पोखरामा जनसेवा साकोसको सेवाकेन्द्र उद्घाटन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरामा जनसेवा साकोसको सेवाकेन्द्र उद्घाटन

कास्की । जिल्लाको अग्रणी संस्था जनसेवा बचत तथा ऋण सहकारी संस्था लि. पुरनचौरले पोखराको बगरमा पहिलो सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । असोज १० गते, सोमबार घटस्थापनाको दिन पारेर साकोसले पोखरामा सेवा केन्द्रको उद्घाटन गरेको हो । 

साकोसका अध्यक्ष चेतनाथ गौतमको अध्यक्षतामा सुरु सेवा केन्द्र उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता पृथ्वी नारायण क्याम्पसका प्राध्यापक डा.विश्वकल्याण पराजुलीले गर्नुभएको थियो । सेवा केन्द्रको उद्घाटन गर्दै प्रमुख अतिथि पराजुलीले जनसेवा सहकारीको आफ्नो छुट्टै पहिचान र विशेषता भएकोले पुरुन्चौरमा जसरी ३० बर्षको सफलता प्राप्त गरी जिल्ला र प्रदेशको उत्कृट संस्थाको रुपमा आफुलाई रुपान्तरित गरेको छ त्यसरीनै पोखरा–१ बगरबाट पनी सफल हुने कुरामा विश्वास लिएको बताउनुभयो । गाउँको सहकारी सहरमा आउँदा केही असहजताहरु भएपनि निसंकोच आफ्ना वित्तीय सेवा प्रवाह गर्न र सहकारी अभियानको यात्रालाई निरन्तरता दिन अनुरोध गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो । 

कार्यक्रमा स्वागत मन्तव्य साकोका उपाध्यक्ष गोविन्द प्रसाद पौडेलले राख्नुभएको थियो । संस्थापक सदस्य विष्णु प्रसाद अधिकारीले जनसेवा साकोसका विगतदेखि वर्तमानसम्मका उतारचडावहरुबारे जानकारी गराउनुभएको थियो ।  

पोखरा महानगर सहकारी समितिका प्रतिनिधि नारायण प्रसाद आचार्यले जनसेवा साकोस कास्की जिल्लामा मात्र नभई गण्डकी प्रदेशमै उत्कृष्ट संस्थाको रुपमा रहेको बताउनुभयो । जनसेवा सहकारी सहकारीको बास्तविक मर्म र सिद्धान्त अनुसार सञ्चालन भएको, नेफ्स्कूनद्वारा सञ्चालित नेपाल स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसन अन्तर्गत ब्राण्ड प्राप्त गर्न सफल भई एसिया स्तरको गुणस्तर प्रमाण चिन्ह एक्सेसमा अभ्यासरत रहेको स्पष्ट पार्नुभयो । उहाँले साकोसले पर्ल्सका मापदण्डहरु पालना गर्दै संस्थागत जगेडा कोष बलियो बनाएकोले पनि ढुक्कका साथ जनसेवाको सदस्यता लिन हिच्किचाउनु नपर्ने बताउनुभयो ।   

त्यस्तैगरी पोखरा महानगरपालिकाका वडा नंं–१९ का निवर्तमान वडाअध्यक्ष शोभामोहन पौडेलले आफुले नेतृत्व गरेको वडामा जनसेवा साकोसको सेवा रहेको प्रति गर्व लागेको बताउनुभयो । उहाँले जनसेवा जिल्लाको उत्कृष्ट सहकारी भएकोले पनि यसमा सदस्य बन्नुमा गर्व गर्नुपर्ने उल्लेख गर्नुभयो । 

साकोसका सचिव दानबहादुर भुजेलले सञ्चालन गर्नुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष  लीलाधर अधिकारीले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने व्यवस्थापक प्रेमसागर अधिकारीले जनसेवा साकोसका सेवाहरुबारे जानकारी गराउनुभएको थियो । 

हाल २ हजार शेयर सदस्य रहेको साकोसको कुल कारोबार रु.३० करोड, शेयर पुँजी रु. ३ करोड, बचत रु. २३ करोड, ऋण लगानी रु. २४ करोड ५० लाख र जगेडाकोषमा रु. २ करोड पुर्याउन सफल भएको छ ।

पोखरा बजार देखी उत्तर तर्फ रहेको तत्कालीन पुरुन्चौर गा.वि.स. मा आज भन्दा ३० बर्ष पहिले २०५० साल भाद्र २१ गते जनसेवा साकोसको स्थापना भएको थियो । ६८ जना शेयर सदस्यहरुबाट रु.६८ हजार पुँजी संकलन गरी कास्की जिल्लामै  ०२ नंं दर्ता भई स्थानीय चिया पसलबाट साकोसले सदस्य सेवा सुरु गरेको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप