सिद्धिगणेश साकोसद्वारा लाभांश वितरण साथै सदस्यहरुको स्वास्थ्य परिक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धिगणेश साकोसद्वारा लाभांश वितरण साथै सदस्यहरुको स्वास्थ्य परिक्षण

भक्तपुर । सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्था लि.ले शेयर लाभांश लिन आएका सदस्यहरुको स्वास्थ्य परिक्षण गराएको छ । आज, असोज ११ गते स्वास्थ्य उपसमितिको आयोजनामा साकोसको कार्यालय भवनमा आयोजित कार्यक्रममा लाभांश रकम लिन आउने सदस्यहरुलाई लक्षित गर्दै निःशुल्क रक्तचाप तथा सुगर (चिनीरोग) परिक्षणको शुरुवात गरेको हो । 

साकोसका अध्यक्ष राजन लाखाजुले असोज ४ गतेदेखि सदस्यहरुलाई १२ प्रतिशत शेयर लाभांश वितरण गरिरहेको जानकारी गराउनुभयो । सदस्यहरुलाई शेयर लाभांश लिन मात्रै नभएर सो अवसरमा स्वास्थ्य परिक्षण जाँच सेवा समेत उपलब्ध गराइएकोले सबै सदस्यहरुले स्वास्थ्य जाँचमा सहभागी भएर लाभलिनुहुन अनुरोध गर्नुभयो ।

१५ हजार ९ सय ४१ जना शेयर सदस्यरहेको सिद्धिगणेश साकोसको कुल वासलात २ अर्व ५९ करोड भन्दा बढी छ । कार्यक्रममा साकोसका व्यवस्थापक शिला गोसाईले सदस्य स्वस्थ भएमा संस्था स्वस्थ रहने अवधारणा अन्र्तगत स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । चाँडपर्वमा खानपिनमा बिशेष ध्यान पुर्याउन अनुरोध गर्दै साकोसले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी जानकारी गराउनुभएको थियो । 

कार्यक्रमका सभापति एवं आयोजक उपसमितिका संयोजक विष्णुप्रसाद दुमरुले अहिल डेङ्गु रोगको महामारी फैलिरहेको र भक्तपुर नगरपालिकामा मात्रै १ हजार भन्दा बढी संक्रमित भइसकेको अवस्थामा आफु बस्ने वरिपरि वातावरण सफा राख्नु अनुरोध गर्नुभयो । उहाँले निःशुल्क रक्तचाप तथा सुगर रोग परिक्षण कार्यक्रम ११ असोजदेखि १३ गतेसम्म सञ्चालन हुने भएकोले समयमै स्वास्थ्य परिक्षण गराई स्वास्थ्य लाभ लिन अनुरोध गर्नुहुँदै हाल सिद्धि गणेश स्वास्थ्य क्लिनिकबाट दैनिक रुपमा सामान्य स्वास्थ्य परिक्षण सहितको डाक्टरी सेवा, फिजियोथेरापी, दन्त सेवा प्रदान गर्दै आएको जानकारी गराउनुभयो । 

कार्यक्रममा उपसमितिका सचिव राजेश जाकिबन्जारले पनि चाडबाडको समयमा विशेष गरी स्वास्थ्य सम्बन्धी सचेत रहनुपर्ने बताउनुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप