चिनारी साकोसको १४औं वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत लाभांश प्रस्ताव पारित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चिनारी साकोसको १४औं वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ मा रहेको चिनारी बचत तथा ऋण सहकारी संस्था लि.ले १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । असोज ८ गते, शनिवार साकोसका अध्यक्ष न्हुच्छे नारायण श्रेष्ठको अध्यक्षता, नेफ्स्कूनका पूर्वअध्यक्ष कैलाशभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यता र  गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिजालको विशिष्ट आतिथ्यतामा सभाको उद्घाटन भएको थियो । 

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानाङ्गले सहकारी संस्थाको सबैभन्दा ठूलो पुँजी भनेको सदस्यको नियमित बचत भएकोले सहकारीले अन्य ठूला क्षेत्रलाई भन्दा सदस्यको बचतमा जोड दिनुपर्ने बताउनुभयो । समुदायका अन्य सहकारीको नक्कन र देखासिकी भन्दा आफ्नै अक्कल प्रयोग गरेर सदस्य सेवालाई प्रमुखता दिनु र स–सानो बचतलाई महत्व दिनु सहकारीको महत्वपूर्ण पक्ष रहेको स्पष्ट पार्नुभयो । 

गोकर्णेश्वर नगरपालिकाका प्रमुख रिजालले सहकारीलाई बलियो बनाउन नगरपालिका सहकारी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउँदै नगरपालिका सहकारीको अनुगमन संयन्त्र निर्माण गर्ने तयरीमा अगाडि बढिरहेको स्पष्ट पार्नुभयो । 

२ हजार ३ सय शेयर सदस्य रहको चिनारी साकोसमा २ करोड ४४ लाख शेयर पुँजी, २० करोड बचत, २२ करोड ऋण लगानी सहित कुल २८ करोड १ लाखको वासलात रहेको प्रतिवेदन प्रस्तुती मार्फत जानकारी गराइएको छ । संरक्षित पुँजी फिर्ता कोषमा ८ लाख र जगेडा कोषमा ३९ लाख रहेको साकोसले सदस्यहरुका लागि १० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ जसमध्ये ४ प्रतिशत शेयर लाभांश र ६ प्रतिशत नगद लाभांश उपलब्ध गराइने जनाएको छ । 

८४ लाख रुपैंया कुल नाफा गर्न सफल यस साकोसले चालु आ.व.मा २७ प्रतिशत सदस्य वृद्धिको लक्ष्य लिएको छ भने रु. ३४ करोड वासलात पुर्याउने लक्ष्य अगाडि सारेको छ । 

साधारणसभामा उपाध्यक्ष शुभलक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष श्यामकाजी श्रेष्ठ, सचिव शिवहरी श्रेष्ठ र लेखा सुपरिवेक्षण समिति संयोजक ज्ञानलाल श्रेष्ठले प्रतिवेदन प्रस्तुतीका क्रममा आआफ्नो भूमिका निभाउनुभएको थियो ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप