हाम्रो जनकल्याण साकोसको २५औं वार्षिक साधारणसभा सम्पन्न, शैलुङ सञ्चार सहकारीसँग एकीकरण घोषणा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो जनकल्याण साकोसको २५औं वार्षिक साधारणसभा सम्पन्न, शैलुङ सञ्चार सहकारीसँग एकीकरण घोषणा 

दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को २५ औं वार्षिक साधारणसभा साथै शैलुङ सञ्चार सहकारी संस्था लि. र हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थ लि बीचको एकीकरण घोषणा सभा असोज ८ गते, शनिबार सम्पन्न भएको छ । 

साकोसको साधारणसभा तथा घोषणा सभामा प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले स्थानीय सरकारको साझेदारका रुपमा सहकारीहरु रहेकाले आफ्नो मूख्य लक्ष्यदेखि बाहेक स्थानीय तहमा कृषि, पशुपालन तथा अति विपन्न नागरिकको जीविकोपार्जनमा पनि सहयोग गर्न आग्रह गर्नुभयो । 

नगरपालिकाको मुख्य जोड नै सहकारी एकीकरणमा रहेको बताउँदै हाम्रो जनकल्याण र शैलुङ सञ्चार सहकारी बीचको एकीकरणले अभियानलाई बलियो बनाएको बताउनु भयो । 

त्यसैगरी कार्यक्रमका विशेष अतिथि शैलुङ सञ्चारक सहकारी संस्थाका अध्यक्ष एवम् नेकपा एकीकृत समाजवादीका पोल्युटव्युरो सदस्य शिव प्रसाद भण्डारीले फरक उद्देश्यको सहकारी भएपनि बचत तथा ऋण नै मुख्य कारोबारका रुपमा गरिएको र शेयर सदस्यको थप आवश्यकता र मागलाई सम्बोधन गर्न पनि एकीकरण आवश्यक भएकाले दुई संस्था बीच एकीकरण गरिएको बताउनुभयो । 

दोलखामा मात्र होइन नेपाल भरीका सहकारीमा अब्बल सहकारी बनाउन सुशासनलाई उच्च प्राथमिकतामा राखी एकीकृत रुपमा हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थालाई संस्थागत गर्न सबैले सहयोग गर्ने बताउनु भयो ।

हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा संस्थाका सचिव मान बहादुर केसी, कोषाध्यक्ष अर्जुन कार्की, लेसुस संयोजक भरत प्रसाद खतिवडा र शैलुङ सञ्चार संस्थाका कोषाध्यक्ष शर्मिला बुढाथोकीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

६० प्रतिशत शेयर सदस्यको उपस्थितिमा सम्पन्न साधारणसभामा वर्ष उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, उत्कृष्ट कर्मचारी पुरस्कार वितरण गरिएको थियो । साधारण सभामा शेयर सदस्यले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनी तथा बिक्रीवितरणको व्यवस्था गरिएको थियो ।

 साधारण सभाले आगामी नीति तथा कार्यक्रममा शेयर सदस्यलाई उद्यमी बनाई उत्पादन र बजारीकरणमा सहयोग गर्ने, वातावरण संरक्षण, गुणस्तरीय शिक्षाको विकासमा सहयोग गर्ने, ऋण असुलीलाई प्रभावकारी बनाई भाखा नाघेको ऋण ५ प्रतिशतबाट झार्ने, स्मार्ट प्रविधिको प्रयोगलाई आम सदस्यसम्म पुर्याउने, अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सदस्यता वितरण तथा उनीहरुको आयआर्जनमा टेवा पुग्ने कार्यक्रम सञ्चालनमा जोड दिएको छ ।

आर्थिक वर्ष २०७९/०८० को अन्तमा ९१ करोड ६८ लाख बराबरको सम्पत्ति तथा दायित्व पुर्याउने लक्ष्य लिएको छ भने १० हजार सक्रिय शेयरको कारोबारमार्फत वार्षिक वित्तीय लक्ष्यलाई पुरा गर्ने योजना रहेको संस्थाको प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिनुभयो । त्यसैगरी साधारणसभाले आगामी एक वर्षका लागि लेखा सुपरिवेक्षण समितिको निर्वाचन पनि सम्पन्न गरेको छ ।

सोही अवसरमा च्छो रोल्पा अस्पताल प्रा. लि को प्राविधिक सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा एक सय ५० भन्दा बढीले शेयर सदस्यले निःशुल्क उपचार सेवा लिएका थिए ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप