सनसाइन साकोसको २३औं बार्षिक साधारणसभा सम्पन्न, समृद्ध सदस्य र सुशासनयुक्त सहकारी निर्माणमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सनसाइन साकोसको २३औं बार्षिक साधारणसभा सम्पन्न, समृद्ध सदस्य र  सुशासनयुक्त सहकारी निर्माणमा जोड

कास्की । सनसाइन बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–८, नागढुङ्गा को २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साकोसका अध्यक्ष अग्निप्रसाद कँडेलको अध्यक्षतामा असोज १० गते सोमबार आयोजित सभाको उद्घाटन गण्डकी प्रदेश सरकारका माननीय अर्थमन्त्री रामजी प्रसाद बरालले गर्नुभएको थियो । कार्यक्रमको विशेष अतिथिमा गण्डकी प्रदेश सभासद माननीय राजीव पहारी र अन्य अतिथिहरुमा नेफ्स्कून पोखरा फिल्ड कार्यालयका इन्चार्ज यमकला पौडेल, गौरीशंकर साकोसका अध्यक्ष रुद्रनाथ पौडेल, रामघाट साकोस अध्यक्ष यशोदा देवी गुरुङ्ग, संगम साकोसका उपाध्यक्ष बुद्धिमान थापा लगायत रहनुभएको थियो । 

संस्थाका सचिव नवराज अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष नेत्रलाल भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै शिक्षा उपसमिति सदस्य सम्झना गुरुङ्गले सहकारी सात सिद्धान्त वाचन गर्नुभएको थियो । उक्त कार्यक्रममा विभिन्न विधामा असल कारोबार गर्ने १६ जना सदस्यहरु र एसईई तथा उच्च शिक्षा हासिल गर्ने सदस्यका छोराछोरीहरुलाई सम्मान गरिएको थियो । त्यस्तै वर्ष उत्कृष्ट कर्मचारी पार्वती ज्ञवालीलाई प्रदान गरिएको थियो ।

प्रमुख अतिथि गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले नेपालमा उत्पादन कम भएकाले सहकारीहरुले उत्पादनलाई जोड दिनुपर्ने भन्दै राष्ट्रिय पूँजी विकासका लागि आयातलाई घटाउँदै स्वदेशमा उत्पादनको मात्रा बढाउन आग्रह गर्नुभयो । बजारमा मुठ्ठीभरका उद्योगपतिहरुको एकाधिकार चल्दैगर्दा गुणस्तरहीन वस्तु उत्पादन हुने र आम नागरिकले समस्या खेपिरहने अवस्थाबाट सहकारीले मुक्ति दिनुपर्ने उहाँको भनाइ थियो । सहकारी नाफा कमाउने नभइ सेवा दिने र साना उद्यमीहरुलाई उद्यमशील बनाउनका लागि भएको पनि उहाँले बताउनुभयो । पछिल्लो समय सहकारीहरु मर्म अनुरुप जान नसकेको सिद्धान्तभन्दा बाहिर पुगेको भन्दै सनसाइनलाई उहाँले प्रदेशलाई आत्मनिर्भर बनाउने बाटोमा हिँड्न आग्रह गर्नुभयो । 

सहकारीका सात सिद्धान्तलाई अहिलेका सहकारीले बिर्सेका छन् । सहकारीले आफ्नो पूँजीको ३० प्रतिशत उत्पादनसँग जोड्नुपर्छ । हाम्रो उत्पादन निकै खस्किएको छ, त्यसैले गण्डकी प्रदेश सरकारले आम्दानीको ३० प्रतिशत उत्पादनमा लगानी गर्न अनुरोध गरेको छ’, उहाँले भन्नुभयो, ‘अहिले सहकारीको नाममा धन्दा चलिरहेको छ । साइनबोर्डमा एउटा काम भने अर्कै । अब बस्तु आयातलाई कमजोर बनाइ निर्यातलाई बढवा दिन आवश्यक छ ।’ 

गण्डकी प्रदेशका सांसद राजीव पहारीले राज्यले सहकारीको वर्गीकरण गरिदिनुपर्ने बताउनुभयो । उहाँले सबै सहकारी एकैनासको नभएको र सनसाइनजस्ता उत्कृष्ट सहकारीसमेत वर्गीकरण नहुँदा ओझेलमा परेको बताउनुभयो । 

सञ्चालक समितिका अध्यक्ष अग्निप्रसाद कंडेलले संस्थालाई बलियो बनाउने माध्यम आर्थिक पारदर्शीता रहेको बताउनुभयो । आर्थिक पारदर्शीताले मात्रै संस्थाको भविष्य उज्ज्वल हुने बताउँदै सेवाग्राहीका लागि थप सेवा र सुविधा दिने तयारी रहेको बताउनुभयो । संस्थाको परिकल्पना “समृद्ध सदस्य सुशासनयुक्त उत्कृष्ट सहकारी” बनाउन सम्पूर्ण शेयर सदस्यहरुको साथ रहने विश्वास व्यक्त गर्नुभयो । 

सहकारीका सचिव नवराज अधिकारीले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै गएको आर्थिक वर्षमा संस्थाले १ करोड ६१ लाख ३८ हजार २३१ रुपैयाँ नाफा कमाएको जानकारी गराउनुभयो । 

कार्यक्रममा नेफस्कून पोखरा फिल्ड कार्यालय प्रमुख यमकला पौडेल, संस्थाका संरक्षक गजकुमारी गुरुङ, सेयर सदस्य विष्णुकुमारी गुरुङ, गौरीशंकर सहकारीका अध्यक्ष रुद्रनाथ पौडेल लगायतले आ–आफ्नो भनाइ राख्नुभएको थियो । आ.व. २०७९/०८० को बजेट संस्थाका कोषाध्यक्ष नेत्रलाल भण्डारीले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै विभिन्न आन्तरिक नीति तथा कार्यविधि शंसोधन सम्बन्धमा संस्थाका सञ्चालक सदस्य टिकाराम ढुंगानाले प्रस्तुत गर्नुभएको थियो भने नयाँ नीति तथा कार्यविधिहरु संस्थाका व्यवस्थापक रोशन पौडेलले प्रस्तुत गर्नुभएको थियो ।


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप