सयपत्री साकोसको २२औं वार्षिक साधारणसभा सम्पन्न, ९ प्रतिशत लाभांश प्रस्ताव पारित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सयपत्री साकोसको २२औं वार्षिक साधारणसभा सम्पन्न, ९ प्रतिशत लाभांश प्रस्ताव पारित

सुनवल । सयपत्री बचत तथा ऋण सहकारी संस्था लि. सुनवलले २२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । असोज १० गते, सोमबार आयोजित सभाको अध्यक्षता साकोसका अध्यक्ष कृष्णप्रसाद पौडेल र प्रमुख आतिथ्यता नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको थियो । 

बरिष्ठ उपाध्यक्ष ढकालले ग्रामिण स्तरमा रहेर संस्थाले अन्य बैंक तथा वित्तीय संस्थाको पहुँचबाट टाडा रहेका ब्यक्तिहरुलाई वित्तीय सेवा प्रदान गरेको र साकोस सुरक्षित तवरबाट सञ्चालनमा रहेको बताउनुभयो । 

साकोसको शेयर पुँजी ४ करोड ५०लाख, बचत संकलन ३२ करोड, ऋण प्रवाह ३४ करोड र संस्थाको जगेडा कोष २ करोड ७ लाख रहेको बार्षिक प्रतिवेदन प्रस्तुतीमार्फत जानकारी गराइएको थियो ।  ३ हजार ५०० जना शेयर सदस्य रहेको सयपत्री साकोसको वासलात ४१ करोडको रहेको छ भने साकोसका कोषाध्यक्ष कमला थापाले चालु आ.व.को बजेट प्रस्तुत गर्दै ५६ करोडको वासलात पुर्याउने लक्ष्य लिएको जानकारी गराउनुभयो । लेखा सुपरिवेक्षण समिति संयोजक कृष्णप्रसाद शर्माले लेखासमितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।

गत आर्थिक वर्ष ०७८।०७९ को मुनाफा बाट करिब ९ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ भने संरक्षित पुँजी फिर्ताबाट कारोबारको आधारमा ऋणमा तिरेको ब्याजको आधारमा करिब ४ प्रतिशत  र बचतमा प्राप्त गरेको ब्याजको आधारमा ३ प्रतिशतको दरले सदस्यलाई लाभांश पारित गरेको छ । 

सभामा जेष्ठ सदस्य, पूर्व अध्यक्ष, ७० बर्ष उमेर पुरा भएका, एसईई, १२ कक्षा लगायत उच्चशिक्षामा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका छोराछोरी, उत्कृष्ट कारोबारकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट बचत कर्ता, सर्बोत्कृष्ट सदस्य र उत्कृष्ट शेयर खरिदकर्तालाई सम्मान गरिएको थियो । त्यसै गरि हालै सम्पन्न स्थानीय निर्वाचनमा विभिन्न पदमा  पदहरुमा निर्वाचित संस्थाका १० जना सदस्यहरूलाई सम्मानित गरिएको थियोे । 

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बिष्णुप्रसाद पौडेल, नवलपरासी बचत संघका अध्यक्ष राजनकुमार आचार्य, पुर्व अध्यक्ष एवम् जिल्ला सहकारी संघका सञ्चालक नारन बहादुर थापा, सुनवल नगरपालिका सहकारी विभाग प्रमुख खेमराज ढकाल , सल्लाहकार कृष्णबन्धु अर्याल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।   

साकोसका सचिव रमेश कर्माचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष नारायण पौडेलले गर्नुभएको थियो । 

साथै साधारणसभाले रिक्त रहेको १ जना महिला  सञ्चालकमा लक्ष्मी तिवारीलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

२०५७ भाद्र ३१ गते डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता भएको सयपत्री साकोसले  ४१ जना सेयर सदस्यहरुबाट ४ हजार १ सय रुपैंया पुँजी संकलन गरी वित्तीय सेवाको सुरुवात गरेको थियो । लगातार ३ पटक नेफ्स्कूनद्वारा प्रवर्द्धित नेपाल स्तरको गुणस्तर चिन्ह प्रोबेसन ब्राण्ड प्राप्त संस्था हाल एसिया स्तरको एक्सेस कार्यक्रममा सहभागी रहेको छ । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

पाठकबाट थप