सयपत्री साकोसको २२औं वार्षिक साधारणसभा सम्पन्न, ९ प्रतिशत लाभांश प्रस्ताव पारित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सयपत्री साकोसको २२औं वार्षिक साधारणसभा सम्पन्न, ९ प्रतिशत लाभांश प्रस्ताव पारित

सुनवल । सयपत्री बचत तथा ऋण सहकारी संस्था लि. सुनवलले २२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । असोज १० गते, सोमबार आयोजित सभाको अध्यक्षता साकोसका अध्यक्ष कृष्णप्रसाद पौडेल र प्रमुख आतिथ्यता नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको थियो । 

बरिष्ठ उपाध्यक्ष ढकालले ग्रामिण स्तरमा रहेर संस्थाले अन्य बैंक तथा वित्तीय संस्थाको पहुँचबाट टाडा रहेका ब्यक्तिहरुलाई वित्तीय सेवा प्रदान गरेको र साकोस सुरक्षित तवरबाट सञ्चालनमा रहेको बताउनुभयो । 

साकोसको शेयर पुँजी ४ करोड ५०लाख, बचत संकलन ३२ करोड, ऋण प्रवाह ३४ करोड र संस्थाको जगेडा कोष २ करोड ७ लाख रहेको बार्षिक प्रतिवेदन प्रस्तुतीमार्फत जानकारी गराइएको थियो ।  ३ हजार ५०० जना शेयर सदस्य रहेको सयपत्री साकोसको वासलात ४१ करोडको रहेको छ भने साकोसका कोषाध्यक्ष कमला थापाले चालु आ.व.को बजेट प्रस्तुत गर्दै ५६ करोडको वासलात पुर्याउने लक्ष्य लिएको जानकारी गराउनुभयो । लेखा सुपरिवेक्षण समिति संयोजक कृष्णप्रसाद शर्माले लेखासमितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।

गत आर्थिक वर्ष ०७८।०७९ को मुनाफा बाट करिब ९ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ भने संरक्षित पुँजी फिर्ताबाट कारोबारको आधारमा ऋणमा तिरेको ब्याजको आधारमा करिब ४ प्रतिशत  र बचतमा प्राप्त गरेको ब्याजको आधारमा ३ प्रतिशतको दरले सदस्यलाई लाभांश पारित गरेको छ । 

सभामा जेष्ठ सदस्य, पूर्व अध्यक्ष, ७० बर्ष उमेर पुरा भएका, एसईई, १२ कक्षा लगायत उच्चशिक्षामा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका छोराछोरी, उत्कृष्ट कारोबारकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट बचत कर्ता, सर्बोत्कृष्ट सदस्य र उत्कृष्ट शेयर खरिदकर्तालाई सम्मान गरिएको थियो । त्यसै गरि हालै सम्पन्न स्थानीय निर्वाचनमा विभिन्न पदमा  पदहरुमा निर्वाचित संस्थाका १० जना सदस्यहरूलाई सम्मानित गरिएको थियोे । 

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बिष्णुप्रसाद पौडेल, नवलपरासी बचत संघका अध्यक्ष राजनकुमार आचार्य, पुर्व अध्यक्ष एवम् जिल्ला सहकारी संघका सञ्चालक नारन बहादुर थापा, सुनवल नगरपालिका सहकारी विभाग प्रमुख खेमराज ढकाल , सल्लाहकार कृष्णबन्धु अर्याल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।   


                     
साकोसका सचिव रमेश कर्माचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष नारायण पौडेलले गर्नुभएको थियो । 

साथै साधारणसभाले रिक्त रहेको १ जना महिला  सञ्चालकमा लक्ष्मी तिवारीलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

२०५७ भाद्र ३१ गते डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता भएको सयपत्री साकोसले  ४१ जना सेयर सदस्यहरुबाट ४ हजार १ सय रुपैंया पुँजी संकलन गरी वित्तीय सेवाको सुरुवात गरेको थियो । लगातार ३ पटक नेफ्स्कूनद्वारा प्रवर्द्धित नेपाल स्तरको गुणस्तर चिन्ह प्रोबेसन ब्राण्ड प्राप्त संस्था हाल एसिया स्तरको एक्सेस कार्यक्रममा सहभागी रहेको छ । 

 

 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४१ दिन अगाडि

पाठकबाट थप