ जना बाल सदस्य र उत्कृष्ट लघुवित्त समूह तर्पm व्होलासोथार ३ घलेगाँउको तिजे उत्तरकन्या जनकल्याण महिला समूहलाई सम्मान गरिएको थियो । 

संस्थाको १६औं वार्षिक साधारणसभाले ताराराज घलेको अध्यक्षतामा १३ सदस्यीय संचालक समिति र वेल बहादुर गुरुङको संयोजकत्वमा ३ सदस्य लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन गरेको छ । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप