हाम्रो जनकल्याण साकोसको २५औं वार्षिक साधारणसभा सम्पन्न, शैलुङ सञ्चार सहकारीसँग एकीकरण घोषणा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो जनकल्याण साकोसको २५औं वार्षिक साधारणसभा सम्पन्न, शैलुङ सञ्चार सहकारीसँग एकीकरण घोषणा 

दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को २५ औं वार्षिक साधारणसभा साथै शैलुङ सञ्चार सहकारी संस्था लि. र हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थ लि बीचको एकीकरण घोषणा सभा असोज ८ गते, शनिबार सम्पन्न भएको छ । 

साकोसको साधारणसभा तथा घोषणा सभामा प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले स्थानीय सरकारको साझेदारका रुपमा सहकारीहरु रहेकाले आफ्नो मूख्य लक्ष्यदेखि बाहेक स्थानीय तहमा कृषि, पशुपालन तथा अति विपन्न नागरिकको जीविकोपार्जनमा पनि सहयोग गर्न आग्रह गर्नुभयो । 

नगरपालिकाको मुख्य जोड नै सहकारी एकीकरणमा रहेको बताउँदै हाम्रो जनकल्याण र शैलुङ सञ्चार सहकारी बीचको एकीकरणले अभियानलाई बलियो बनाएको बताउनु भयो । 

त्यसैगरी कार्यक्रमका विशेष अतिथि शैलुङ सञ्चारक सहकारी संस्थाका अध्यक्ष एवम् नेकपा एकीकृत समाजवादीका पोल्युटव्युरो सदस्य शिव प्रसाद भण्डारीले फरक उद्देश्यको सहकारी भएपनि बचत तथा ऋण नै मुख्य कारोबारका रुपमा गरिएको र शेयर सदस्यको थप आवश्यकता र मागलाई सम्बोधन गर्न पनि एकीकरण आवश्यक भएकाले दुई संस्था बीच एकीकरण गरिएको बताउनुभयो । 

दोलखामा मात्र होइन नेपाल भरीका सहकारीमा अब्बल सहकारी बनाउन सुशासनलाई उच्च प्राथमिकतामा राखी एकीकृत रुपमा हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थालाई संस्थागत गर्न सबैले सहयोग गर्ने बताउनु भयो ।

हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा संस्थाका सचिव मान बहादुर केसी, कोषाध्यक्ष अर्जुन कार्की, लेसुस संयोजक भरत प्रसाद खतिवडा र शैलुङ सञ्चार संस्थाका कोषाध्यक्ष शर्मिला बुढाथोकीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

६० प्रतिशत शेयर सदस्यको उपस्थितिमा सम्पन्न साधारणसभामा वर्ष उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, उत्कृष्ट कर्मचारी पुरस्कार वितरण गरिएको थियो । साधारण सभामा शेयर सदस्यले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनी तथा बिक्रीवितरणको व्यवस्था गरिएको थियो ।

 साधारण सभाले आगामी नीति तथा कार्यक्रममा शेयर सदस्यलाई उद्यमी बनाई उत्पादन र बजारीकरणमा सहयोग गर्ने, वातावरण संरक्षण, गुणस्तरीय शिक्षाको विकासमा सहयोग गर्ने, ऋण असुलीलाई प्रभावकारी बनाई भाखा नाघेको ऋण ५ प्रतिशतबाट झार्ने, स्मार्ट प्रविधिको प्रयोगलाई आम सदस्यसम्म पुर्याउने, अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सदस्यता वितरण तथा उनीहरुको आयआर्जनमा टेवा पुग्ने कार्यक्रम सञ्चालनमा जोड दिएको छ ।

आर्थिक वर्ष २०७९/०८० को अन्तमा ९१ करोड ६८ लाख बराबरको सम्पत्ति तथा दायित्व पुर्याउने लक्ष्य लिएको छ भने १० हजार सक्रिय शेयरको कारोबारमार्फत वार्षिक वित्तीय लक्ष्यलाई पुरा गर्ने योजना रहेको संस्थाको प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिनुभयो । त्यसैगरी साधारणसभाले आगामी एक वर्षका लागि लेखा सुपरिवेक्षण समितिको निर्वाचन पनि सम्पन्न गरेको छ ।

सोही अवसरमा च्छो रोल्पा अस्पताल प्रा. लि को प्राविधिक सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा एक सय ५० भन्दा बढीले शेयर सदस्यले निःशुल्क उपचार सेवा लिएका थिए ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४१ दिन अगाडि

पाठकबाट थप